नगर सचिवमा ऐर निर्वाचित

डडेल्धुरा — अमरगढी नगरपालिका डडेलधुराको पाचौ नगर अधिवेशनबाट सर्बसममत रूपमा टेकबहादुर ऐर सचिव मा निर्वाचित भएका छ्न। नेपाल तरुण दल डडेलधुरा सह—सचीव रहेका ऐर समाज सेवामा सक्रिय छन। दिप ज्योति युवा क्लबका अध्यक्ष रहेका ऐर को नेतृत्वले डडेलधुरामा फुटबल खेल मैदान निर्माण भएको छ ,४ वटा राष्ट्रिय स्तरका फुटबल खेल समेत संचालन भएका छन्।
२०६० सालमा नेविसंघ सदस्यता लिएर राजनैतिक यात्रा सुरु गरेका ऐर निरन्तर भातृ संघ र कांग्रेस राजनैतिक सक्रिय छ्न । सहयोगी ,मिलसार, नेता ऐरले अब नेपाली कांग्रेस अमरगढी समिति महत्वपूर्ण कार्य सबै पक्षलाई समेटी स्थानीय , प्रदेश , संघ चुनावमा नेपाली कांग्रेस नेतृत्व स्थापित गर्ने रहेको छ। यसमा सबै कांग्रेसीको साथ, सहयोग आवश्यक रहेको बताएका छन।

अजयमेरुमा ४ वाईसिएल संगठन बिस्तारः अध्यक्षयमा बिष्ट चयन

डडेल्धुरा— डडेल्धुराको अजयमेरु ४ मा आज औपचारिक कार्यक्रम गरि वाईसिएल संगठन विस्तार भएको छ । औपचारिक कार्यक्रममा प्रमुख अथिति नर बहादुर बिष्ट,अथितिमा टिका बहादुर बिष्ट,मदन चटौत,भोजराज भट्ट दान बहादुर बिष्ट रहेका थिए । कार्यक्रम बाट गणेश ऐर लाई अध्यक्षमा, डिकेन्द्र विष्ट लाई उपाध्यक्ष , टिकेश्वरि विष्ट लाई सचिवमा चयन गरेको अखिल क्रान्त्रिकारिका जिल्ला उपाध्यक्ष तारा दत्त भट्टले जानकारि दिनुभयो । यस्तै समति ५१ सदस्यि गठन गरिको छ ।
वाईसिएलले समाजको हकहितका लागि काम गर्ने र सामाजिक विकासका लागि पहल चाल्ने अध्यक्ष बिष्टको भनाई रहेको छ ।

देउवा गृह जिल्लाको नगर सभापतिमा २८ वर्षका जोशी निर्वाचित

डडेल्धुरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत…

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

डडेल्धुरा— १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। डडेल्धुराको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्।
असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

डडेल्धुराको बजारको यो थात्रो सडक

डडेल्धुरा जिल्ला सुदुरपश्चिमका सात पहाडि जिल्लाको केन्द्रमा रहेको जिल्ला हो । डडेल्धुराको भिमदत्त राजमार्ग भएर डोटि,डडेल्धुरा,बझाङ,बैतडी,बाजुरा,अछाम गाडिहरु गुडने गर्दछन् ,भने बागबजारको सडकखण्ड भएर बैतडी,बझाङ,र्दाचुला गाडिहरु गुडने गर्दछन ।
डडेल्धुरालाई स्मार्ट सिटि बनाउने योजना भने अमरगढी नगरपालिकाले लिएको थियो । स्मार्ट सिटिका लागि आधारभुत कुराहरु समेत हुनु सकेका छैनन् । स्मार्ट सिटि निर्माणका लागि प्रारम्भीक अध्ययन गरेर चरणबद्ध रुपले काम हुने आशा भने आम नागरिकमा रहेको छ ।
डडेल्धुरा बागबजार देखि किर्तिपुर सम्मको सडकखण्ड देख्दा गल्ली जस्तो देखिन्छ कारण व्यवस्थित नहुन नै हो । कहि खाल्डाखुल्डी त कहि खोका छाप्राले सडक अव्यवस्थित पारेको छ । निमार्ण सामग्रि हप्तौ सम्म सडक छेउमै हुनाले पनि दिनहस जसो ट्राफिक जाम हुने गर्दछ । सडक छेउमा छाडा गाईवस्तुले पनि उतिकै जोखिम बढाएका छन् ।
मुख्य बजारको रुपमा रहेको बागबजारमा त दिनहु जाम नै जाम रहन्छ कहिले एम्बुलेन्स पनि दशौं मिनेट जाम झेल्न बाध्य हुन्छन् । साघुरो सडकमा पसल अगाडि पार्किङ गर्नु, निर्माण सामग्री राख्नाले जाम संगै दुर्घटनाको जोखिम पनि बढेको छ । व्यवसायिहरुले गाडिहरु मनपरि ढङगले रोक्ने सामान लोड अनलोड गर्नाले जाम बढने आम स्थानिय को बुझाई छ ।
मुख्य सडक (बागबजार —किर्तिपुर) चौडा गर्नुका लागि २ पटक टेन्डर आएपनि दुई पटक नै रद्ध भएको छ । यसरि पुर्वाधर विकासमा बाधा हुदा आम नागरिले सास्ति खेप्नु परेको छ ।
चुनावि नाराको रुपमा रहेको यो सडकले भने आफ्नो मुहार फेर्न पाएको छैन् । सडकभरि खाल्डाखुल्डी, छाडा गाईवस्तु ले जिल्ला सदरमुकाम नै कुरुप बनेको छ ।
सुन्दर डडेल्धुरा बनाउनुका लागि यहाका स्थानिय जनप्रतिनिधि र आम नेता कार्यकर्ताहरुले सडकको स्तरोउन्नती म जोड दिन जरुरि देखिन्छ । जसले गर्दा सेवा प्रवाहमा पनि सहज हुने र सौन्र्दयता पनि बढने छ । सधै चुनावि नारामा मात्र सिमित नरहेर कामको पनि थालनी होस यहि छ सम्मुर्ण जिल्ला नागरिकको अपेक्षा । छाडा गाईवस्तुहरु नियन्त्रणमा सम्बनिधत निकायले ध्यान दिनु जरुरि देखिन्छ ।
दिपकराज भट्ट

डडेल्धुरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारम्भिक अध्ययन

डडेल्धुरा — स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागी प्रारम्भिक अध्ययन टोली पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रारम्भिक अध्ययनकालागी बिहिबार सरोकारवाला संग सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ । डा. चेतराज पन्तको नेतृत्वमा स्वाथ्य मन्त्रालयको अध्ययन टोलीले बिहिबार सुझाव संकलन गरेको छ । संकलित सुझाव मन्त्रालयमा पेश गरीने डा. पन्तले बताएका छन ।
प्रतिष्ठान स्थापना हुन सके सुदूरपश्चिमका स्थानियले स्वास्थ्य उपचार संगै सुलभ रुपमा स्वाथ्यका बिषय अध्ययन गर्न पाउने छन । स्वास्थ्य बिषयलाई ग्लोवल मनिका रुपमा लिईएको भन्दै उनले यसका लागी सुझाव संकलन गरिएको बताए ।
कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दल लगायत सरोकारवालाहरुले प्रतिष्ठान स्थापनका लागी आवश्यक पहल गर्ने बताएका छन । प्रतिष्ठान स्थापनका लागी आवश्यक प्रक्रिया थालिनै जनाउदै कार्यक्रमका सहभागीहरु सरकारले तदारुकता देखाउनु पर्ने औल्याए ।
कार्यक्रममा डडेल्धुरा अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्टले जिल्ला अस्पताल बाट उप क्षेत्रिय हुदै संघिय सरकार मातहतको अस्पताल संग १७० रोपनी जमिन भएको बताएका थिए । प्रतिष्ठान स्थापनाका लागी एक हजार रोपनी जमिन आवश्यक पर्ने भएकाले सबैले पहल गर्नु पर्ने उनको भनाई थियो । अस्पतालमा गत वर्ष मात्रै २३ हजार विरामी ओपिडिमा भर्ना भएका थिए । भने सयौले मेजर मानर अप्रेशन, सिएस गरेकाले अस्पतालमा विरामीको चाप उल्लेख्य रहेको बताए छन ।

देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेस नेता कार्यकर्ता अनशनमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका गृहजिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन्।

धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन्।

वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले जानकारी दिए।

‘धाँधलीपूर्ण ढंगबाट बाँडिएको क्रियाशील सदस्यताको आधारमा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवैलाई लिखित जानकारी पठाएको छौं,’ आयोमेलसँग भट्टले भने, ‘त्यहाँबाट कुनै जवाफ नआएपछि अनशन बस्ने निर्णयमा पुगेका हौं।’
क्रियाशील विवाद टुंगो लगाउन, सम्पन्न भएको वडा अधिवेशनलाई मान्यता नदिन लगायतका माग अघि सारेर जिल्ला पार्टी कार्यालयमा आफूहरू अनशनमा बसेको उनले बताए।
जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर पार्टी सभापति देउवाको निर्देशनमा केन्द्रबाट नाम थप गरिएको डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ल, उपसभापति भट्टलगायतका पदाधिकारीहरूले आरोप लगाएका छन्।
क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना भएपछि विवाद नटुंगिएसम्म जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो। तर, निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्णयलाई अटेर गर्दै डडेलधुरामा भदौ २५ गते वडा अधिवेशन गरेको थियो।
क्रियाशील सदस्यता विवाद नटुंग्याएर वडा अधिवेशन प्रक्रिया अगाडि बढाएको भन्दै जिल्ला सभापति, उपसभापतिलगायतका पदाधिकारीहरूले बहिष्कार गरेका थिए।

मोटरसाइकल दुर्घटनामा परी डडेल्धुराका युवकको मृत्यु

धनगढी — मोटरसाइकल दुर्घटनामा परि डडेल्धुराका एक युवकको मृत्यु भएको छ। अमरगढी नगरपालिका–८ खुल्लेकका ३८ वर्षीया गणेश ओझाको मृत्यु भएको हो। मंगलबार उनको मोटरसाइकल बाँकेको नेपालगञ्जमा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बुधबार भारतमा मृत्यु भएको आफन्तले जनाएका छन्।
ओझा अग्नि ग्रुप नेपालगञ्जमा कार्यरत थिए। उनका एक छोरी र एक छोरा छन्।

भागेश्वर गाउँपालिकाको सचिव पदमा भाटको उम्मेदवारि

डडेल्धुरा— डडेल्धुराको भागेश्वर गाउँपालिकाको सचिव पदमा भुवन भाटले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली काँग्रेस १४ औं महाधिवेशनमा भागेश्वर गाउँ कार्य समितिको सचिव पदमा भाटले उम्मेद्बारी घोषणा गरेका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको गृह गाउँपालिकाको पार्टी सचिव पदमा उम्मेदवारी दिएका हुन् ।
‘अग्रजलाई सम्मान, युवालाई अवसर’ भन्ने नारालाई अनुसरण गर्दै आफुले भागेश्वर गाउँ कार्य समितिको सचिवमा उम्मेद्बारी घोषणा गरेको भाटले बताए कांग्रेसलाई सशक्त ढंगले अगाडि बढाउन र आइपर्ने चुनौतिहरुको सामना गर्न युवा वर्गको आवश्यकता रहेको छ । त्यसको लागि युवालाई अगाडि बढाउनु पर्ने उनले बताए ।

पार्टीलाई उर्जा दिन गुटउपगुट भन्दा पनि कार्यकर्ताका भावनालाई समेटेर सहमति, सहकार्य र एकताको आधारमा पार्टीलाई अघि बढाउनु पर्छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन र स्थानीय,जिल्लामा काङ्ग्रेस बलियो बनाउन युवाको ठूलो भुमिका रहने पनी भाटले बताए ।
भागेश्वर गाउँ कार्य समितीको प्रथम अधिवेशनमा भागेश्वर गाउ कार्य समितिको सचिव पदमा आफुलाई अत्यधिक मत दिएर बिजय गराईदिन आग्रह गरेका छन् ।

भाट पछिल्लो समयमा सामाजिक कार्यमा अग्रसर रहेका छन् । समाजमा रहेका सम्याहरु लाई केहि हद सम्म भएपनि आफुले सक्दो सहयोग र सामाजिक भावनाका साथ काम गर्ने भाट बताउछन्। साथै पार्टिमा युवा नेतितृवको जरुरि रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

नेपाली कांग्रेस बैतडीको नेतृत्वका लागि संयुक्त प्यानलद्वारा उम्मेद्वारी घोषणा

बैतडि — नेपाली कांग्रेस बैतडीको नेतृत्वका लागि संयुक्त प्यानलद्वारा उम्मेद्वारी घोषणा
बैतडी– नेपाली कांग्रेस बैतडीको १४ औं जिल्ला अधिवेशनका लागि चतुरबहादुर चन्दको नेतृत्वमा संयुक्त प्यानलले उम्मेद्वारी घोषणा गरिएको छ । बैतडी संस्थापन पक्षको उम्मेद्वारी घोषणसभा आयोजना गरेर आगामी अधिवेशनमा पदाधिकारीहरुको उम्मेद्वारी घोषणा गरिएको छ ।

पार्टी कार्यालय गोठलापानीमा आयोजित घोषणा सभामा संयुक्त प्यानलबाट सभापतिमा चतुरबहादुर चन्दलाई उम्मेद्वार बनाइएको छ । यस्तै उपसभापतिमा वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय र खगेन्द्रसिंह धामीलाई अघि सारिएको छ ।

यस्तै सचिव पदमा वर्तमान सचिव प्रेमबहादुर चन्द र देवराज जोशीलाई उम्मेद्वार बनाइएको छ । यस्तै सहसचिवमा दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडलाई उम्मेद्वार घोषणा गरिएको छ । सो प्यानलबाट प्रदेश ९ख० क्षेत्रीय कार्यसमितिको सभापतिमा शिवराज भट्टलाई उम्मेद्वार बनाइएको छ ।

उम्मेद्वार घोषणा सभामा बोल्दै सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दले आफूहरु साझा उम्मेद्वार भएको बताए । उनले भने ‘हामी पौडेल, देउवा वा कुनै अन्य गुट होइनौं । हामी नेपाली कांग्रेसका उम्मेद्वार हौं । पार्टीभित्रको मण्डले प्रवृतिका विरुद्ध सच्चा कांग्रेसीहरुको उम्मेद्वारी हाम्रो उम्मेद्वारी हो ।’

बुधबार घोषणा गरिएको संयुक्त प्यानल कुनै एक गुटका नेता मात्रै नभएर सिंगो कांग्रेसको प्रतिनिधित्व गर्ने नेताहरु भएकाले आफूहरु संस्थापन पक्ष भएको चन्दले दाबी गरे । उनले भने ‘सबल कांग्रेस बनाउन हामीहरु चुनावी मैदानमा उत्रेका छौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले अब सक्कली कांग्रेस चिन्ने बेला आएको छ ।’

यसअघि संस्थापन पक्षको दाबी गर्दै शिवराज भट्ट नेतृत्वमा अर्को प्यानलले उम्मेद्वार घोषणा गरेर चुनाव प्रचारप्रसारमा जुटिसकेको छ । सो प्यानलमा सभापतिको उम्मेद्वार पूर्व पार्टी सभापति शिवराज भट्टलाई बनाइएको छ भने उपसभापतिमा वर्तमान सचिव बीरबहादुर बिष्ट र पूर्व उपसभापति हरिसिंह धामीलाई बनाइएको छ ।

यस्तै सचिवमा विपी विचार राष्ट्रिय समाज बैतडीका सभापति रमेशसिंह भण्डारी र कर्ण बोहरालाई अघि सारिएको छ । सो समूहले सहसचिवमा दलित नेता रमेश कोली र तरुण दल अध्यक्ष घनश्याम भट्टलाई अघि सारेको छ ।

दुवै पक्षले प्यानल घोषणा गरेपछि अब बैतडी कांग्रेसको नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । बैतडीका जिल्ला अधिवेशन असोज १५ मा हुँदैछ । त्यसअघि हुने पालिका अधिवेशन र क्षेत्रीय अधिवेशनमा पनि दुई समूहले चुनाव लड्ने रणनीति बनाएका छन् ।