दार्चुलाः तीन दिनदेखि लगातार परिरहेको वर्षापछि दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको…
दार्चुला
दार्चुलामा बाढीपहिरोः उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन
धनगढीः गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार,…
दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ११ बेपत्ता
धनगढीः शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि…
शैल्यशिखर नगरपालिकाले २ वर्षमा किन्यो १४ लाख बढीका मोबाइल, रिचार्जमा एकैवर्ष २ लाख
दार्चुला — शैल्यशिखर नगरपालिकाले २ वर्षमा १४ लाख भन्दा बढी मूल्यका मोबाइल खरिद गरेको छ ।…
दार्चुला तुइन प्रकरणः न्यायको खोजीमा प्रशासन धाउदैँ राजन्ती
डडेल्धुरा ः दार्चुलामा गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै सेलाएको छैन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान ग(यो, तर दोषी माथि कारवाही अझै भएन ।
यसबीच महाकालीमा धेरै पानी बगिसक्यो तर धामीकी पत्नीको पीडा कम भएको छैन् । उनी न्यायको खोजीमा प्रशासन धाइरहेकी छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काएर धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शी कल्याण धामीलगायतले बयान दिएका थिए । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेकी छन् ।
‘सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको दायरामा ल्याउनुप(यो,’ उनले प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई भनिन् ।
सरकारले आफ्ना नागरिक तुइनबाट खसेर मृत्यु हुँदा समेत आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै अहिले पनि घटनाको आलोचना जारी छ ।
न्यायको पर्खाइमा परिवार
जयसिंह धामीको परिवार अहिले पनि न्यायको पर्खाइमा रहेको छ । घरमा वृद्ध आमाबुवा, श्रीमती र दुई नाबालग छोराछोरी छन् । दुई सन्तानलाई बुवालाई के भयो भन्नेसमेत पत्तो छैन् । छोरी डेढ वर्षकी मात्र भइन् । ५ वर्षीय छोरालाई भने, आफू विदेश जाने र टन्न मिठाइ र खेल्ने कुरा ल्याइदिने बताएर हिँडेका थिए जयसिंह ।
‘छोराछोरीको लालनपालन र शिक्षाको व्यवस्था गरिदिने आश्वासन स्थानीय सरकारले गरेको थियो,’ पत्नी राजन्ती भन्छिन, ‘मलाई पनि रोजगारी लगाइदिने प्रलोभन दिइयो, तर ती कुनै कुरा व्यवहारमा लागू नहुँदा पीडा झनै बढेको छ ।’
उनी घटनाको सत्यतथ्य पत्ता लगाएर जसको गल्ती हो उसलाई सजाय दिइयोस् भन्छिन । ‘न्यायका लागि कतिन्जेल पर्खनु पर्ने हो रु’ बुधवार प्रशासनमा उनले भनिन् ।
आफूहरूले आर्थिक क्षतिपूर्ति स्वरूप सुरुवातमा सरकारबाट १० लाख रुपैया पाएको र त्यो रिन तिर्दैमा सक्किएको राजन्तीले बताइन । स्थानीय सरकारहरुले पनि सहयोगको घोषणा गरेको तर हालसम्म केही नगरेको उनको गुनासो छ । ‘त्योभन्दा महत्वपूर्ण न्याय हो,’ उनले भनिन्, ‘मलाई न्याय चाहियो ।’
व्याँस गाउँपालिकाले २५ हजार रुपैया सहयोग गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले बुधवार पनि उनलाई आश्वासन दिए, ‘स्थानीय सरकारलाई भनेर कतै करारमा राखिदिउँला ।’जयसिंह धामी नेपाली सेनामा भर्ती भएका थिए ।
सेनाको जागिरबाट आउने तलबले घर चलाउन धौधौ परेपछि उनले विदेश जाने निधो गरे । दुबई गए, दुई वर्ष दुई महिना बसेर २०७६ को सुरुतिर नेपाल फर्किए । यहाँ पनि केही समय काम गरेका उनी त्यसले घरधन्दा चलाउन धौ भएपछि बिदेश जानका लागि घरबाट हिडेका थिए ।
विदेश जान भनेर हिँडेका जयसिंह कहाँ पुगे पत्तो छैन । उनी फर्कने, नफर्कने टुंगो नभए पनि न्याय चाहिँ पाउनु पर्ने पत्नी राजन्ती बताउछिन ।

दार्चुलामा जिप दुर्घटना चालक घाईते
दार्चुला : दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गैरहेको म १ ज २३९ नम्वर को जिप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सिमानामा पर्ने रनेवाँजमा दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार जिप चालक धनसिह साउद सामान्य घाईते भएको बुझिएको छ । चालक साउँदका अनुसार जिपमा ४ जना सवार रहेका थिए । ४ जना मध्ये जिपमा अहिले सम्म पनि १ जना पनि सवार भेटिएका छैनन । उनको खोजी कार्य भैरहेको तथा घटना वारे थप जानकारी लिने काम भैरहेको प्रहरीले जनाएको छ ।

दाचुर्ला खोलामा आएको बाढीले तिंकर सडकको पक्की पुल र घरहरुमा क्षति
कपिल देब भट्ट(दार्चुला) — लगातारको वर्षाले दाचुर्लाको निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु,घरहरु बगाएको छ स्काइभेटर च्यापिएको छ भने एक स्थानियको ७ ओटा खच्चर बगाइको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका ११ घर बगाएको २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारि धुर्व बिष्टले जानकारी दिनुभएको छ।
हालसम्म ४० घरधुरिका नागरिकलाई सुरक्षीत ठाउमा सारिएको छ।साथै श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
यसै बिच लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ ।महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई एक सुचना जारी गरी आग्रह समेत गरेको छ । साथै बिहानै देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाले नदि क्षेत्रका नागरिकहरुलाइ सतर्क रहन माइकिङ कार्य समेत गरिरहेको छ।खोला पारी जान सकिने अवस्था नभएकाले तुइनको ब्यबस्था गरिन लागिएको जिल्ला प्रमुख अधिकारी सिद्द राज जोशिले जनाउनु भएको छ।बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न अहिले त्यहा जिल्ला प्रमुख अधिकारी सिद्ध राज जोशि, सुरक्षा निकायका प्रमुख,महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट ,सुरक्षाकर्मी घटना स्थलमा पुगेको छन।

एक वर्षको अवधिमा दार्चुलामा ३ हजार भन्दा बढिलाई बंशजका आधारमा नागरीकता वितरण
दार्चुला,५साउन। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक वर्षको अवधिमा ३ हजार भन्दा बढिलाई बंशजका आधारमा नागरीकता वितरण गरेको…
कोभिड खोप, बाल कक्षा शिक्षक, तलब भत्ताको माग गर्दै दार्चुलाका शिक्षकहरु आन्दोलनमा
कपिल देब भट्ट/दार्चुला:-नेपाल शिक्षक महासंघ जिल्ला समिती दार्चुलाले चौथो चरणको आन्दोलन गरेको छ।शिक्षा विकास तथा समन्वय…
दार्चुलामा पहिरोका कारण तीन जनाको मृत्यु
कपिल देब भट्ट/दार्चुला:-दार्चुलाको नौगाड गाउपालिकामा वर्षाका कारण आएको पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु भएको छ…