सिकाइ केन्द्र बन्दै डडेल्धुराका व्यवसायिक कृषि फर्महरु

गणेश बहादुर मगर- व्यवसायिक रुपमा खेतीपाती गरी आम्दानी बढाउने उद्देश्यले खोलिएको डडेल्धुराका केही व्यवसायिक कृषि फर्महरू पछिल्लो दिन सिकाइ केन्द्रको रुपमा विकास हुन थालेका छन् ।
कुनै बेला डडेल्धुराको आलिताल क्षेत्रमा उत्पादन भएको मुलाको बिउ बंगलादेश सम्म निर्यात भएको समाचारले कृषिकर्ममा लागेका हरू लाई निकै उत्साहित मात्र बनाएन बिस्तारै तरकारी उत्पादनमा लाग्न उत्प्रेरणा पनि दिएको थियो र त्यो समय पछि डडेल्धुरामा कृषि त्यो माथि पनि तरकारी खेती गर्नेहरू बढेका हुन भन्दा फरक नपर्ला ।
कृषि गणना २०६८ अनुसार डडेल्धुरामा कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २४७९७ रहेको तथ्यांकले देखाउदछ भने कृषि गणना २०७८ अनुसार कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २६९९४ रहेको छ । तुलनात्मक रुपमा हेर्दा १० वर्षको अन्तरालमा कृषि तथा पशुपालन गर्नेहरूको परिवारको संख्या २१९७ ले बढेको देखिन्छ तर कृषि तथा पशुपालनमा लागेका परिवार मध्ये २४।२४ प्रतिशत लाई मात्र आफ्नो उत्पादनले वर्ष भरी खान पुग्ने तथ्यांकले अधिकांश किसानहरू तरकारी खेती तर्फ आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
आर्थिक वर्ष ०७८।७९ मा डडेल्धुरामा मात्र १०९० हेक्टरमा आलुखेती गरि २० हजार नौ सय २८ मेट्रिक टन उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र, डडेल्धुरा सँग रहेको छ भने पछिल्लो आर्थिक वर्ष ११७० हेक्टरमा आलुखेती गरिएकोले उत्पादन गत आर्थिक वर्षको तुलनामा राम्रो हुने अपेक्षा गरिएको छ ।
बाँझो जमिनको उपयोग र स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ भन्ने सोचका साथ २०७५ सालमा डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नं। १ लकतडामा करिव १०० रोपनी बाँझो जमिन भाडामा लिई भागेश्वर कृषि तथा पशुपालन फर्मको सुरु भएको हो ।
शिक्षित बेरोजगारहरू बढी रहेको र अधिकांश युवाहरू कामको खोजीमा विदेशिन लागेको देखेर स्वदेशमै केही गर्न सकिन्छ भनेर स्नातक सम्म अध्ययन गरेको युवा प्रसाद दत्त अवस्थीले भारत बाट आयात हुने तरकारी लाई रोक्नु पर्छ भन्दै अर्गानिक तरकारी खेती सुरु गरेका हुन ।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको भातकाँडा बजार बाट करिव ७ किलो मिटरको दूरीमा रहेको उनको फर्ममा नियमित रुपमा १५ जना र सिजनल रुपमा ४० देखी ५० जनाले रोजगारी पाइरहेको देख्न सकिन्छ ।
कृषि फर्ममा गत वर्ष १३ जना विद्यार्थीहरूले ६ महिना प्रयोगात्मक तालिम लिएका थिए भने यो वर्ष १९ जना विद्यार्थीहरू फर्ममा सिकिरहेका छन् ।
यस वर्षका १९ जना वाली विज्ञानका विद्यार्थीहरू मध्ये बझाङ जिल्लाको देवेश्वरी माध्यमिक विद्यालयका ४ जना विद्यार्थीहरू ६ महिने ओजेटी सकेर भर्खर मात्र विद्यालय गए भने डोटी जिल्लाको के।आई।सिँह गाउँपालिकाको झिमे मालिका माध्यमिक विद्यालयका १५ जना विद्यार्थीहरू फर्ममा व्यवसायिक कृषि सिकिरहेका छन् ।
फर्ममा सिक्न आउने विद्यार्थीहरू लाई फर्मको तर्फ बाट गाँस वासको सुविधा निशुल्क उपलब्ध गराइन्छ । बिहान बेलुकी नै कृषि कर्ममा रमाउन पाउने हुँदा सिक्दा सिक्दै समय बितेको पत्तै नहुने बताउँदै फर्ममा कृषि सिक्दै गरेकी डोटी के।आई। सिँह गाउँपालिकाकी वाली विज्ञान कि छात्रा दिपा विकले बताइन ।

विद्यार्थीहरू मात्र होइन गत वर्ष मात्र डडेल्धुरा भन्दा बाहिरी जिल्लाका ७ वटा समुहले फर्मको अवलोकन भ्रमण गरेको तथा डडेल्धुराका थुप्रै समुह तथा व्यक्तिहरू ले आफ्नो फर्म भ्रमण गरेको फर्म सञ्चालक अवस्थी बताउँछन ।

कसरी हुन्छ मलको जोहो ?
भागेश्वर कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको तरकारीहरू सुदूरपश्चिमका प्राय स् सबै जिल्लाहरूमा पुग्ने गर्दछ । व्यवसायिक कृषिमा लाग्नु भन्दा पहिलेनै आफ्नो फर्ममा अर्गानिक तरकारी उत्पादन गर्ने संकल्प गरेका फर्म संञ्चालक प्रसाद दत्त अवस्थीको मलको जोहो पनि चाख लाग्दो छ ।
गड्यौला मल ः फर्मको एक कुनामा गड्यौला मल उत्पादन प्लान्ट निर्माण गरिएको छ ।गड्यौला मल जैविक तरिकाले उत्पादन गरिने मल हो , जुन केही विशेष प्रकारका गड्यौला हरू प्रयोग गरि उत्पादन गर्ने गरिन्छ । फर्ममा रहेको ८ वटा च्याम्बर बाट प्रत्येक ६ महिनामा १६ क्विन्टल गड्यौला मल उत्पादन हुने गर्दछ जुन मल लाई फर्मले अर्गानिक तरकारी उत्पादनको लागी प्रयोग गर्ने गर्दछ । फर्मले प्रतिकिलो ८०० रुपैयाँका दरले गड्यौला पनि बेच्ने गर्दछ र यो वर्ष मात्र १५० किलो बिक्री गरेको फर्मको तथ्यांक ले बताउदछ ।

कुखुराको मल:

फर्मको प्रवेशद्वारमै स्थानीय तथा विकासे जातका कुखुराको खोर रहेको छ । त्यो कुखुराको खोरमा जम्मा भएका मल फर्मको लागी मलको अर्को मुख्य श्रोत हो । एक लटमा ५०० वटा विकासे कुखुरा तथा १०० वटा स्थानीय कुखुरा हालिन्छ । कुखुरा बिक्री बाट कुखुरा हुर्काउन लागेको लागत मात्र फर्किए पनि त्यस वाट उत्पादन हुने मल लाई नाफाको रुपमा लिएर अर्गानिक तरकारी खेतीको लागी प्रयोग गर्ने गरिन्छ ।
माछापोखरी ः फर्मको सबै भन्दा तल्लो छेउमा ३ वटा स साना माछा पोखरी निर्माण गरिएका छन जहाँ ५००० माछाका भुराहरू छाडिएका छन् । माछापोखरीमा हुर्केका माछा बेचेर मात्र फर्मले केवल आर्थिक रुपमा मात्र फाइदा लिदैनन् माछाको भुराहरू लाई दिइएको चारो हरू पोखरीको पिँधमा थिग्रिने र पछि माछा हटाउँदा उक्त चारो थिग्रिएको माटो लाई पनि मलको रुपमा प्रयोग गर्न सकिने फर्म सञ्चालक प्रसाद दत्त अवस्थीले बताए । वर्षमा ३ वटा माछा पोखरी बाट ४० कट्ठाका दरले १२० कट्ठा मल निकाल्ने गरेको फर्म सञ्चालक ले बताए ।

गाई भैसी र बाख्रा को गोठ:

फर्मको छेउमा रहेको गाईभैंसी गोठ रहेको छ भने छेउकै सानो कटेरोमा बाख्राहरू पालिएका छन । गाईभैँसीको दूध फर्ममा नै प्रयोग गर्ने गरिन्छ भने खसीबोका हरू बाहिरि बजारमा बिक्री गरिन्छ । खसिबोका र गाई भैँसी हरू संख्यात्मक रुपमा धेरै त छैनन् तर फर्मको लागी प्रशस्त मल दिइरहेको छ ।
यसरी विभिन्न प्रकारका जैविक मल हरुको व्यवस्था आफैँले आफ्नो फार्ममा गर्दा बाहिरबाट रासायनिक मलको प्रयोग गर्न नपरेको फार्मका संचालक बचाउँदछन् । यसले गर्दा माटोको गुणस्तर बढ्नुका साथै खेतीबारीमा तरकारी तथा अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि भएको छ । जलवायु परिवर्तनबाट निम्तिने विभिन्न समस्यामा रहेको प्रमुख कारण मध्ये रोगकीरा नियन्त्रण गर्नका लागि पनि यस्ता जैविक मलले धेरै सहयोग गर्दछन् । त्यसकारण उत्पादनमा वृद्धि ल्याई आम्दानीमा पनि सहयोग गर्न सक्ने हिसाबले जैविक मलको प्रयोग गर्न अति आवश्यक छ ।

सफलता भन्दा पनि सन्तुष्टि मिलेको छ:
फर्म सञ्चालक को लागी फर्म सञ्चालन त्यति सहज देखिदैन पछिल्लो समयको जलवायुजन्य असरहरू जस्तै खडेरी तथा अ कल्पनीय वर्षाले खेतीपातीमा असर पारिरहेको देख्न सकिन्छ । २०७५ मा सुरु भएको कृषि तथा पशुपालन फर्म राम्रो संग फस्टाईरहेको बेला अचानक २०७८ साल असोजको अन्तिम देखी कार्तिक पहिलो हप्ता भएको अ कल्पनीय वर्षाले फर्ममा रहेको भैसी गोठ, बाख्रा गोठ, कुखुरा खोर, हाते ट्रयाक्टर हरु र बिक्रीका लागी तरकारीहरू बगाए पनि आत्मविश्वास टुटेको छैन प्रसाद दत्त अवस्थीको ।
२०७८ मा नोक्सान भएको फर्मको क्षतिपुर्तिका लागी फर्ममा भएको क्षतिको विवरण सहित प्रहरी मुचुल्का स्थानीय सरकार, प्रदेश सरकार का साथै केन्द्र सरकार सम्म पुगेको र क्षतिपुर्तिको आश्वासन दिएको भन्दै क्षतिपुर्ति पाउनेमा आशावादी फर्म सञ्चालक अवस्थी अव चाही आफू फर्म मा रहेको तरकारी तथा पशुपक्षीहरूको बिमा गरि सुरक्षित हुने तर्फ सोचिरहेको बताउँछन ।
विपद पश्चात सरकारले गर्नुपर्ने राहत तथा पुनर्स्थापनका लागी गर्ने काम तथा बैँकहरूको अनियमित ब्याजदर प्रति गुनासो रहेको बताउने प्रसाद दत्त अवस्थी जेनतेन आफ्नो फर्म लाई बिउँताइ रहेकाछन् । विभिन्न विद्यालयमा वाली विज्ञानको सैद्धान्तिक अध्ययन पश्चात प्रयोगात्मक अभ्यासका लागी विभिन्न कार्यालयमा विद्यार्थी जाने भए पनि विद्यार्थीहरूले आशातित रुपमा प्रयोगात्मक अभ्यास गर्न नपाईरहेको आफ्नो कृषि फर्म मा त्यो सुविधा उपलब्ध गराइरहेको बताउँछन् ।

डडेल्धुराका अरु कृषि फर्मको अवस्था के छ:
डडेल्धुराका विभिन्न स्थानीय तहहरूमा पछिल्लो समय विशेष गरेर युवाहरू व्यवसायिक कृषि फर्म दर्ता गरेर कृषिमा लागिरहेको देख्न सकिन्छ । गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका लगायत जिल्लाका ७ वटै पालिकामा व्यवसायिक कृषि फर्म हरू सञ्चालन मात्र भएका छैनन् ति व्यवसायिक फर्महरु सिकाइ केन्द्रको रुपमा विकास भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताउनु भयो ।

 

भागेश्वर ५ का किसानहरुको लोप लाग्दो कृषि (हरौं एक रिर्पोट)

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारि र फलपलुलका लागि प्रसिद्ध क्षेत्र हो । यँहा बिशेष…

डडेल्धुराको प्रसिद्ध ‘शिखरजाँत’ असोज १० गते

डडेल्धुराः जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ असोज १० गते [बुधबार] राति हुँदै छ।

डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ। तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ। राती लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ।

शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ। शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७र८ बजे तिर गात शिखरमा पुग्छन्।

शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ।

देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका गन्यापका धामी जयराज भट्टले जानकारी दिए।

मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ।

मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको गन्यापका दोरिया हरिलाल भट्टले बताए। जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ।

गन्याप मन्दिरको किंवदन्ती- 
पहिलेदेखि नै यो क्षेत्र कान्छो खप्तड भनरे चिनिन्छ। गन्याप मन्दिरको निर्माण कहिले भएको हो भन्ने प्रमाण छैन। तर, किंवदन्ती अनुसार गन्यापधुरा गाउँपालिका–४ रमाइलमा भगवान् गणेशको जन्म भएको र पछि गणेश ठूलो भएर त्यस क्षेत्रबाट गणेश भगवान् सर्पको भेषमा हाल गन्याप मन्दिर भएको ठाउँमा गएको र त्यही आएर विलिन भएको बताइन्छ।

पछि गन्यापधुरा गाउँपालिकाको रेल भन्ने गाउँका १ जना पार्कीले निगालो काट्न जाँदा त्यहाँ रहेको ढुङगोले हसिँयामा आरन लगाउँदा ढुङगोबाट लगातार रगत बगेको र त्यही भगवान् उत्पत्ति भएको किंवदन्ती रहेको छ।

ढुङ्गोबाट लगातार रगत बगेपछि ती पार्की गाउँमा गएर आफन्तलाई बोलाएका थिए । त्यहाँ गएर १ जना स्थानीयले त्यस ढुङ्गोमा फूल चढाएको र ती पार्कीले आफूले लगाएको टोपीले ढुङ्गोबाट बगिरहेको रगत रोकेका थिए। रेल र रमाइल गाउँका सबै भेला भएर त्यो ठाउँमा त्यस दिनदेखि पूजापाठ सुरु गरेका थिए।

डडेल्धुरा मात्रै नभएर डोटीाको घण्टेश्वरदेखि लोखाडी गाडसम्मका बासिन्दाले समेत आराध्य देवताका रुपमा पूजाअर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत श्रृंखलाको अति रमणीय स्थलमा रहेको छ।

गन्यापको पूजा गर्नका लागि रेलका पुजारी, रमाइला र मालीगाउँबाट धामी अहिले पनि पूजापाठका लागि आउने गरेकाको गन्यापधुरा गाउँपालिका–४ रेलका स्थानीय विष्णुराज ओझाले जानकारी दिए।

यो परम्परा अहिले नभएर परम्परागत रुपदेखि नै चलिरहेको उनको भनाइ छ। पुजारी ओझाका अनुसार यो मन्दिरमा पूजापाठ गर्न त्यहाँका देउवा र बाह्विसी बलायरहरुको आफ्नै महत्व छ।

दर्शन गरे मनोकामना पूर्ण हुने

गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। कसैको छोरा नभएमा त्यहाँ गएर पूजापाठ गरे छोरा प्रदान हुने जनविश्वास छ। अहिले पनि छोरा नभएकोले त्यहाँ गएर भगवानसँग छोरा माग्ने गरेको स्थानीय बताउँछन्।

बानणुग्री सैनका कुनै पनि बलायरको छोरा थिएनन् त्यहाँ गएर पूजापाठ गर्दा छोरा भएको इतिहास अहिले पनि छ। अहिले पनि ‘क्यारु पुसाई अपुती रैगई कोल’ भन्ने टुक्का त्यस क्षेत्रका स्थानीयले खेल खेल्ने बेला पनि गाउने गरेका छन्।

गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा भएपछि अहिले पनि पूजापाठ गर्न दैनिक थुप्रै व्यक्ति हिँडेर त्यहाँ पुग्ने गरेको स्थानीय बताउँछन् ।

मेला भर्न भारतदेखि दर्शनार्थी
यहाँ मेला भर्न डोटी, डडेल्धुरा, बैतडी, अछाम, बझाङलगायत सुदूरपहाडका विभिन्न जिल्ला तथा भारतबाट समेत हजारौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन्।

रुमायलबाट मूल देउरो मन्दिरमा आउँछ र देउरो आएपछि यहाँ पूजापाठ हुने गर्दछ। पूजा सकिएको दास्रो दिन फेरी देउरो आ–आफ्नो भ्राण ९भण्डार०मा फिर्ता हुने स्थानीय लोकेन्द्र पनेरुले बताए। उनका अनुसार यहाँ बाह्विसी र छविसीको फरकफरक पूजापाठ लाग्ने गर्दछ।

भाट–भटेनीको विशेष महत्व
‘भाट भटेनीको छोडेछ नाउँ
चल गोसाईं गणपति शिखर जाउँ’

पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएको विश्वास छ। अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहिँ राखि दिएका थिए।

त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ। फुल भाटकी श्रीमती निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई फुलभाटले खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएछ।

फुल भाटकी श्रीमतिले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन्। अनि हतार–हतार थाली कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको भनी ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन्।

फेरि दुबै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन्। अनि देवता शिखरको शिलामा पुगी बिलीन भएछन्। त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ। शिखरको गात ‘ठूलो ढुंगामा’ अझै पनि नाग देवता हिँडेको छाप देख्न सकिन्छ।

जिल्ला हक्कि संघको अध्यक्षमा भट्ट चयन

डडेल्धुरा(दिपकराज भट्ट): डडेल्धुरा जिल्ला हक्कि संघको अध्यक्षमा सिद्धराज भट्ट चयन भएका छन् । उनी सँगै समितीको उपाध्यक्षमा तिलक बहादुर साउद, उपाध्यक्षमा सुदिप जैरु , सचिबमा करन पन्त, सह सचिवमा अम्रता धामी, बोषध्यक्षमा मोहनी कालाखाती र सदस्यमा रोजन गुरुङ्ग , सरस्वती पन्त,यशोदा पन्त चयन भएका छन् । डडेल्धुरामा हक्कि खेलको विस्तार र प्रर्बद्धनका लागि आफु सदैब तयार रहने अध्यक्ष भट्टको भनाई रहेकोछ ।

No description available.

डिभिजन वन कार्यालय मकवापुर द्धारा वातावरण शिक्षा दिईने

डिभिजन वन मकवानपुरले विद्यालय स्तरबाट वन वातरणका कुरा सम्बन्धि सचेतना दिनुका लागि स्कुल शिक्षा लागु गरिनु…

सुन्दर खप्तड हरौ पाचँ तस्विर

सुन्दर खप्तड हरौ पाचँ तस्विर डडेल्धुरा ः  खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी…

भागेश्वर मन्दिर (धुरा) जात २०७९ पोटो कथा

भागेश्वर मन्दिर (धुरा) जात २०७९ पोटो कथा दिपकराज भट्ट । डडेल्धुरा सदमुकाम देखि भागेश्वर गाँउपालिकाको सदमुकाम…

सिगाशमा रहेको ऐतिहासिक शिगास मन्दिर

राजेन्द्र सिह साउद ( सिगास, बैतडी) ः परापूर्व कालदेखि नै हाम्रो समाज देविदेउतामा विश्वासका साथ अडिक…

गड्डाचौकीमा पर्यटन सहायक कक्ष

कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायक कक्ष महेन्द्रनगर – कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायक कक्ष स्थापना गरिएको छ ।…

रारा तालमा पुग्यो बिजुली

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले…