कृष्णपुर २ मा “प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता”हुने

कञ्चनपुरः कृष्णपुर नगरपालिकामा “प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ । वडा नम्बर २ ले आयोजना गरेको फुटबल प्रतियोगिता यही मंसिर ३० गते बाट मछेली खेलमैदानमा सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७५ हजार,प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ४१ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार समेत रहेको छ । वडाका युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय राख्दै खेलाडीहरुको हौसला र प्रोत्साहनका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष अर्जुन साउँदले बताए ।

वडाध्यक्ष साउँदले निरन्तर खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए । प्रतियोगितामा कृष्णपुरका ९ वटै वडाको सहभागिता रहने छ । छिमेकी पालिकाका वडाले पनि सहभागिता रहने छ ।

अजयमेरु ६ मा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा(डिआर भट्ट): डडेल्धुराको अजयमेरु -६ राजुलमा बृहत साँस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल पुरुष भलिबल प्रतियोगिता सुरु भएकोछ । आज दिउसो १ बजे एक औपचारिक कार्यक्रमका बिच कार्यक्रम सुरु भएको हो । अजयमेरु गाँउपालिका द्धारा प्रायोजित तथा अजयमेरु ६ राजुल द्धारा आयोजित कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य सरस्वति खड्का, बिशिष्ठ अथितीमा अजयमेरु गाँउपालिकाका प्रमुख उमेश भट्ट (बिकास), अथितीमा पालिका उपाध्यक्ष, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतिमा अजयमेरु ६ का वडा अध्यक्ष हरि भण्डारि रहेका थिए ।

भलिबलमा प्रथम हुने टिमले रु ७७ हजार ७ सय ७७ नगद, द्धृतीय टिमले ५५ हजार ५ सय ५५ , तृतीय टिमले ३३ हजार ३ सय ३३ र सान्तोना हुने टिमले रु ५ हजार ५ सय ५छ पाउने छ । यो सँगै कार्यक्रममा हुडकेली नाँच, डेउडा लगायतका सास्कृतिक कार्यक्रमहरु रहनेछन् । कार्यक्रम २५ गते सम्म चल्ने छ ।
कार्यक्रममा बोल्दै सभापति भणडारिले भनेः हामी स्थानीय स्तरमा खेल मार्फत स्थानीय कला सँस्कृतीको जर्गेना गर्ने लक्ष्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यस कार्यक्रममा साथ सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छौ ।

कार्यक्रमका तस्बिरहरु-

No description available.

No description available.

No description available.

No description available.

दार्चुलामा जन्मिएकि निरुताको राष्ट्रिय खेल सम्मको यात्रा

डडेल्धुरा (डिआर भट्ट)-  सुदुरपश्चिमको दुर्गम जिल्ला भनेर चिनिने दाचुर्ला जिल्लालाई भलिबल मार्फत चिनाएकि छिन् दाचुर्लाकि चेली निरुता ठगुन्ना । उनी सानै देखि भलिबलमा रुची राख्ने, गाँउमा सबै मिली कागजको बल खेल्ने गरेको निरुता सुनाउछिन् । निरुताको विसं. २०५४ साल चैत्र ७ गते दार्चुलाको नौगाड जन्म भएको थियो । उने हालसम्म स्थानीय खेल हुदै राष्ट्रिय सम्मका भलिबल खेलहरु खेलीसकेकी छिन् ।

No description available.
सानै देखि खेलमा रुची भएकाले उनेको यो सपना पुरा गर्नका लागि उनको मेहनत र परिवारले निकै साथ दियो । निरुता भन्छिन ः मलाई यो स्थान सम्म पुगाउनुमा मेरा आमाबुबाको ठुलो भुमिका रहेकाछ ।
मैले निरनतर गरेको प्रयासले म आज यो स्थानसम्म आईपुगेकि हुँ । मैलै खेल लाइृ निरनतरता दिएकि छु ।
निरुता अहिले नेपाल शसस्त्र प्रहरि बलको टिम बाट गेमहरु खेल्दै आएकि छिन् , उनी सेट टिममा रहेको खेलहरु खेली रहेकी छिन् ।
निरुता भन्छिन् मलै मेरो गाँउ चिनाउनु छ म मेरो पहिचान मात्रै हैन जिल्लाको पहिचान बनाउनेछु । मैले मैले अझै धेरै मेहेनत गरेर राम्रो खेल देखाउनु छ , म माथि धेरैको विस्वास रहेको छ जुन विस्वास मैले तोडने छैन् ।

No description available.

राष्ट्रिय महिला भलिबल खेलाडि निरुता लाई नौगाड पालिकाले गर्र्यो नगद सहित सम्मानः
जन्मथलो नौगाड गाँउपालिकाले उनलाइृ २० गते एक औपचारि कार्यक्रम गरि नगद १ लाख सहित सम्मान गरेकोछ । पालिकाको पहिचान बनाएको र पालिकाको गहना भएकाले उनलाइ नगद राशि सहित सम्मान गरेका थियो , जसले गर्दा आफुमा थप हौसला र आट थपिएको निरुताले बताई । साथै पालिका परिबवार लाई धन्यबाद समेत दिएकि छिन् ।

May be an image of 5 people and text

 

बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने

डडेल्धुरा(डिआर भट्ट)- बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएकोछ । ब्राईट स्टार स्र्पोटस क्लब शिवनाथ ०२ शमार्लीको आयोजना प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले रु २१ हजार १ सय ११ र उप विजेयता टिमले नगद ११ हजार १ सय ११ रुपैया सहित मेडल ट्फि र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्लेयर अफ द सिरिज, उतकृष्ट ब्याटर,उतकृष्ट बलर लाई प्रमाणपत्र सहित सम्मान गरिनेछ ।
खेल कार्तिक २३ देखि २५ गतेसम्म खुल्पुरी खेलमैदान शर्मालीमा संञ्चालन हुनेछ । टिम दत्र्ता शुलक रु २ हजार ५ सय रहेको संयोजक पदमराज कलौनीले बताएका छन् ।

यूएईलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौँ: त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी सुरुवात गरेको हो।

मुलपानी क्रिकेट मैदानमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे भन दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक९एक विकेट लिए।

सन्दीप भन्छन्ः एसियाड खेल्न मानसिक रुपमा तयार छैन

काठमाडौंः   क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।
‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

जिल्ला हक्कि संघको अध्यक्षमा भट्ट चयन

डडेल्धुरा(दिपकराज भट्ट): डडेल्धुरा जिल्ला हक्कि संघको अध्यक्षमा सिद्धराज भट्ट चयन भएका छन् । उनी सँगै समितीको उपाध्यक्षमा तिलक बहादुर साउद, उपाध्यक्षमा सुदिप जैरु , सचिबमा करन पन्त, सह सचिवमा अम्रता धामी, बोषध्यक्षमा मोहनी कालाखाती र सदस्यमा रोजन गुरुङ्ग , सरस्वती पन्त,यशोदा पन्त चयन भएका छन् । डडेल्धुरामा हक्कि खेलको विस्तार र प्रर्बद्धनका लागि आफु सदैब तयार रहने अध्यक्ष भट्टको भनाई रहेकोछ ।

No description available.

सृजनसिल समैजी मैत्रीपुर्ण कपको उपाधि आयोजक लाई

डडेल्धुरा (दिपकराज भट्ट) : डडेल्धुरामा सृजनसिल मैत्रीकपको उपाधि आयोजकले हात पारेकोछ । डडेल्धुराको अमरगढी ४ सुनेडामा…

सृजनशील समैजी युवा क्लबको आयोजना ४५ हजार रासिको खुल्ला भलिबल प्रतियोगिता हुने

डडेल्धुराः डडेल्धुरामा खुल्ला भलिवल प्रतियोगिता हुने भएकोछ । डडेल्धुराको सृजनशील समैजी युवा क्लबको आयोजनामा खुल्ला भलिबल…

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं, १८ असार । नेपाल एसीसी अण्डर–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले…