पशुपंक्षी तथा बाली बिमा समबन्धि सचेतना दिदै भागेश्वर गाउँपालिका

डडेल्धुरा(दिपकराज भट्ट)-  डडेल्धुराको भागेश्वर गाउँपालिकाले पशुपंक्षी तथा बाली बिमा सम्बन्धि सचेतना दिदै आएकोछ । पशु शाखा भागेश्वरको आयोजनामा पालिकाका पाचै वडामा सचेतना दिन लागेको पशु शाखा प्रमुख मोहन शार्किले बताउनुभयो । कार्यक्रममा आज पालिकाको वडा नंम्बर ४ बाट कार्यक्रमको सुरुवात गरिएको र पाचै वडामा कार्यक्रम गरिने शार्किले बताएका हुन् ।पछिल्लो  समयमा आम किसानहरु लाई बिमा सँग जोडनुका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पशुपंषी तथा बाली बिमाका सम्बन्धमा अन्र्तकिृया गरिएको हो ।
कार्यक्रममा बिमा अभिकर्ताहरुले बिमाका सम्बन्धमा प्रशिक्षण दिएका हुन् । पछिल्लो समयमा  पशुपंक्षी  तथा बालीको बीमा गर्ने किसानहरुको  बढने क्रममा  क्रमममा रहेको शिखर ईन्सुरेन्स डडेल्धुराका प्रमुख टेक बिष्टले बताएका छन् ।
बीमाले किसानहरुको नोक्सानी भएमा राहत हुने भएकाले सबै किसानले बीमा गर्नुपर्नेमा बिष्टले जोड दिएका छन् ।
भागेश्वर गाउँपालिका फलफुल तथा बाख्रा पालनमा अगाडि रहेकोछ ।

No description available.

No description available.

No description available.

युवा पयालन रोक्नु सकारले आवश्यक रणनिती बनाउनु जरुरि छः रविन्द्र बहादुर धामी

यस खबरदारी न्युजको कार्यक्रम स्थानीय सरकारमा हामीले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका बैतडीका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामी सँग गरेको यो कुराकानी सुनौ —
स्थानीय सरकारले यहाँको सेवालाई कसरि प्रवाह गरिरहेकोछ ?
स्थानीय सरकारलेप्रवाह गरिरहेको सेवा प्रवाह लाई तीन तहमा बाडेर सेवा प्रभाव गरिरहेका छौ । एउटा विकासात्मक सेवा प्रवाह, दास्रो नियमकारि अनुगमन मुल्याङकन र सेवा प्रवाह गरेर हामीले पालिका बाट सेवा प्रवाह गरिरहेका छौ ।
सेवा प्रहावहको हकमा हामीले वडा स्तरबाट दिने प्रयास गरेका छौ । यो सँगै हामीले सुचनाको प्रवाह लाई पनि प्रभावकारि बनाउने गरेका छौ ।

युवा पलायन रोक्नु पालिकाले के कस्ता प्रयास गरेकाछ ?
यो हाम्रो स्थानीय तहको समस्या मात्र नभएर यो देशकै मुख्य समस्याको रुपममा रहेकोछ । यसमा कुनै दुई मत छैन् । यसमा हामीले नै सोच्नु पर्दछ । यसमा प्रशासन र राजनितीक संयन्त्र लागेपछि यस समस्यामा कमी ल्याउनु सकिन्छ । हाम्रा अवसरहरु थुप्रै छन् अवसरहरु भएता पनि तीनै तहका सरकारले नयाँ प्रविधिको विकास गरेर यसलाई अगाडि बढाउनु जरुरि रहेकोछ । हामीले जागिरको रुपमा सरकारी जागिरलाइृ बढावता दिएका यस लाई भन्दा पनि हामीले औद्यौगिक क्रान्त्रि गर्नु सक्ने मात्र हो भने विदेशीने युवाहरु लाई स्वदेशमै रोक्नु सकिन्छ ।
बिशेष गरेर पालिकामा के कस्ता योजनाहरु माग आउने गरेका छन् ?
योजना माग पनि पछिल्लो समयमा समस्याको बिषय रहेको जस्तो लाग्छ । समाजका लागि भन्दा पनि व्यक्तिवादि योजनाहरु बढी माग हुने गरेका छन् र पनि हामीले सामाजिक योजनाहरु लाई प्राथमिकतामा राखेर कार्यान्व्यन गरेका छौ ।
दोगडाकेदार गाउँपालिका बैतडीमा सात वटा वडा रहेको छन् । पछिल्लो समयमा पालिकाले सड्क विस्तार, शिक्षा र स्वास्थ्यमा जोड दिएको देख्नु सकिन्छ ।

यो कुराकानी पनि सुनौ-

बिषादी परिक्षण गरिएको नमुना बजारका पसलहरुको, किसानको बारिबाट भएन परिक्षणः के हो वास्तविकता

डडेल्धुराः बिषादीका कारण एक गाउँका ७ जनामा क्यासर भने समाचार आएपछि कृषि ज्ञान केन्द्र डडेल्धुराले विषादी परिक्षण गराएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको अनुरोधमा विषादी अवशेष द्रत विश्रलेषण प्रयोगशाला ईकाई अत्तरिया कैलाली प्रमुख बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाको नेतृत्वमा एक टिम बिहीबार डडेल्धुरा पुग्यो ।

यहाँको अमरगढी नगरपालिका वडा नम्बर ५ मा पर्ने बागबजारका ७ व्यपारीको पसलबाट नमुना संकलन गरेर बिहीबार अत्तरिया पुगे । परिक्षण गर्ने प्राविधिकको अभावले बिहीबार राती र शुक्रबार, शनिबार गरेर करिब ६० घण्टा फ्रिजमा राखेको ईकाई प्रमुख बाली संरक्षण अधिकृत ठगुन्नाले बताए । फ्रिजमा राखेमा तरकारीमा भएको टिकाणुहरु मरेर जान्छ । त्यसैले सुन्नु भा हो मासु समेत केही दिन फ्रिजमा राखेर खानुहोस भनेर चिकित्सकहरुले सुझाव दिइरहेका हुन छन्।

बजारको तरकारीमा पनि दुई वटा किटनाशक बिषादी कार्वमेट, अर्गानोफस्फट परिक्षण गरिएको हो त्यो भन्दा बढी बिषादी परिक्षण गर्ने उपकरण यहाँ उपलब्ध नै छैन ।

साङकेतिक तस्विर
साङकेतिक तस्विर

प्राप्त नतिजामा फुल्गोबीमा कार्वमेट २ं.१२५, अर्गानोफस्फट २.८२४५, केरामा कार्वमेट ५.५९६८, अर्गानोफस्फट ५.०७३८ र टमाटरमा कार्वमेट ९.५५६६, अर्गानोफस्फट १६.४२२ रोकावट प्रतिशत देखाएको छ । यी सबै बजारमा बिक्रिका लागि राखेको नमुनाको परिक्षण गरेको हो । उपभोग्य योग्य रहेको विषादी अवशेष द्रत विश्रलेषण प्रयोगशाला ईकाई अत्तरियाले जनाएको छ । वटा किटनाशक बिषादी ५ वटा हुने गरेको प्रयोगशाला ईकाई अत्तरियाले जनाएको छ ।
कृषकको खेतबाटै नमुना संकलन गरेर परिक्षण नगर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले प्राविधिक कर्मचारी खटाउनु पर्ने कार्यालय प्रमुख तथा बाली संरक्षण अधिकृत ठगुन्नाले बताए । उनले भने, ‘हामीले बजारको तरकारी परिक्षण गरेका छौ अब कृषकको खेतकै गर्नु पर्ने भए ज्ञान केन्द्रले पत्र पठाउनु पर्छ अनी प्राविधीक पनि खटाउनु पर्छ गर्ने सकिन्छ ।’
बिषादी प्रयोग गर्ने नमिल्ने त हैन तर कस्तो खालको प्रयोग गरेको छ कसरी गरेको छ भनेमा भर पर्ने एक महिना विदेशमा अध्ययन गरेर नेपाल आएका अधिकृत ठगुन्नाले बताए । उनले भने, किटनाशक बिषादी ५ हुन्छन हाम्रोमा दुई मात्र हो परिक्षण हुने ।

बजार अनुगमनमा भेटीएको नष्ट गरेको हो ।

SITENAME
स्थानीय बजारमा संकलित टमाटर, फुल्गोपी, केरामा भएको विषादी परिक्षण गर्दा विषादी नभेटीएको ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले दाबी गरे ।

‘तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा मात्रै उपभोग गर्न नमिल्ने हुन्छ,’ पनेरुले भने, ‘तर डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको कुनै पनि तरकारीमा त्यति विषादी भेटिएको छैन । सामान्य विषादी प्रयोग भए पनि त्यसलाई विषादी भन्न नमिल्ने उनको दाबी छ ।
नामको ज्ञान केन्द्रसंग ज्ञान दिने कुनै विशेषज्ञा कर्मचारी त छैनन् । तर बिषादी नियन्त्रणका लागि ज्ञान केन्द्रले कृषक पाठशालाशाला सञ्चालन भएको समयमा जानकारी दिने गरेको कार्यालयले जनाएको छ ।
नमुना संकलन गर्ने समेत प्राविधकी जनशक्ति नभएको ज्ञान केन्द्रले कृषकको खेतमा तरकारी भएको समय परिक्षण गर्ने प्रयोगशाला ईकाई अत्तरियालाई अनुरोध गरिने उनले बताए ।

उनले घराईसी मल तथा जैविक विषादी बनाउने विधी धेरै अगुवा कृषकलाई ज्ञान भएकाले यसलाई बढाउन तथा अनिवार्य जैविक विधि प्रयोग गर्न अनुरोध गरे ।

ज्ञान केन्द्रले गरेको पत्रकार सम्मेलनः

डडेल्धुरा फिन्नेकोटको तरकारीमा बिषादी कती छ ? Are toxins the main cause of cancer? (youtube.com)

स्वास्थ्य खबरपत्रिका बाट प्रकासित गरिएको समाचार 

‘तरकारीको विषादी’ले एकै गाउँका सात जना किसानमा क्यान्सर, एक जनाको मृत्यु – खबरदारी न्युज (khabardarinews.com)

 

बिषादीको रंगका आधारमा वर्गिकरण- 

विषादि विषादितोको आधारमा -५ 

  1. अनुपातिक  सुरक्षित (U)
  • खतराको चिन्ह – हरियो
  • LD 500 भन्दा माथि
  1. सामान्य खतरानाक (III)
  • खतराको चिन्ह – पहेलो
  • LD 101-500 भन्दा सम्म
  1. मध्यम खतरानाक (II)
  • खतराकोचिन्ह – निलो
  • LD 51-100 भन्दा सम्म
  1. अति खतरानाक (IB)
  • खतराको चिन्ह – रातो
  • LD 11-50 भन्दा सम्म
  1. अत्यन्त खतरानाक (IA)

रासायनिक विषादीको वातावरणमा असरहरु

  • अलक्षति लाभदायक जीवहरु (माछा, भ्यागुता, छेपारा, चरा, शिकारी तथा परजीवी कीरा, सुक्ष्म जीवहरु आदि) मा प्रतिकूल प्रभाव
  •  घरपालुवा एवं जंगली जनावरमा प्रतिकूल प्रभाव
  •  माटो, जल र वायु प्रदुषण तथा प्रतिकूलन
  •  जैविक विविधतामा ह्रास
  • रोग कीराहरुको पुनरुत्थान (pest outbreak)
  • शत्रुजीवहरुमा रुपान्तरण (pest resurgence)
  •  खाना तथा वातावरणमा विषादीको अवशेष (Pesticide residue and persistence)
  • मौसम परिवर्तन, उष्णीकरण तथा ओजोन झिल्लि पातलो हुने (Climate change, global warming and ozone layer depletion)

जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन
बाली बिरुवाहरुमा लाग्ने विनासकारी प्राणीहरुमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झारहरु तथा रोग लगाउने सुक्ष्म जीवाणुहरु जस्तैः ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन् । यी प्राणीहरुलाई नाश गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थहरुलाई प्राणी नासक विषादी भन्ने गरिन्छ । बाली बिरुवालाई हानी नोक्सानी पुर्यांउने विनाशकारी प्राणीहरुलाई यथोचित व्यवस्थापन गर्नको लागि विषादीहरु तयार गरिएका हुन् । तर तिनीहरुको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशुहरु, वन्यजन्तुहरु र लाभकारी कीराहरुलाई समेत हानी पुर्यांउनुको साथै वातावरणलाई समेत नोक्सान गर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा विषादी विष हो, औषधि होइन भन्ने तथ्यलाई मनन गर्नुपर्छ । प्राणीनाशक विषादी विष भएकोले तिनीहरुलाई अत्यन्त सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

१. सामान्य सिद्धान्त
क) अनावश्यक रुपमा विषादी प्रयोग नगर्ने ।
ख) सम्भावित खतराबाट सधै सावधान रहने ।
ग) विषादीको चिन्ह (लेबल) र अन्य पर्चाहरु राम्रोसँग पढ्ने ।
घ) विषादीलाई केटाकेटीले नभेटने ठाउँमा राख्ने ।

२. विनासकारी प्राणीनाशक विषादी उपयोग गर्नु अगाडि
क) सकेसम्म सामान्यरुपले खतरनाक र सुरक्षित (प्रति किलोग्राम २००० मिलीग्राम भन्दा माथि एल.डी. ५० भएको) विषादीको प्रयोग गर्नुपर्छ ।
ख) प्राविधिकको सल्लाह लिएर मात्र विषादी किन्नुपर्छ ।
ग) विषादीलाई सुरक्षित ठाँउमा तालाबन्दी गरी राख्नुपर्छ ।
घ) विषादीलाई खाद्य पदार्थदेखि टाढा राख्नुपर्छ ।
ङ) स्प्रेयर र डष्टर राम्रो अवस्थामा हुनुपर्छ ।
च) उपकरणलाई काम गर्नु अगाडि र काम सकिएपछि जाँच गर्नुपर्छ।

३. मिश्रण बनाउदा र छर्दा

क) विषादीको प्रयोग गर्नुभन्दा पहिले डब्बामा दिएको निर्देशन र सावधानीलाई राम्ररी पालना गर्नुपर्छ ।
ख) विषादीले छालामा विष लाग्ने वा पोल्ने भएकोले सुरक्षात्मक पहिरन लगाउनु पर्छ, जस्तैः पूरा बाहुलाको कमीज, लामो पतलुङ्ग वा पाइन्ट, मोजा, जुत्ता वा वूट, चौडा किनारा भएको टोपी, हातमा रासायनिक पदार्थले असर नगर्ने रवरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।
ग) विषादी प्रयोग गर्दा सहि मात्रामा मिश्रण गरि सहि तरिकाले छर्नुपर्छ ।
घ) विषादी अन्य ठाँउमा नफैलियोस भन्नका लागि विषादीको प्याकेटलाई सावधानी पूर्वक खोल्नुपर्छ ।
ङ) हावाको गति कम भएको बेलामा छर्ने गर्नुपर्दछ, हावाको विपरित दिशातर्फ कदापि छर्नु हुँदैन ।
च) गर्मी ठाउँमा मध्य दिनमा कहिल्यै विषादी छर्नु हुँदैन । छ) विषादी छर्दै अगाडि बढ्नु हुँदैन, पछाडि सर्नुपर्छ ।
ज) विषादी छर्दा नोजल बन्द भएमा मुखले फुक्नु हुँदैन ।
झ) विषादीको प्रयोग गर्दागर्दै कुनै चिज खानु हुँदैन, जस्तैः चुरोट पिउनु वा धुम्रपान गर्नु ।

४. विषादी प्रयोग पछाडि
क) विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नुपर्छ ।
ख) हातमुख साबुन पानीले राम्ररी धुनुपर्छ ।
ग) प्रयोग गरिएको भाडा कम्तिमा तीनपटक साबुन पानीले सफा गर्नुपर्छ ।
घ) प्रयोग गरेको उपकरण जस्तैः स्प्रेयरलाई राम्ररी सफा गरेर राख्नुपर्छ ।

५. विष लागेका लक्षणहरु र प्राथमिक उपचारः
ओर्गानोफस्फेट र कार्वमेट यौगिकहरु जस्तै मेटासिड, मेटासिस्टक्स, नुभान आदिले कोलिनेष्टेर रोक्दछन्, जसले गर्दा स्नायु प्रणालीमा विकार उत्पन्न हुन जान्छ । टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाकी हुने र त्यसपछि जाडो भई पसिना आउने, झाडा लाग्ने र वान्ता हुने लक्षणहरु देखापर्दछन् । मांसपेशीहरु थर्कनु, भिषण कम्पन हुनु र अचेत हुने अवस्थाहरु समेत हुन सक्छ ।

प्राथमिक उपचारः
क) रोगीलाई आधा झुकेको रुपमा टाउको तल पर्ने गरी राख्नुपर्दछ ।
ख) वान्ता गराउने व्यवस्था गर्नुपर्छ ।
ग) राम्ररी हावा आउने व्यवस्था मिलाउनुपर्दछ ।
घ) छिटो अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।
ङ) एट्रोफिन सल्फेटको २ मिली ग्राम इन्ट्राभेनस सुई दिनुपर्छ ।

