सुदूरपश्चिम सरकारले ल्यायो पौने ३७ अर्बको बजेट,ल्याएको बजेटमा डडेल्धुरामा यातायात कार्यालयबाट अब सबै सेवा सञ्चालन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ। सरकारका…

भीमदत्तका विद्यालयमा ४ दिन गर्मी बिदा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ४ दिन गर्मी बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले अत्यधीक गर्मी बढेपछि मङ्गलबार देखी शुक्रबार सम्म बिदा दिने निर्णय गरेको हो ।

कृष्णपुर ०१ मा काङ्ग्रेसको सुरुवाती जित , प्यानल सहित बस्नेत दोस्रो पटक विजयी

जनक महरा । कंचनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ । नेपाली…

कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट

कञ्चनपुर –कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ मा नेकपा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले एमाले कार्यकर्तामाथि हातपात गरेका हुन् ।
स्थानीय चुनावको प्रचारमा हिडेका एमाले कार्यकर्तालाई माओवादी र समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमाले कञ्चनपुरले जनाएको छ ।
कुटपिटबाट एमाले कार्यकर्ता राजेन्द्र अवस्थी र अञ्जु कार्की (चौधरी) घाईते भएका छन् । त्रिवेणी धाम टोलस्थित माओवादी र समाजवादीको संयुक्त ¥यालीमा सहभागी भएका कार्यकर्ताले माईकसहित अटोमा गईरहेको बेला आफुहरुमाथि आक्रमण भएको घाईते अवस्थीले बताए । एमाले कञ्चनपुरले कार्यकर्तामाथि भएको कुटपिटलाई निन्दनीय भएको जनाउँदै कार्बाहीको माग गरेको छ ।

श्रीमान् एमाले र श्रीमती कांग्रेसको उम्मेदवार

मोहन विष्ट(कञ्चनपुर)
स्थानीय तहको चुनावमा कञ्चनपुरमा रोचक भिडन्त हुने भएको छ । एक दम्पती नै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।
दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडासदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।

फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन् । कांग्रेसबाट वडासदस्यमा होमिएकी कमलाले घरभित्र श्रीमान्–श्रीमती गेटबाहिर गएपछि आ–आफ्नो पार्टीको काममा लाग्ने गरेको बताइन् ।

महेन्द्रनगरको ९/११ होटलमा एक जना युवक मृत फेला

कञ्चनपुर । महेन्द्रनगरको एक होटलमा एक जना युवक मृत फेला । महेन्द्रनगर बजारमा रहेको ९/११ होटलमा गए राति देखि होटलमा बास बसेका भीमदत्त नगरपालिका १८ निम्बुखेडाका युवक मुकुल पाण्डे बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले होटल सिल गरेर अनुसन्धान गरिरहेको छ । मृतक पाण्डेको मृत्युको कारण खुलेको छैन ।

भिमदत्त नगरपालिकाको उपमेयर पदमा निलम लेखक जोशीको उम्मेदवारी दर्ता

डडेल्धुरा (दिपक राज भट्ट) ः निरंकुश राजतन्त्र को विरुद्धमा संञ्चालित जन आन्दोलन २०६२— ६३ मा निरुङकुसताका विरुद्ध आन्दोलनमा होमिएको अवस्थामा प्रहरीद्वारा राइफले प्रहार गरि घाइते भै गर्भको शिशु समेत गुमाइ , लामो समय सम्म काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररथ (वीर अस्पताल, शिक्षण अस्पताल, ओम अस्पतालमा रहदा रहदै मजदुरहरुका दुख पिडा लाई कम गर्ने हिसाबले नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ को स्थापना गरी ट्रेड यूनियन आन्दोलमा निरंतर सहभागी भै नेपाल ट्रेड यूनियन कांग्रेस को केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय पार्षद , नेपाली काङ्ग्रेस कन्चनपुर क्षेत्र नं ३ को कोषाध्यक्ष हुँदै हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश सदस्य , नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि रहनु भएकि साहसी ,संघर्ष सिल महिला निलम जोशी लेखक जोशी । महीला तथा बाल विकास केन्द्र को अध्यक्ष रही पिडीत महीला वालवालिको हितका क्षेत्रमा समेत कृयासिल भई लामो राजनिति इतिहास बोकेकि महीला भिमदत्त नगरपालिकाको उपमेयर पदका लागी नेपाली कांग्रेसको तर्फबाट मनोनय दर्ता गरेकि छन् ।

बोक्सी धपाउने भन्दै धामीझाँग्रीको कुटाईबाट मुसेपानीकी एकल महिलाको मृत्यु

कञ्चनपुर । आर्थिक रुपमा विपन्न कञ्चनपुरकी एक एकल महिला समयमै उपचार नपाउँदा मृत्यु बरण गर्नु परेको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ बर्षिया रन्जुला साउदले पैशा चेतना अभावका कारण अकालमै ज्यान गुमाउन परेको हो ।

साउद बिरामी भएपछि अस्पताल लैजान पैशा अभावका कारण घरमै धामीझाँग्री बोलाएर उपचार गर्न थालेपछि धामीझाँग्रीको कुटाईबाट साउदको मृत्यु भएको छ । साउदलाई बोक्सी लागेको भन्दै उनका घर परिवारले अस्पताल लैजानुको साटो घरमै धामीझाँग्री मार्फत झारपुक गराएका थिए ।

केही दिनदेखि साउद बिरामी थिईन, अस्पताल जानका लागि पैशा नभएकाले उनको उपचारका लागि स्थानीय धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टले झारपुक गदै आएका थिए । उनीहरुकै कुटपिटबाट साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन ।

स्थानीयले घटना जघन्य प्रकृतिको भएकाले दोषिलाई उन्मुक्ती दिन प्रहरीले संस्कापद भूमिका निर्वाह गर्न नहुने सुझाव दिएका छन । विगतमा पनि यस्ता प्रकृतिका घटनामा प्रहरीले मिलाउने भएकाले यस पटक गल्ती दोहो¥याउन नहुने तर्फ ध्यान केन्द्रीत गरेका छन ।

मृतक साउदका श्रीमान छैनन । उनका दुई छोरी छन । घटनाप्रति भत्र्सना जाहेर गर्दै कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् ।

‘अहिले युगमा पनि भुत प्रेत लागेको भन्दै हत्या गर्ने हिसाबले कुटपिट गर्ने कार्य निन्दनिय अमानविय छ, ‘उनले भनिन, ‘घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही हुनुपर्छ ।’ प्रहरीले धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टलाई नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर प्रहरीले घटना बारे प्रारम्भिक अनुसन्धान शुरु भएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना स्थलामा टोली खटिएको बताउदै थप अनुसन्धान भईरहेको बताए ।

महेन्द्रनगरसँग जोडियो डडेल्धुराको दुर्गम मलास

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका ७ मलास सडक सञ्जालसँग जोडिएपछि स्थानीय खुसी भएका छन् ।

तराईको निकटवर्ती शहर महेन्द्रनगरसँग मलास सडक सञ्जालमा जोडिएको छ । सडक नहुँदा मलासवासीले २ घण्टा पैदल हिँडेर अत्यावश्यक सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पताल पुर्‍याउनुपर्थ्यो ।

मलासवासीले वडा कार्यालय पुग्न ३ घण्टा र परशुराम नगरपालिका कार्यालय पुग्न ७ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता कायमै छ तर मलासवासी कञ्चनपुरको महेन्द्रनगर १ घण्टामा पुग्न सक्ने भएका छन् ।
सडक बनेपछि महेन्द्रनगरबाट मलास नियमित जीप सेवा सञ्चालनमा छ । मलास कञ्चनपुरको विष्णु मन्दिरबाट १० किलोमिटर र महेन्द्रनगर बजारबाट १६ किलोमिटर मात्रै टाढा पर्छ ।
सडक बनेपछि डडेल्धुराका बड्डी मलास, पिपलकोट र कसानका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

“नेताको गुलामी गर्नु भन्दा जनताको सेवक बन्ने” : पाठक

कंचनपुर – “नेताको गुलामी गर्नु भन्दा जनताको सेवक बन्ने” भन्दै कृष्णपुर नगरपालिकाका युवा मुकेश पाठकले वडा…