लुनिभाद्धारा विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोग

डडेल्धुराः लुनिभा बालसरोकार डडेल्धुराले विपन्न तथा सिमान्तकृत परिवारलाई आयआर्जन सहयोगमा सहयोग गरेकोछ । डडेल्धुराका दुई पालिकामा १७ परिवारलाई सहयोग गरेको हो ।
लू निभा बाल सरोकार समूह डडेल्धुरा तथा नवदुर्गा गाउपालिकाको् सहकार्यमा नवदुर्गा गाँउपालिकाका १२ विपन्न तथा सिमान्तकृत परिवारलाइ र भागेश्वर गाँउपालिका संगको समन्वयमा भागेश्वर गाँउपालिकाका ५ विपन्न परिवारलाई आयआर्जन सहयोग वितरण गरेको हो ।

तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -भागेश्वर गाउपालिकामा आयोजित कार्यक्रम

सहयोग अन्र्तगत अभिभावकको मागमा आधारित सहयोगमा बाख्रा वितरण गरिएको हो । नवदुर्गा गाँउपालिकामा गाँउपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीको प्रमुख आतिथ्यतामा नवदुर्गाकाको वडा नं. १ र २ का वडामा र भागेश्वर गाउपालिकामा गाँउपालिका उपाध्यक्ष पुष्पा ठकुराठीको उपस्थितिमा सहयोग वितरण गरिएको हो । विपन्न तथा सिमान्तकृत परिवारका बालबालिकाको शिक्षा अधिकार सुनिश्चिताको लागी तथा बालबालिकाको विधालय निरन्तरताको लागी उक्त सहयोग प्रदान गरिएको लू निभाका जिल्ला संयोजक भुवन विष्टले जनाकारी दिनुभयो ।

तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम
तस्बिरः लुनिभा डडेल्धुरा -नवदुर्गा गाँउपालिकामा आयोजित कार्यक्रम

खबरदारी अंक

खबरदारी अंक डडेल्धुरा, महेन्द्रनगर ः खबरदारी न्युज साप्ताहिक पत्रिकाको कार्तिक १३ गतेको अंक Khabardarinews   

आज गुरु पूर्णिमा

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति…

के तपाई कपालमा चाँया परेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँले कपाललाई मृतप्रायः बनाइदिन्छ । बजारमा चायाँ हटाउने श्याम्पुहरू पाइन्छन् तर कुनै पनि श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् । त्यसैले यो ढीठ चायाँलाई हटाउनका लागि घरेलु उपाय अपनाउने सल्लाह दिइन्छ । यी हुन् उपाय :
१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।
३. पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् । त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।
किन पर्छ चया ?
सामान्य अर्थमा भन्नुपर्दा चाया पर्नुको मुख्य कारण सरसफाइ हो । कपालको हेरचाह नै चायाको मुख्य कारण हो । यदी तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ । शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ ।
सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ ।लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ ।
कसरी बच्ने ?
चायाबाट बच्नका लागि कपालको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ । यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ . भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

मृत्यु पछि के हुन्छ ? अध्यात्मिक र बैज्ञानिक पाटो

मृत्यु पछी के हुन्छ यस प्रश्नको ठोस जवाफ दिन सक्दैन सायद कसैले तर अध्यात्म र बिज्ञानले फरक फरक तर्क राख्छ । आज हामी अमेरिकी खगोलभौतिकशास्त्री, लेखक तथा विज्ञान सम्प्रषक नील डिग्रास टाइसन द्वारा अमेरिकी टेलिभिजन तथा रेडियो होस्ट ल्यारी किङ्गलाई दिएको अन्तरवार्तामा आधारित केहि अंश प्रशुत गर्दै छौं हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ ।
आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय ९८.६ डिग्री फरेन्हाइट हुन्छ ।
कुनै पनि चीजको तापक्रम वायुमण्डलको तापक्रमभन्दा माथिको तापक्रममा कसरी स्थीर राख्न सकिन्छ ? पक्कै पनि तपाईंको शरीरले ऊर्जा उत्पादन गरिरहेको हुन्छ र त्यही ऊर्जाले शरीरको तापक्रम स्थीर हुन मद्दत गर्ने हो । स्थीर किन राख्नुपर्यो त ? किनभने, जैविक रुपमा हाम्रो शरीरलाई आफ्ना कार्यहरु गर्नको लागि त्यति तापक्रमको आवश्यकता पर्छ । त्यति मात्र होइन, तपाईंलाई हिँड्नको लागि, यताउता चल्नको लागि पनि ऊर्जाको खाँचो पर्छ । त्यसैले हामी खाना खान्छौँ ।
अब कुरा आउँछ हाम्रो मृत्युपछि के हुन्छ त ? हाम्रो मृत्यु हुँदा हाम्रो शरीरले ऊर्जा उत्पादन गर्न सक्दैन (किनभने, ऊर्जा उत्पादनको लागि हाम्रो शरीरले खाना खाएको हुँदैन, खानाबाट ऊर्जा उत्पादन गर्नको लागि खानासँग प्रतिक्रिया गर्नको लागि अक्सिजन शरीरभित्र छिरेको हुँदैन र अक्सिजन हरेक कोष–कोषमा पुर्याउनको लागि रक्तसंचार क्रियाशील हुँदैन) । त्यसैले शरीरको तापक्रम घट्न थाल्छ । कतिसम्म घट्छ त ? वायुमण्डलको तापक्रम जति छ, त्यतिसम्म । यदि तपाईंले मृत्यु भइसकेको व्यक्तिको हात छुनुभयो भने तपाईंको पहिलो प्रतिक्रिया हुन्छ, ‘शरीर त चिसो छ !’ होइन ! शरीर चिसो हुँदैन ! शरीरको तापक्रम त वायुमण्डलको तापक्रम जति छ, त्यति नै हुन्छ । तर, तपाईंको आफ्नो हात त ९८.६ डिग्री फरेन्हाइटसम्म तातो छ नि त ! मृत शरीरमा ऊर्जा उत्पादन हुने कार्य भइरहेको हुँदैन ।
शरीरका हरेक अणुहरुमा ऊर्जा सञ्चित भएर बसेको हुन्छ । मृत शरीरलाई जलाइयो भने उक्त सञ्चित ऊर्जा तापमा परिणत हुन्छ र उक्त तापले हावालाई तताउने काम गर्छ । सो तातो हावा अन्तरिक्षमा जान्छ । तर, मेरो मृत्युपछि म चाहन्छु कि मेरो मृत शरीरलाई गाडियोस् । मेरो शरीरलाई गाडियो भने मेरो शरीरका अणुहरुले जीवनभर सञ्चित गरेको ऊर्जा सूक्ष्म किटाणुहरुले प्रयोग गर्छन्; ब्याक्टेरिया तथा अन्य किटाणुहरुले मेरो मृत शरीरको ऊर्जा आफ्नो जीविका चलाउन प्रयोग गर्छन् । त्यसैले मेरो शरीर पृथ्वीकै जीवजन्तुमा फर्कन्छ । र, जीवनको एक चक्र समाप्त हुन्छ । मलाई थाहा छ कि त्यस्तो हुनेवाला छ, किनकि मेरो शरीरमा सञ्चित ऊर्जा कहाँ जान्छ भन्ने कुरा हामी मापन गर्न सक्छौँ ।
तर, मेरो चेतनालाई के हुन्छ त ? अब मेरो चेतना कहिल्यै फर्किनेवाला छैन । चेतना फर्किन्छ भन्ने कुराको कुनै प्रमाण छैन । वास्तवमा अब ‘म’ नै हुन्नँ । तर, के त्यो त्यति अनौठो छ र ? आफू जन्मिनुभन्दा अगाडि तपाईंको केही चेतना थियो र ? मेरो मतलब, जन्मिनुभन्दा अगाडि के तपाईं ‘म अहिलेसम्म पृथ्वीमा किन जन्मिनँ ? मलाई पृथ्वीमा जन्म लिनु छ ! म कहाँ छु ?’ भनेर कतै बसेर चिच्याइरहनुभएको थियो र ? पक्कै थिएन । त्यो त सिर्फ गैरअस्तित्वको अवस्था थियो । तर, अब म जन्मिसकेको छु र मलाई आफ्नो अस्तित्वको आभाष भइसकेको छ । यो स्थितिमा पक्कै पनि मलाई आफ्नो गैरअस्तित्वको अवस्थाको बारेमा विचार गर्दा केही अनौठो पक्कै लाग्छ ।
हामी सबैलाई मृत्युदेखि डर हुन्छ, किनकि हामीले आफू जन्मिएको पलदेखि जीवनभर अनुभव गर्ने भनेको जीवन हो । तर यसमा म अलि भिन्न तरिकाले हेर्न चाहन्छु । यदि सम्भव हुने भए के म अमरत्व चाहन्थेँ त ? पक्कै पनि अमरत्वको बारेमा सोच्नु निकै रमाइलो हुन्छ । तर, म यसलाई यसरी हेर्छु : मेरो मृत्यु निश्चित छ भन्ने कुराको ज्ञानले नै म बाँच्नमा केन्द्रित हुन्छु, जीवनमा केही उपलब्धि पाउनुपर्छ भन्ने कुराको मलाई महसुस हुन्छ, माया व्यक्त गर्नुपर्छ भन्ने महसुस हुन्छ; त्यो पनि अहिले नै, पछि होइन ! यदि हामी सधैं बाँचिरहने भए बिहान ओछ्यानबाट किन उठ्नुपर्यो र ? किनकि, भोलि त सधैं आउँछ नि ! म त्यस्तो जीवन बाँच्न चाहन्न । मलाई मृत्युको डर छैन; डर छ त त्यस्तो जीवन बाँच्ने जहाँ मैले केही उपलब्धि हासिल गर्न सक्थेँ, तर गरिनँ । मलाई मृत्युको डर छैन ।

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ

टमाटरको प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ
तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।
टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।
गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ । प्रयोगले कयौं रोगको रोकथाम समेत गर्न सकिन्छ तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ । विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ । यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ । बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ । मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ । काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछ टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

दाँतको पहेँलोपन हटाउन अपनाउनुहोस् यी घरेलु उपाय

मान्छेको सुन्दरता दाँतको सुन्दरतासँग पनि जोडिएको हुन्छ। हामी अगाडि परेर कोहीसँग बोल्छौँ भने पहिले देखिने नै दाँत हो। गफ गर्दा या हाँस्दा दाँत राम्रो देखिएन भने राम्रो देखिँदैन। त्यसैले दाँत सफा या चम्किलो बनाउन आवश्यक हुन्छ। त्यसका लागि दैनिक टुथपेस्टले ब्रस गर्दैमा दाँत राम्रो हुन्छ भन्ने हुँदैन। अन्य सामान्य घरेलु चिजले पनि तपाईंको दाँत राम्रो बनाउन सहयोग गर्छ।
यी हुन् दाँत चम्काउने घरेलु उपाय : कागती र नुन सातामा दुई पटक नियमित कागतीमा नुन मिसाएर दाँतमा लगाएर एकछिन पानीले धुने गर्नाले दाँत सेतो हुनुका साथै दाँतमा किरा लाग्नबाट बचाउँछ। सुन्तला नियमित रूपमा सुत्नु अगाडि सुन्तलालाई दाँतमा नियमित लगाउनाले दाँत स्वस्थ हुनुका साथै सेता देखिन्छन्। सुन्तलामा हुने भिटामिन सी र क्याल्सियमले दाँतमा हुने किटाणुबाट बचाई दाँत सफा राख्न सहयोग गर्छन्।
स्ट्रबेरी स्ट्रबेरीलाई काटेर टुक्रा बनाई त्यसलाई दाँतमा दल्ने। दैनिक दुई पटक यसो गर्दा दाँतमा भएको पहेँलोपन हट्छ। यस्तै, स्ट्रबरीलाई आधा चम्चा बेकिङ पाउडरमा मिलाएर दाँतमा लगाउने र केही मिनेटसम्म त्यहीँ राख्ने अनि त्यसलाई पखाल्ने। त्यसपछि टुथपेस्टले सफा गर्ने गर्नाले पनि दाँत चम्किन्छ। स्ट्रबेरीमा भिटामिन सी हुन्छ, जसले दाँतलाई सेतो बनाउन सहयोग गर्छ।
तुलसीको पात तुलसीको पातलाई घाममा सुकाई त्यसलाई पिसेर पाउडर बनाएर पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस तथा पत्तालाई सर्स्युंको तेलमा मिलाएर दाँत सफा गर्ने गर्नाले दाँत चम्किन्छ। दैनिक स्याउ सेवन दैनिक स्याउ खानाले दाँतका लागि फाइदा हुन्छ। यसलाई राम्ररी चपाएर खाने गर्नाले स्याउमा हुने एसिड र फाइबरले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छन्।

चिसोमा किन दुख्छ ढाड ? यसरी गर्नुहोस् उपचार

आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाइ छ । चिसो मौसममा त यस्तो समस्या झन धेरै हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।
कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकाशं मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन गर्न बाध्य हुने गरेका छन् ।मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ।
किन दुख्छ ?
यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा पनि कम्मर दुख्ने गर्दछ ।
यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायाँ भागमा दुख्ने हुन्छ ।
कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ ।

कसरी कम गर्ने ?
कम्मर दुःखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ ।
लामो समय काम गरे पछि केहिबेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् ।
मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ।

ढाडसम्बन्धी समस्या के के छन् ?
बालबालिकादेखि युवा हु“दै वृद्धावस्थासम्म पुग्दा मेरुदण्डका अनेक समस्या देखिन सक्छन् । बच्चाहरुमा ढाड बाङ्गिने समस्या देखिन्छ, जसलाई ‘स्कुलियोसिस, काइफोसिल कुलियोसिस’ भनिन्छ । यसले मेरुदण्ड नै कुप्रिने वा बाङ्गिने हुन्छ । कि त बच्चा जन्मिँदै यस्तो समस्या देखा पर्छ, कि १० वर्ष माथि लागेपछि ढाड बाङ्गिने क्रम बढ्दै जान्छ । यस्तो समस्याको पहिचानका लागि अविभावकको भूमिका महत्वपूर्ण हुन्छ।

अभिभावकहरु ढाड कुप्रिएको थाहा पाएपछि ‘मेरो बच्चामा यस्तो समस्या देखियो’ भन्दै चिकित्सकहरुस“ग परामर्शका लागि आउने गर्छन् । एउटा कुम तल र अर्को माथि हुने, हिँड्दा बाङ्गिएको देखिने यस रोगका लक्षण हुन् । अभिभावकले सुरुमै यो समस्या पहिचान गरे भने उपचार पनि सहज हुन्छ । जति उमेर बढ्दै गयो, उपचार पनि जटिल र खर्चिलो हुँदै जान्छ।

कम्मरको दुखाइ, साझा समस्या

गर्धन र कम्मर दुख्ने आम नेपालीको मेरुदण्डसम्बन्धी साझा समस्या हो । मेरुदण्डका करिव ७० प्रतिशत समस्या यस्तैमा पर्छन् । महिलाहरु यो समस्यामा ज्यादा प्रताडित हुन्छन् । महिलाहरुको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरु कम्मर र गर्धनमा ज्यादा असर पर्छ।

लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरु, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरु नै यस्तो समस्याको मारमा परेको भेटिन्छ। एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन् । मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन भनी चिन्ने गरिन्छ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ ।

बुढ्यौलीमा नसा च्यापिने

नसा च्यापिने परिस्थिति मेरुदण्डको अर्को रोग हो । मेरुदण्डको कुनै भागमा नसा च्यापिएमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ। बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ ।

४५–५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ‘हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ । यी समग्र समस्यालाई हामीले ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ।

क्यान्सरको डर

स्पाइन क्यान्सर पनि निकै डरलाग्दो रोग हो । ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ ।

एउटै एमआरआईका लागि १५/२० हजार रुपियाँ लाग्ने भएकाले यो रोग पहिचानको महँगो विधि हो । त्यसैले मेरुदण्डको उपचार खर्चिलो हो, त्यति हुँदाहुँदै पनि आम तहमा यो समस्या ज्यादा छ । नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ।

मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो । यसमा धेरैको पहुँचमा हुँदैन । कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भयो, उपचार गर्नुप¥यो भने १४ देखि २० वटा स्क्रु लाग्छ । एउटाको ६ देखि १५ हजार रुपियाँसम्म पर्छ । जसले गर्दा तीन÷चार लाख रुपियाँ समग्र उपचार खर्च जुटाउन नसक्नेहरु कैयौँ छन्।
५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ।

दुर्घटनाको जोखिम

ट्रमा र त्यसबाट हुने स्पाइन इन्जुरीले पनि समस्या निम्त्याउँछ । विभिन्न दुर्घटनाजन्य कारणले हाम्रोजस्तो मुलुकमा स्पाइन इन्जुरीको समस्या विकराल छ । अहिलेको यो इन्धन संकटमा असुरक्षित यात्राका दुर्घटनाको जोखिम बढेको छ ।
दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ । यो सबै समस्या हुने सर्वसाधारणलाई नै हो । किनकि सम्पन्नहरु आफ्नै गाडीमा चढिहाल्छन् । उनीहरुको यात्रा जोखिमपूर्ण पनि हुँदैन । समस्यै भए पनि आर्थिक कठिनाइ व्यहोर्नु पर्दैन । स्पाइनसम्बन्धी रोगको उपचार आम सर्वसाधारणसम्म कसरी पु¥याउने, त्यो निकै चुनौतीपूर्ण हो । हामी स्पाइन सर्जन मिलेर यसलाई सुलभ र सस्तो बनाउनु जरुरी छ।
जीवनशैली
ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली पनि एक हो । आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ । बिहान हामी उठ्छौँ, मोटरसाइकल वा गाडी चढेर अफिस जान्छौँ । १० देखि १५ घन्टासम्म हामी बसेर नै काम गरिरहेका हुन्छौँ । यसका कारण ढाडमा निकै दबाब हुन्छ । ढाडको ‘पोस्चर’ नमिल्दा पछि गएर दुखाइ हुन्छ।
करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । मैले हेर्ने मुख्य बिरामीमा बैंकरहरु ज्यादा छन् । विहानदेखि बेलुकीसम्म उनीहरु एउटै पोजिसनमा काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ढाडसम्बन्धी साझा समस्याबाट पीडित छन् ।
अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो ।
कसरत आवश्यक
स्वस्थ जीवनशैली र पोषणयुक्त सन्तुलित खाना नै अहिलेको आवश्यकता हो । धूमपान र मदिरामा लाग्नु हुँदैन । चुरोटले मेरुदण्डमा नराम्रो असर गर्छ । अर्को समस्या आरामदायी जीवनशैली र दैनिकी पनि हो ।
सहरिया जागिरेहरुले शारीरिक अभ्यास गरेको पटक्कै देखिँदैन । हामी शरीरका लागि एक घन्टा त के, १० मिनेट पनि दिन चाहँदैनौँ । विकसित मुलुकमा डाक्टरदेखि नर्सले दिनको एक घन्टा जिम गर्छन् । दिउँसोको एक, दुई बजे पनि दौडिएका हुन्छन्।
फुर्सद भयो कि दौडिने संस्कार हुन्छ । उनीहरुमा ‘पहिले स्वास्थ्य अनि धन’ भन्ने मानसिकता छ । हामीकहाँ अर्कै पाटो छ । त्यसैले कम्तीमा पनि एक घन्टा शारीरिक परिश्रम गर्नु राम्रो हो।
स्पाइनका रोगहरुको उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या र कठिनाइ हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु र समस्या देखिनासाथ चिकित्सककहाँ पुग्नु उत्तम हो।
अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो । यी पक्षलाई ध्यान दिएमा ढाड वा कम्मरको दुखाइ निकै हदसम्म कम हुन्छ ।

मोटरसाइकल प्रयोगकर्ता
सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ । सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ । त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ । त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन।

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन् । मेरुदण्डको इन्फेक्सनले दुखाइ अनि साथमा ज्वरो पनि ल्याउँछ । सजग हुनुपर्ने अवस्था के हो भने स्पाइनल समस्या भएमा दुखाइ सहेर बस्नु हुँदैन । तुरुन्त चिकित्सक या विशेषज्ञलाई भेट्नुपर्छ।
स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन्।

मेरुदण्डका समस्यालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । सर्जिकल ब्याक पेन र ननसर्जिकल ब्याकपेन । ७० प्रतिशत समस्या ननसर्जिकल हो । हरेक बिरामीलाई सर्जरी चाहिँदैन । सर्जरी नै भनेपछि बिनाचिरफार गरिने उपचार विधि छन् । म आफैँ पनि निकै कम सर्जरीका केसहरु हेर्छु । जसले औषधी वा फिजियोथेरापी वा जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ । महिलामा ढाड दुख्ने समस्या अलि बढी नै देखिन्छ । निहुरेर बस्ने, भात पकाउने, कपडा धुने, भारी बोक्ने आदि कारणले समस्या देखिएको हो।

मेरुदण्डको विशेषज्ञ सेवा
स्पाइनको समस्या निदानका लागि स्पाइन विशेषज्ञकहाँ जानु राम्रो विकल्प हो । एउटै विषयमा केन्द्रित हुँदा दक्षता हुने भएकाले नै उनीहरु विशेषज्ञ सेवाका लागि दक्ष हुन्छन् । तर नेपालमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ छन् । स्पाइनको उपचार सर्वसाधारणमा लैजानु पनि जरुरी छ । गाउँमा बस्ने महिलालाई उपचार छैन । सरकारले कम्तीमा एउटा केन्द्र तोकिदिनुपर्छ, जहाँ सहुलियतमा मेरुदण्डको उपचार हो।
स्पाइन सर्जरीमा निकै जटिल हुन्छ । स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम हुन्छ । यसमा प्लारालाइसिसलगायत समस्या पर्छन् । नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ । तर अहिले अभ्यास भने अर्थो र न्युरो सर्जनले पनि सर्जरी गरिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय अध्ययनअनुसार, विशेषज्ञबाट यस्तो सेवा लिएमा जोखिमको सम्भावना शून्य दशमलव ५ प्रतिशत मात्रै छ । त्यसैले विशेषज्ञ र दक्ष स्पाइन सर्जनबाट उपचार पाएमा उपचारका क्रममा हुने जोखिम निकै कम हुन्छ।

जाडो मौसममा के खाने के नखाने ?

पौष महिना लागे संगै जाडो झन बढेको छ । हिमाली भेगमा हिमपात भएर जनजिवन कस्टकर भएको छ भने, तराईमा सित लहरले । सामान्य अवस्थामा मानिसहरुले जाडो मा लुगा बाख्ला लगाउने, धेरै लुगा लगाउने भन्ने गरेको पाईन्छ । तर, लुगा मात्र होईना खान पानमा पनि ध्यान दिन जरुरी छ । मानिसको बानी हुदैन तातो तातो खानेकुराहरु खाने । जाडो मौसम आउन साथ शरिरको तापक्रम बढाउनका लागि खाने खानेकुराले पनि कहिले काही स्वास्थ्यमा असर गर्न सक्दछ । त्यसकारणले जाडो मौसममा कस्तो खानेकुरा खाने भन्ने बुझन जरुरी हुन्छ ।

जाडो मौसमा धेरै भोक लाग्दछ । भोक धेरै लाग्यो भनेर दबाउनु हुदैन । समय समयमा मात्र पुराएर खानेकुराहरु खाईराख्नु पर्दछ । विशेषत सिजन अनुसारका फलफुलहरु खादा धेरै राम्रो हुन्छ । सुन्ताला, हलुवाबेद, सखरखण्डा, गाँजार, मुला, अङगुर आदि फलफुलहरु खादा स्वास्थ्य राम्रो हुन्छ । अझै जाडो मौसममा गाजर खाने हो भने स्वास्थ्यमा धेरै फाईदा हुन्छ । सिजनल फलफुलले शरीरमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ ।
नेपालीले खाने कुरामा धेरै ध्यान नदिएको पाइन्छ । जाडो मौसममा खाने कुरामा ध्यान नदिदा विभिन्न प्रकारणका रोगहरु लाग्न सक्दछन् । चिसो खानेकुरा खादा रुगा खोकी लाग्न सक्दछ । त्यसकारणले बासी खाना नखाने, फिर्ज गरेको खानेकुराहरु नखाने हो भने हामीहरुले जाडोमा रुघा खोकी, ज्वरो आउनबाट बच्न सकिन्छ ।

तातो पानी पिउने, तातो खाना खाने, हरियो, सगपात खाने, गेडागुडीको दाल खाने, फलफुल खाने, न्यानो भएर बस्ने, आगो ताप्नु पर्दछ ।

हाम्रो घरमा दम तथा मुटु रोगी सदस्य हुनुहुन्छ भने थप ध्यान दिनु पर्ने देखिन्छ । मुटुका रोगीलाई धेरै चिल्लो पर्दथ खुवाउनु हुदैन् । हुनत सामान्य स्वास्थ्य भएका मानिसहरुले पनि धेरै चिल्लो राखेको खानेकुरा नखाएको राम्रो हुन्छ । विशेषत मुटु र दमका रोगीलाई चिल्लो कम भएको खानेकुरा खुवाउने, धुलो, धुवा बाट टाढा राख्ने, न्यानो बनाएर राख्नु पर्दछ । बुढा बुढिमा चुरोट खैनी जस्ता सुर्ती जन्य पदार्थहरु सेवन गर्ने बानी बढीहुन्छ । दम तथा मुटु रोगीले धुर्मपान गर्नु हुदैन् ।

भिटामिन सी प्राप्त हुने खानेकुरा खादा धेरै फाईदा हुन्छ जाडो मौसममा । जस्तै : अमिलो फलफुल, कागती, सुन्ताला, अमिलो, ब्रोकाउली, अम्बा, बन्दा, गोपी, , कटहर, सलगम, माछा, दुध, बदम आदिमा पाइन्छ । भिटामिन सी को कमिले छाला सुख्खा हुने भएकाले जाडो मौसममा अझै बढि आवश्यक पर्ने हुन्छ ।

जाडो मौसममा हात खुट्टा फुटने, ओठ फुटने भएकाले नुहाएपछि शरिरमा बोडी लोसुन प्रयोग गर्ने, लिपगाड ओठमा प्रयोग गर्दा राम्रो हुन्छ । जाडो मौसममा चिसो हुन्छ भनेर मानिसहरुले पानि पिउदैन्न । त्यस्तो गर्नु गलत हो । जाडो मौसमा मन्तातो बनाएर पानी पर्याप्त मात्रमा पिउनु पर्दछ

बाल बच्च र बृद्धले जाडो मौसममा विशेष ध्यान दिनु पर्दछ । चिसो खाना नखाने, न्यानो भएर बस्नु पर्ने हुन्छ । झोलीलो पर्दाथ धेरै खाने, सुपहरु समय समयमा खानु पर्दछ । जुन पनि खाने कुरा देख्दा साथ धेरै खाने बानी हुन्छ त्यो गलत हो । समय समयमा खाने तर धेरै खानु हुदैन्जाडो मौसममा तुलसी पानी, अदुवा पानी, ब्यसार पानी खादा स्वास्थ्यमा राम्रो हुन्छ ।

आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले भोलि देखि एकिकृत कारोबार गर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक ३०…