रासायनिक विषादी न्यूनिकरण गर्ने उपायहरु

  • विषादी खानेकुरा, हावा र पानीबाट हाम्रो सम्पर्कमा आउने भएकोले खानेकुराबाट आउने विषादीलाई त्यसको मात्रा कम गर्न देहायका उपायहरु अपनाउनु पर्दछ ।
  • पानीले धुने: तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०% कम हुने, ब्याकटेरिया र फोहोर समेत जाने गर्दछ । २५% खाने नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर २ कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८०%घट्दछ ।
  • बाहिरी पातहरु फाल्ने र बोक्रा ताछ्नेः बन्दा, लेटुस जस्ता तरकारीको बाहिरी पातहरु हटाई राम्ररी धुँदा वा संभव भएका तरकारी र फलपूmलका बोक्रा ताछ्दा त्यसमा रहेको सम्पर्क विषादीहरुको मात्रा ४५–९९% कम हुने, ब्याक्टेरिया र फोहोर समेत पखालिएर जान्छ ।
  • धेरै परिकारहरु खानेः धेरै प्रकारका तरकारी, फलफूल र खानेकुरा खानाले ती खानेकुरामा विषादीको अवशेष औषतमा कम हुन आउँछ ।
  • सुख्खा बनाउनेः ब्रसले सफागरी धोएपछि फलफूल र सलादको रुपमा काँचै खाने तरकारीलाई कुनै सफा कपडा वा कागजको टावलले सुख्खा हुने गरी पुछेर खानुहोस् जस्ले गर्दा व्याक्टेरियाको प्रकोप कम हुन्छ ।
  • पकाएर खानेः बोक्रा ताछ्ने र पकाउँदा अर्गानोफस्फेट विषादीहरुको मात्रा २०–२५% कम हुने गर्दछ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८०–९०% कम हुने गर्दछ । तरकारीलाई सुख्खा हुने गरी वा बफाएर पकाउँदा विषादीको अवशेष कम भएको पाइएको छ ।
  • फ्रिजमा राख्नेः तरकारी र फलफूललाई फ्रिजमा १० डि.से.मा ३–४ दिन राख्दा विषादीहरुको मात्रा २४–९४% कम हुने गर्दछ ।
  • निर्मलीकरणः दुध वा खानेकुरालाई निश्चित तापक्रममा निर्मलीकरणको लागि तताउँदा र चिसोमा राख्दा धेरैजसो विषादीको अवशेष कम हुने र व्याक्टेरियाको प्रकोप कम हुने गर्दछ ।
  • प्रशोधन गर्नेः दानादार खाद्यन्नको बोक्रा मीलबाट फाल्दा विषादीको अवशेष १७–२८%कम हुने गर्दछ भने पीठो बनाउँदा ६०% कम हुने गर्दछ ।
  • जुस बनाउँदाः स्याउको जुस निकाल्दा बोक्रा फालिने र रसलाई फिल्टर गरिने कारणले फेनिट्रोथियन विषादी ९०% कम हुने गर्दछ ।
  •  चिया कफि बनाउँदाः चिया वा कफिको बिरुवामा छरेको विषादी प्रशोधन गर्दा सुख्खा हुने, घुम्ने र विभिन्न चरण पार भै कपमा बनेर आउँदासम्म विषादीको समुह अनुसार ४५-६४% कम हुने गर्दछ । त्यस्तै कफी प्रशोधन भै विभिन्न चरण पार गरी कपमा बनेर आउँदासम्म डाइक्लोरभस विषादी ८२–८८% कम हुने गर्दछ । ट) अमिल्याउनेः फलफूलको रक्सी बनाउँदा अर्गानोफस्फेट विषादीको अवशेष ८३% कम हुने गर्दछ भने बन्दाको किम्ची बनाउँदा ८६% कम हुने गर्दछ।
  • शुक्ष्म जीवाणुको प्रकोप कम गर्नेः धेरै प्रकारका तरकारी र फलफुल माटोमा लगाउने र माटो, पानी, मलको सम्पर्कबाट साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती शुक्ष्म जीवाणुको प्रवेश हुन सक्ने भएकोले तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनु पर्दछ ।

स्मार्ट गाउँ रुपाल भित्र लुकेको सायल (यात्रा सहित)

डडेल्धुरा(दिपकराज भट्ट)-डडेल्धुरामा सात पालिका रहेका छन् । डडेल्धुरा धार्मिक तथा पर्यटकिय क्षेत्रहरुमा पनि धनि रहेकोछ । यहाँका मुख्य पर्यटकिय क्षेत्रहरुमा भागेश्वर मन्दिर, अजयमेरुकोट,उग्रतारा मन्दिर, घटालथान, गन्याप शिखर, आलिताल रहेका छन् । तर प्रचुर सम्भावना भए पनि प्रचारप्रसारको अभावले कर्यौ पर्यटकिय गनत्व्यहरु भने पर्यटकको रोजाई सम्म पुग्न सकेका छैनन् ।

यस्तै……
डडेल्धुराको भागेश्वर गाउँपालिकामा रहेको एक गनत्व्य हो सायल झर्ना ।
हामीले सायल पुगनकै लागि भने एक दिन अगाडि योजना बनायौ । हामी सायलको यात्राका लागि डडेल्धुरा जिल्ला सदरमुकाम बाट ४५ मिनेटको मोटर गाडिको यात्रा गरेर सायलको बाटो तर्फ लाग्यौ । बगकोट बाट रुपाल रोड भएर जाने सायलमा हामीले बगरकोट बाट २ घण्टाको यात्रामा रुपाल सदरमुकाममा पुग्यौ । रुपाल बाट १५ किलोमिटर पश्चिम दक्षिणमा रहेको सायल पुग्न भने हामीलाई १ घण्टा लाग्यो । १ घण्टाको त्यो कच्चि बाटो जहाँ कठिनाई साथ हामी सायल पुग्यौ ।

सायल जाने बाटोमा हामीले देख्ने त्यी भारतका चिल्ला सडकहरुले हाम्रो मन नै उदासिनता भएको थियो तर सायल झर्ना पुग्ना हाम्रो मन झर्ना तिर नै लोभियो ।
सालय झर्ना करिब पाचँ स मिटर जति भरिएकोछ । रुपाल नौतडि हुदैँ बिस्तडि भएर बग्ने खोल सायल पुगेर झर्नाको रुपमा परिणत भएकोछ । यहाँका स्थानीयहरुले झर्नाकै खोला बाट भरपुर मात्रामा सिचाई गरेका छन् तर यहाँ जिविका चलाउने धान र गहँ बाहेक अरु उत्पादन तर्फ भने किनास नै अनविज्ञ रहेका छन् ।

सालयको पानि सायल, लिउड मा सिचाईको स्रोत्रका रुपमा प्रयोग गरिएकोछ । सायल खोलामा बग्ने सुरिलो स्वरले जो कोहिको मन लोभ्याउछ । शान्त अनि एकान्त ठाउँमा रहेको सायल झर्ना घुमन्तेहरु(पर्यटकका) लागि निकै राम्रो ठाउँ रहेकोछ ।

पुर्वाधरमा कमी
यात्राकै क्रममा सायल जाँदा भारत तर्फ पक्कि दुई लेन चिल्लो सडक देखिन्छ भने नेपाल तर्फ खाल्डाखुलडी भएको कच्ची सडक छ त्यो पनि नत महाकाली सम्म छ न त सायल तर्फ नै ।
सायल , लिउड गाँउहरुमा पानी भरपुर रहेता पनि सिचाइृ पुर्ण प्रयोजन धान र गहुँ बालीका लागि मात्र छ । यहाँ तरकारि पकेट क्षेत्र बनाएर कार्यान्व्य गर्ने हो भने यो तरकारि तथा फलफुलको हबका लागि प्रख्यात हुने थियो कि ?
कसरि प्रचार्रसार गर्ने होला त सायलकोः
हो हामी प्रचारप्रसारकै लागि बर्षको एक पटक सायल पुग्ने गरेका छौ खबरदारी न्युजको बार्षिक कार्यक्रम डडेल्धुरा चिनाऔ अभियान अन्र्तगत आज हामी सायल पुगेका हौ । खुशीको हाल सायल झर्ना अवलोकन गर्नेहरुको संख्या मासिक १० देखि १५ जना रहेको स्थानीय रमेश जोशीले बताए ।
हामीले सायलको प्रचारप्रसार गर्न सक्यौ भने सयौ पर्यटकहरु सायलमा भित्र्याउनु सक्छौ यति मात्र हैन सडक बाटोको पहँच पुगाउन सकेका छिमेकि मुलुक भारत बाट पनि भारतीय पर्यटकहरु भित्रिने सम्भावना उच्च रहेकोछ ।

डडेल्धुराको सायल झरना कसरी पुग्ने ? – खबरदारी न्युज (khabardarinews.com)

आहा सायल झर्ना (फोटोफिचर) – खबरदारी न्युज (khabardarinews.com)

आहा ! लुकेकाे सायल झर्ना , कस्तो छ त सायल – खबरदारी न्युज (khabardarinews.com)

हेरौं तस्विरमा सायल झर्नाः

 

 

 

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं । आज विश्व माटो दिवस मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर ५ का दिन यो दिवस मनाइन्छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

स्वस्थ माटोको महत्त्वमा ध्यान केन्द्रित गर्न र माटो स्रोतहरूको दिगो व्यवस्थापनको लागि वकालत गर्ने माध्यमको रूपमा हरेक वर्ष विश्व माटो दिवस मनाइन्छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ‘विश्व माटो दिवस २०२३’ को अवसरमा मंसिर १६ गतेदेखि विभिन्न कार्यक्रम गरिरहेको छ ।

दशौँ माटो दिवसको अवसरमा विभिन्न जिल्लाबाट ३ हजार ४७५ वटा माटोको नमुना सङ्कलन गरिएको छ। तीमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ किसानलाई सम्मान गरिनेछ ।

सिकाइ केन्द्र बन्दै डडेल्धुराका व्यवसायिक कृषि फर्महरु

गणेश बहादुर मगर- व्यवसायिक रुपमा खेतीपाती गरी आम्दानी बढाउने उद्देश्यले खोलिएको डडेल्धुराका केही व्यवसायिक कृषि फर्महरू पछिल्लो दिन सिकाइ केन्द्रको रुपमा विकास हुन थालेका छन् ।
कुनै बेला डडेल्धुराको आलिताल क्षेत्रमा उत्पादन भएको मुलाको बिउ बंगलादेश सम्म निर्यात भएको समाचारले कृषिकर्ममा लागेका हरू लाई निकै उत्साहित मात्र बनाएन बिस्तारै तरकारी उत्पादनमा लाग्न उत्प्रेरणा पनि दिएको थियो र त्यो समय पछि डडेल्धुरामा कृषि त्यो माथि पनि तरकारी खेती गर्नेहरू बढेका हुन भन्दा फरक नपर्ला ।
कृषि गणना २०६८ अनुसार डडेल्धुरामा कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २४७९७ रहेको तथ्यांकले देखाउदछ भने कृषि गणना २०७८ अनुसार कृषि तथा पशुपालन गर्ने परिवारको संख्या २६९९४ रहेको छ । तुलनात्मक रुपमा हेर्दा १० वर्षको अन्तरालमा कृषि तथा पशुपालन गर्नेहरूको परिवारको संख्या २१९७ ले बढेको देखिन्छ तर कृषि तथा पशुपालनमा लागेका परिवार मध्ये २४।२४ प्रतिशत लाई मात्र आफ्नो उत्पादनले वर्ष भरी खान पुग्ने तथ्यांकले अधिकांश किसानहरू तरकारी खेती तर्फ आकर्षित भएको अनुमान लगाउन सकिन्छ ।
आर्थिक वर्ष ०७८।७९ मा डडेल्धुरामा मात्र १०९० हेक्टरमा आलुखेती गरि २० हजार नौ सय २८ मेट्रिक टन उत्पादन भएको तथ्यांक कृषि ज्ञान केन्द्र, डडेल्धुरा सँग रहेको छ भने पछिल्लो आर्थिक वर्ष ११७० हेक्टरमा आलुखेती गरिएकोले उत्पादन गत आर्थिक वर्षको तुलनामा राम्रो हुने अपेक्षा गरिएको छ ।
बाँझो जमिनको उपयोग र स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ भन्ने सोचका साथ २०७५ सालमा डडेल्धुराको गन्यापधुरा गाउपालिका वडा नं। १ लकतडामा करिव १०० रोपनी बाँझो जमिन भाडामा लिई भागेश्वर कृषि तथा पशुपालन फर्मको सुरु भएको हो ।
शिक्षित बेरोजगारहरू बढी रहेको र अधिकांश युवाहरू कामको खोजीमा विदेशिन लागेको देखेर स्वदेशमै केही गर्न सकिन्छ भनेर स्नातक सम्म अध्ययन गरेको युवा प्रसाद दत्त अवस्थीले भारत बाट आयात हुने तरकारी लाई रोक्नु पर्छ भन्दै अर्गानिक तरकारी खेती सुरु गरेका हुन ।
डडेल्धुरा सदरमुकाम नजिकै रहेको भातकाँडा बजार बाट करिव ७ किलो मिटरको दूरीमा रहेको उनको फर्ममा नियमित रुपमा १५ जना र सिजनल रुपमा ४० देखी ५० जनाले रोजगारी पाइरहेको देख्न सकिन्छ ।
कृषि फर्ममा गत वर्ष १३ जना विद्यार्थीहरूले ६ महिना प्रयोगात्मक तालिम लिएका थिए भने यो वर्ष १९ जना विद्यार्थीहरू फर्ममा सिकिरहेका छन् ।
यस वर्षका १९ जना वाली विज्ञानका विद्यार्थीहरू मध्ये बझाङ जिल्लाको देवेश्वरी माध्यमिक विद्यालयका ४ जना विद्यार्थीहरू ६ महिने ओजेटी सकेर भर्खर मात्र विद्यालय गए भने डोटी जिल्लाको के।आई।सिँह गाउँपालिकाको झिमे मालिका माध्यमिक विद्यालयका १५ जना विद्यार्थीहरू फर्ममा व्यवसायिक कृषि सिकिरहेका छन् ।
फर्ममा सिक्न आउने विद्यार्थीहरू लाई फर्मको तर्फ बाट गाँस वासको सुविधा निशुल्क उपलब्ध गराइन्छ । बिहान बेलुकी नै कृषि कर्ममा रमाउन पाउने हुँदा सिक्दा सिक्दै समय बितेको पत्तै नहुने बताउँदै फर्ममा कृषि सिक्दै गरेकी डोटी के।आई। सिँह गाउँपालिकाकी वाली विज्ञान कि छात्रा दिपा विकले बताइन ।

विद्यार्थीहरू मात्र होइन गत वर्ष मात्र डडेल्धुरा भन्दा बाहिरी जिल्लाका ७ वटा समुहले फर्मको अवलोकन भ्रमण गरेको तथा डडेल्धुराका थुप्रै समुह तथा व्यक्तिहरू ले आफ्नो फर्म भ्रमण गरेको फर्म सञ्चालक अवस्थी बताउँछन ।

कसरी हुन्छ मलको जोहो ?
भागेश्वर कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको तरकारीहरू सुदूरपश्चिमका प्राय स् सबै जिल्लाहरूमा पुग्ने गर्दछ । व्यवसायिक कृषिमा लाग्नु भन्दा पहिलेनै आफ्नो फर्ममा अर्गानिक तरकारी उत्पादन गर्ने संकल्प गरेका फर्म संञ्चालक प्रसाद दत्त अवस्थीको मलको जोहो पनि चाख लाग्दो छ ।
गड्यौला मल ः फर्मको एक कुनामा गड्यौला मल उत्पादन प्लान्ट निर्माण गरिएको छ ।गड्यौला मल जैविक तरिकाले उत्पादन गरिने मल हो , जुन केही विशेष प्रकारका गड्यौला हरू प्रयोग गरि उत्पादन गर्ने गरिन्छ । फर्ममा रहेको ८ वटा च्याम्बर बाट प्रत्येक ६ महिनामा १६ क्विन्टल गड्यौला मल उत्पादन हुने गर्दछ जुन मल लाई फर्मले अर्गानिक तरकारी उत्पादनको लागी प्रयोग गर्ने गर्दछ । फर्मले प्रतिकिलो ८०० रुपैयाँका दरले गड्यौला पनि बेच्ने गर्दछ र यो वर्ष मात्र १५० किलो बिक्री गरेको फर्मको तथ्यांक ले बताउदछ ।

कुखुराको मल:

फर्मको प्रवेशद्वारमै स्थानीय तथा विकासे जातका कुखुराको खोर रहेको छ । त्यो कुखुराको खोरमा जम्मा भएका मल फर्मको लागी मलको अर्को मुख्य श्रोत हो । एक लटमा ५०० वटा विकासे कुखुरा तथा १०० वटा स्थानीय कुखुरा हालिन्छ । कुखुरा बिक्री बाट कुखुरा हुर्काउन लागेको लागत मात्र फर्किए पनि त्यस वाट उत्पादन हुने मल लाई नाफाको रुपमा लिएर अर्गानिक तरकारी खेतीको लागी प्रयोग गर्ने गरिन्छ ।
माछापोखरी ः फर्मको सबै भन्दा तल्लो छेउमा ३ वटा स साना माछा पोखरी निर्माण गरिएका छन जहाँ ५००० माछाका भुराहरू छाडिएका छन् । माछापोखरीमा हुर्केका माछा बेचेर मात्र फर्मले केवल आर्थिक रुपमा मात्र फाइदा लिदैनन् माछाको भुराहरू लाई दिइएको चारो हरू पोखरीको पिँधमा थिग्रिने र पछि माछा हटाउँदा उक्त चारो थिग्रिएको माटो लाई पनि मलको रुपमा प्रयोग गर्न सकिने फर्म सञ्चालक प्रसाद दत्त अवस्थीले बताए । वर्षमा ३ वटा माछा पोखरी बाट ४० कट्ठाका दरले १२० कट्ठा मल निकाल्ने गरेको फर्म सञ्चालक ले बताए ।

गाई भैसी र बाख्रा को गोठ:

फर्मको छेउमा रहेको गाईभैंसी गोठ रहेको छ भने छेउकै सानो कटेरोमा बाख्राहरू पालिएका छन । गाईभैँसीको दूध फर्ममा नै प्रयोग गर्ने गरिन्छ भने खसीबोका हरू बाहिरि बजारमा बिक्री गरिन्छ । खसिबोका र गाई भैँसी हरू संख्यात्मक रुपमा धेरै त छैनन् तर फर्मको लागी प्रशस्त मल दिइरहेको छ ।
यसरी विभिन्न प्रकारका जैविक मल हरुको व्यवस्था आफैँले आफ्नो फार्ममा गर्दा बाहिरबाट रासायनिक मलको प्रयोग गर्न नपरेको फार्मका संचालक बचाउँदछन् । यसले गर्दा माटोको गुणस्तर बढ्नुका साथै खेतीबारीमा तरकारी तथा अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि भएको छ । जलवायु परिवर्तनबाट निम्तिने विभिन्न समस्यामा रहेको प्रमुख कारण मध्ये रोगकीरा नियन्त्रण गर्नका लागि पनि यस्ता जैविक मलले धेरै सहयोग गर्दछन् । त्यसकारण उत्पादनमा वृद्धि ल्याई आम्दानीमा पनि सहयोग गर्न सक्ने हिसाबले जैविक मलको प्रयोग गर्न अति आवश्यक छ ।

सफलता भन्दा पनि सन्तुष्टि मिलेको छ:
फर्म सञ्चालक को लागी फर्म सञ्चालन त्यति सहज देखिदैन पछिल्लो समयको जलवायुजन्य असरहरू जस्तै खडेरी तथा अ कल्पनीय वर्षाले खेतीपातीमा असर पारिरहेको देख्न सकिन्छ । २०७५ मा सुरु भएको कृषि तथा पशुपालन फर्म राम्रो संग फस्टाईरहेको बेला अचानक २०७८ साल असोजको अन्तिम देखी कार्तिक पहिलो हप्ता भएको अ कल्पनीय वर्षाले फर्ममा रहेको भैसी गोठ, बाख्रा गोठ, कुखुरा खोर, हाते ट्रयाक्टर हरु र बिक्रीका लागी तरकारीहरू बगाए पनि आत्मविश्वास टुटेको छैन प्रसाद दत्त अवस्थीको ।
२०७८ मा नोक्सान भएको फर्मको क्षतिपुर्तिका लागी फर्ममा भएको क्षतिको विवरण सहित प्रहरी मुचुल्का स्थानीय सरकार, प्रदेश सरकार का साथै केन्द्र सरकार सम्म पुगेको र क्षतिपुर्तिको आश्वासन दिएको भन्दै क्षतिपुर्ति पाउनेमा आशावादी फर्म सञ्चालक अवस्थी अव चाही आफू फर्म मा रहेको तरकारी तथा पशुपक्षीहरूको बिमा गरि सुरक्षित हुने तर्फ सोचिरहेको बताउँछन ।
विपद पश्चात सरकारले गर्नुपर्ने राहत तथा पुनर्स्थापनका लागी गर्ने काम तथा बैँकहरूको अनियमित ब्याजदर प्रति गुनासो रहेको बताउने प्रसाद दत्त अवस्थी जेनतेन आफ्नो फर्म लाई बिउँताइ रहेकाछन् । विभिन्न विद्यालयमा वाली विज्ञानको सैद्धान्तिक अध्ययन पश्चात प्रयोगात्मक अभ्यासका लागी विभिन्न कार्यालयमा विद्यार्थी जाने भए पनि विद्यार्थीहरूले आशातित रुपमा प्रयोगात्मक अभ्यास गर्न नपाईरहेको आफ्नो कृषि फर्म मा त्यो सुविधा उपलब्ध गराइरहेको बताउँछन् ।

डडेल्धुराका अरु कृषि फर्मको अवस्था के छ:
डडेल्धुराका विभिन्न स्थानीय तहहरूमा पछिल्लो समय विशेष गरेर युवाहरू व्यवसायिक कृषि फर्म दर्ता गरेर कृषिमा लागिरहेको देख्न सकिन्छ । गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल गाउँपालिका लगायत जिल्लाका ७ वटै पालिकामा व्यवसायिक कृषि फर्म हरू सञ्चालन मात्र भएका छैनन् ति व्यवसायिक फर्महरु सिकाइ केन्द्रको रुपमा विकास भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताउनु भयो ।

 

लम्पी रोगका कारण किसानको लाखौको क्षति,प्राङगारिक मलको अभाव देखिने

रोग नियन्त्रणका लागि सकदो प्रयास गरिरहेका छौ , यसमा किसानहरु नै सचेत हुनू जरुरि छ भेटेरिनरी…

डडेल्धुराका प्रसाद अवस्थि जसले डेढ करोड लगानी संञ्चालन गरे कृषि तथा पशुपंक्षि र्फम

            डडेल्धुरालाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मानिर्भर बनाउने अभियानमा लागेको छु ः अवस्थि
डडेल्धुरा ( दिपकराज भट्ट) – डडेल्धुरा जिल्ला तकारि र फलफुल उत्पादनमा प्रख्यात जिल्ला हो । सुदुर पहाडका सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लामा थुर्पै सम्भामवनाहरु रहेका छन् ।

No description available.

डडेल्धुराका प्रसाद तरकारि उत्पादकको रुपमा चिनिदै आएका छन् । उनले आफ्नै करिब १ करोड पचास लाख लगानीमा फर्म संञ्चालनमा ल्याएका छन् । उनले गन्यापधुरा गाँउपालिका १ लकतडामा फर्म संञ्चालन गरेको झण्डै ५ बर्ष भयो । उनी दिनहुजसो आफुबस्ने घर बाट ७ किलोमिटर टाढा रहेको र्फममा आफु र उनी जिवन संगनी सँगै जाने गर्छन् ।

No description available.

उनले ८० रोपनी जमिन लकटडामा लिजमा लिएका छन् भने बल्तडी, घोलना र करकरल्लेमा गरि जम्मा २२० रोपनीमा तरकारि र पशुजन्य उत्पादन गर्दै आएका छन् ।
उनको फर्ममा जाने वित्तिकै जो कोहि लाई पनि एउटा विकसित देशका फर्ममा गएको जस्तो अनुभव हुन्छ । फर्ममा उनले तरकारि ( काक्रा,टमाटर, भिण्डी, काउली, बन्दा, सिम्ला, खुसार्नी, आलु, प्याज , टमाटर ) लगाउने गरेका छन् भने पशुजन्य उत्पादनमा कुखुरा फर्म, माछा पालन , गड्यौला मल संञ्चालनमा ल्याएका छन् ।

उनले स्वदेशमै स्वरोजगारि सिर्जना गर्ने लक्ष्यका साथ फर्म सुरु गरेको अवस्थि बताउछन् । फर्ममा बार्षिक रुपमा ९ जनाले रोजगारि पाएका छन् । उनले फर्म संञ्चालनमा ल्याएर रोजगारी मात्र सिर्जना गरेनन् बरु अरु गाँउले लाई पनि व्यवसायिक तरकारि गर्न प्रेरित गरेका छन् ।

 फर्ममा २१ ओटा पलास्टिक टनेल, ३ ओटा माछा पोखरी, एक कुखुरा फर्म, १ भैसि खोर रहेकोछ । गत बर्ष मात्र फर्मले ३२ क्विन्टल रायो उत्पादन, १२ टन आलु, १० टन मुला र १५ टन अन्य तरकारि (खुर्सानी, सिमला, टमाटर आदी) उतपादन गरेको थियो ।
कसरि आयो प्रसादलाई व्यवसायिक कृषि गर्ने सोच —
डडेल्धुरामा सानो तकारि बिकिृ गर्ने पसल स्थापना गठरेका प्सादले गाँउ गाँउ बाट तरकारि संकलन गरि सुदुर पहाडका सात जिल्ला र तराईका दुई जिल्ला कैलाली , कंञ्चनपुरमा बिकिृ गर्ने गरथ्र्ये । उउनले किसानहरु संग आफ्नो रराम्रो सम्बन्ध बनाएका थिए । २०६० साल तिर उनी भागेश्वर ४ डंगरिमा टमारटर खरिद गर्नका लागि त्यहा पुगे उनले किसान बाट त्यो टमाटर प्रति केजी २ रुपैयाका दरले खरिद गरि प्रति केजी ३ रुपैयामा बिकिृ गरेका थिए । उनले यो किसानको पिडालाई देखर अब आफ,्लै फर्म खोलने निधो गरेर फर्मालाई साना साना संरचना निमार्ण गरि संञ्चालनमा ल्याए । उनी बागबजारको व्यापार छाडेर गाँउ (भातकाडा) मा आए । यसरि उनले सानो सानो लगानी गर्दै अहिले डेढ करोड रुपैया फर्ममा लगानी गरिसकेका छन् । उनलाई पछिल्ला केहि बर्ष यता सरकारि संस्थाहरुको सहयोग मिल्दै आएकोछ जसले गर्दा उनको मनोबल बढदै गएकको छ ।
साथीको रुपमा श्र्रीमती लाई पाए –
उनलाई यो फर्म संञ्चालन गर्नका लागि उनकि श्र्रीमतीले ठुलै सहयोग गरिन , सुरुमा आफै र्फममा काम गर्ने ढुवानी गर्ने गरथ्र्ये ।

No description available.

फर्ममा १० जनाले पाए बार्षिक रोजगारि –

अहिले र्फम संञ्चालनमा आएपछि स्थानीय १० जनाले बार्षिक रोजगारि पाएका छन् भने ५० भन्दा बढिले सिजनमा दैनिक ज्यालादारि पाउने गरेका छन् । यसरि गाँउमै रोजगारी पाउदा आफुले बिदेश जानु नपरेको स्थानीय खगेन्द्र नाथले बताए । फर्म संञ्लन हुँदा स्थानीयहरु खुशी भएका छन् ।

कृषि गर्ने लाई प्रेरणाका स्रोत्र –
पछिल्लो समयमा जंगली जनावरहरुको आतंकले गर्दा , भौतिक संरचनामा कमी हुनाले कृषि पेसा गर्नेहरु को स.ख्या घटदो क्रममा रहेका बेला प्रसाद प्रेरणाका स्रोत्र बनेका छन् । उनले फर्म संञ्चालनमा ल्याएको लकतडाका स्थानीयहरु ले पहिला खेतमा धान र गहुँ मात्र लगाउने गथ्र्ये भने अहिले उनै प्रसादको सिको(सिकाई) गरेर आलु र अन्य तरकारि लगाउने गरेका छन् जसबाट स्थानीयहरुले बार्षिक रुपमा १ लाख सम्मको तरकारि बेच्ने गर्छन् ।

विद्यार्थीका लागि सिकाई केन्द्र –
अहिले फर्ममा बार्षिक रुपमा सिकाई (ओजेटि) गर्नेको संख्या २५ देखि ३० जना रहेका छन् । फर्ममा कृषि तथा भेटेरिनरि पढिरहेकाहरुले तालिम लिने गरेका छन् । आफु बझाङ बाट यस र्फममा ६ महिने तालिमका लागि आएको यँहाको सिकाई उपलब्धि निकै राम्रो रहेको विद्यार्थी शुसिला बोहराले बताईन् ।

No description available.

किसानहरु लाई अवस्थिको सन्देश –
र्फम संञ्चालनमा ल्याए प्रसाद अवस्थि आम डडेल्धुराका किसानहरु लाइृ भन्छन हामीले गर्दै आएको परम्परागत खेतीलाई आधुनिकिकरण तर्फ लैजाने हो भने डडेल्धुरा जिल्ला लाई तरकारि तथा पशुजन्य उत्पादनमा आत्मा निर्भर बनाउनु सकिनछ । हरेक किसानहरुले बाझो रहेको जमिनलाई खेतीमय बनाउनु जरुरि छ । मेरो यहि अनुरोध सबैमा छ ।

बिदेशिने युवालाई अनुरोध –
अवस्थि भन्छन हामीले विदेश जाने बेला जति लगानी लाग्छ त्यो लगानी लाई स्वादेशमै लगाउने हो भने बिदेशको भन्दाच राम्रो कमाई हुन्छ । विदेशमा पोख्ने पसिना स्वदैश मै पोखौ आफुलाई स्वारोजगार बनाऔ ।
अविस्थि जिल्लाका उतकृष्ट किसान घोषण मात्र भएनन् उनले प्रदेश उतकृष्ट किसानको सुचीमा समेत यहि कर्मले आफ्नो नाम निकाल्न सफल भए उने जिल्ला उतकृष्ट किसान भएर नगद रु २५ हजार सहित सम्मान पाए भने प्रदेश उतकृष्ट ५ भित्र परेर नगद ७५ हजार नगद सहित समान पाएका छन् ।

अवस्थिले व्यवसायीक खेती गर्ने किसानहरुका लागि स्थानीय सरकार र सम्बन्धित निकायले हौसला बढाउने खालका योजनाहरु ल्याउनु पनेृ , किसानहर लाई विऊ पूजीँको रुपमा लगानी गर्नु समेत आग्रह गरे ।

No description available.

प्रदेश उत्कृष्ट किसानमा डडेल्धुराका प्रसाद र प्रिन्स नगद ७५ हजार सहित सम्मानित – खबरदारी न्युज (khabardarinews.com)

जंगली जनावरको हैरानी खेप्दै डडेल्धुराका कृषक, लगाउनै छोडे खेतीपाती

डडेल्धुरा –  डडेल्धुरामा पछिल्ला केहि बर्ष यता जंगली जनावरले किसानलाई सताउदै आउका छन् । डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारी र फलफुलका लागि प्रख्यात गाँउपालिकाको रुपमा चिनिएको थियो । जंगली जनावर (बदेल, बादर, दुम्सी ) ले सताउनु लागे पछि आफुले खेतीपाती गर्ने जमिन घटाएको दुखेसो गर्छन भागेश्वर ४ का किसान असोक राज भट्ट । डडेल्धुराको भागेश्वर लगायतका सातै पालिकाका किसान अहिले जंगली जनावरको हैरानी खेप्दै आएका छन् । पछिल्लो समयमा

आयात बढिरहेको समयमा स्थानीय सरकारले जंगली जनवार नियन्त्रणमा ध्यान नदिदा खेती गर्ने किसानको संख्या घटदै गएको पाइृनछ । वारिमा राती वदेल दुमसीले सताउछ भने दिनमा बादरले हैरान पार्ने गरेको भट्ट गुनासो गर्छन् । जंगली जनावर नियन्त्रणमा स्थानीय सरकारले चासो दिनुपर्ने किसानहरुको माग छ ।

कृषि ज्ञान केन्द्र डडेल्धुराको प्रांगारिक मिसन तरकारी खेती संञ्चालनमा

डडेल्धुरा – कृषि ज्ञान केन्द्र डडेल्धुराको प्रांगारिक मिसन तरकारी खेती संञ्चालन भएकोछ । रसायनिक मल र…