सुदूरपश्चिममा गौरा भाद्र ७ कि २१ गते ,गुगुल्डि वाङमय प्रतिष्ठान’ ले गर्यो यस्तो निर्णय

डडेलधुरा – सुदूरपश्चिम तथा भारतको उत्तराखण्ड प्रान्तको कुमाउमा समेत मनाइने महत्व बोकेको पर्व गौरा मनाउने मिति…

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् । आइतबार बिहान…

करेन्ट लागेर बझाङमा एक युवकको मृत्यु

बझाङ, १५ फागुन । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–६ पुजारी गाँउका २५ वर्षीय कृष्ण पुजाराको करेन्ट लागेर आइतबार…

बझाङमा वडा सचिवको यो हर्कत…

कार्यकक्षमै चुरोट तानेको तस्बिर भाइरल, झुठो भएको दाबी धनगढी ः बझाङमा एक जना वडा सचिवले कार्यकक्षमै…

बझाङमा छोराछोरीसहित आमा मृत भेटिएको घटनाको अनुसन्धानमा सीआईबी खटियो

धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुई जना छोराछोरी समेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि…

बझाङमा जिप दुर्घटना एक जनाको मृत्यु तीन जना घाइते

सुरेश धामी ,बझाङ — बझाङमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्तलमै मृत्यु भएको छ। घाइते भएका ३ जनालाई देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

जिपमा कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । प्रहरीका अनुसार जीप गएराति १२ः४० बजे दुर्घटना भएको हो ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बझाङमा माओवादी नेताले वडाध्यक्षको कुर्सीमै बसेर चुरोट तानेपछि…

धनगढीः बझाङमा वडाअध्यक्षको कुर्सी दुरुपयोग भएको पाइएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको हो।
मण्डेल वडाअध्यक्ष रहेको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर कुर्सीमा बस्दै चुरोट तानेको फोटो समेत सार्वजनिक भएको छ। उक्त कुर्सीमा बसेर चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ का केशव धामी रहेको खुलेको छ। धामी नेकपा माओवादी केन्द्र नेता हुन्। उनी माओवादी वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेको बताईएको छ।
यता, वडाअध्यक्ष पदम मण्डेलले आफू बाहिर रहेकाले वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताएका छन्। उता, कार्यबाहक वडाअध्यक्ष जहरे धामीले भने आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने दाबी गरेका छन्।
कानूनले भने सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको हुन्छ। तर, उनलाई कारबाही गरिने या नगर्ने यसबारे भने वडा कार्यालयको कुनै प्रतिक्रिया आएको छैन।

बझाङ्गी भाषाको पहिलो लघुचलचित्र छायाङ्कन शुरु

सत्यराज सिंह(बझाङ) — बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबार बाट शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो । हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहनुभएको छ । त्यस्तै निर्देशकमा प्रविन रोकाया र छायाङ्कनमा नारायण जि।सी रहनुभएको छ ।
लघु चलचित्रमा कलाकारहरु निल गगन रोशन सिंह पिम्याल, सरोज खड्का, जीवन जंङ्ग थापा, सृजना स्नेही, शितल स्नेही, कृष्ण रेग्मी, जनक खड्का, महेश खड्का, निरज खड्का र नविन थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
लघु चलचित्रको कथामा बझाङको ऐतिहासिक, धार्मिक र पर्यकीय पक्षलाई ध्यान दिएर बझाङको प्रचारप्रसार गर्ने र चलचित्रको छायाङ्कन बझाङको धार्मीक तथा ऐतिहासिक क्षेत्रमा रहेर गरिने निर्देशक प्रविन रोकायाले बताउनुभयो ।
छायाङ्कन बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मा देवी मन्दिर, देवल विमानस्थल बारिल झर्ना, खप्तड लगाएत जिल्लाका विभिन्न ठाउँमा लघु चलचित्र छायाङ्कन हुने निर्देशक रोकायाको भनाई छ । लघु चलचित्रमा बझाङको स्थानिय कथा, संस्कृर्ती, भेषभुषा र सुगन्धमा विशेष जोड दिइने र उक्त लघु चलचित्रमा स्थानिय र देशको विभिन्न क्षेत्रबाट संगठित कलाकारहरुको प्रस्तुती रहने निर्माता महेश खड्काले बताउनुभयो ।

बझाङमा आफ्नै नाति द्वारा ८० बर्षिया बजैको हत्या

बझाङ — बझाङको दुर्गाथली गाउँपालिका – ५ घर
भएका ८० बर्षीया रिठी जप्रेलको आफ्नै नातीले हत्या गरेको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २१ का सुभाष जप्रेलले आफ्नै बज्यै ८० बर्षकी रिठी जप्रेलको हत्या गरेको स्थानीयले बताएका छन् ।
आफ्नै नातीले मारेको प्रहरीलाई भने पछि अपराधि अहिले प्रहरीको नियन्त्रणमा रहि जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्काले बताए ।
सदरमुकाम चैनपुरबाट घटना स्थल टाढा भएको कारण पुरा जानकारी आउन बाकि छ प्रहरी टोली घटना स्थल पुगेर थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सो स्थानमा फोनको टावरले राम्रो संग काम नगर्ने भए पछि घटनाको थप विवरण आउन समस्या भएको छ ।

पहिरोले सानिगाड नदि थुनिदा स्थानीय जोखिममा

सुरेश धामी बझाङ ः जिल्लाको बुङ्गल नगरपालिका — ७ अठपालि बाट पहिरो जादा आंशिक रुपमा थुनिएको…