भागेश्वर मेलामा प्रशासनको कडाई मध्यराती जुवाडेहरुको भागाभाग

सयौ जुवाडे परे प्रहरिको लाढि चार्जमाः दर्जनौ जुवाडे घाईते

डडेल्धुराः डेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ गते जाँत सम्पन्न भएको थियो । जाँतलाई मध्यनजर गरेर भागेश्वर गाउँपालिका जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लाई शान्ति सुरक्षाका लागि अपिल गरेको थियो । प्रमुख जिल्ला अधिकारि सहितको टोली मेला स्थलको स्तलगत अनुगमन गरि राती ७ बजे (१० गते) फिर्ता भएको थियो ।
पछिल्लो समयमा मेलाहरुमा जुवातास खुलेआम हुने गरेका गुनासाहरु आईरहदा यस्ता गतिविधीमा भने जिल्ला प्रहरी कार्यालयले चासो देखाएको छ ।
भागेश्वर जाँतमा सयौंको संख्यामा रहेको जुवा खालमा १० गते राती प्रहरीले टोली खटन गर्र्यो । करिब तीन सय जतिको संख्यामा रहेका विभिन्न जुवाखालमा प्रहरीको घुम्ती टोलीले राती २ बजेतिर टोली जुवाखालमा पुगेको थियो । बिशेष सुचनाको आधारमा प्रहरीले सुचना पाएपछि टोली जुवा खालतिर गएको थियो । प्रहरीले एककसी राती लठ्ठी चार्ज गरेको थियो । लठ्ठी चार्जमा दर्जनो जुवाडहरु घाईते भएका ।

यो कार्य प्रति स्थानीयले प्रसंशा गरेका छन् ।

 

चुल्ल गाँउमा अबको केहि दिनमै विजुली बल्छः अध्यक्ष चटौत

डडेल्धुराः केहि बर्ष अगाडि भागेश्वर गाँउपालिकाले उज्यालो भागेश्वर कार्यक्म लागु भएको थियो । जसमा अध्यारा बस्तीहरु लाई उज्यालो बनाउने अभियान रहेको थियो । सोहि अभियान अन्र्तगत चुलल गाँउ पनि समावेस भएको थियो । बेला बेलाको लफडाका कारणले चुल्ल गाँउमा अझै पनि वजिुली पुग्न सकेको छैन् । नयाँ जनप्रतिनिधिहरु आए पछि यसलाई प्राथमिकताको साथ हेरिएको थियो । तिहार लगतै वजिुली बल्ने प्रतिवद्धता भएपनि पछिल्लो समयमा समान अभावले गर्दा काममा केहि ढिलाई हुने पालिका अध्यक्ष हेमराज चटौतले जानकारि दिएका छन् । उनले भने अबको केहि दिनमै चुल्ल, बनचुल्लमा विजुली बल्ने छ ।

गाउँपालिकाको केन्द्र बगरकोट बाट नजिकै रहेका उक्त गाउँहरुमा एक डेढ घण्टा हिडेर पुग्नु सकिन्छ। यी क्षेत्रमा विजुली नहँदा यँहाका नागरिकहरु सञ्चार सेवा तथा पढाइमा बाधा पुगिरहेको स्थानिय विद्यार्थी सरिता भट्टले बताइन्।

तस्विरः उज्यालो भोगश्वर बहस र प्रतिवद्धता कार्यक्रम भदौ २ गते २०८०
                                                 तस्विरः उज्यालो भोगश्वर बहस र प्रतिवद्धता कार्यक्रम भदौ २ गते २०८०

पूर्व प्रधानमन्त्री देउवाले मटेलामा पूरानै शैलीमा नयाँ घर बनाउँदैः २२ बर्षपछि घर निमार्ण हुँदै

डडेल्धुराः डडेल्धुरा जन्म घर भएका शेरबहादुर देउवाले आफ्नो घर पुरानै शेलीमा २२ बर्षपछि निमार्ण गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भत्किएको जन्मघर भएको स्थानमा नयाँ घर बनाउन लागेका छन् । उनले पूरानै शैलीमा घर निर्माण गराउन लागेको देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले जानकारी दिए ।

तस्विरः  सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा सासंद सरस्वती खड्का लगायत वडा अध्यक्षहरुको टोली शेरबहादुर देउवाको जन्म घरमा
तस्विरः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा सासंद सरस्वती खड्का लगायत वडा अध्यक्षहरुको टोली शेरबहादुर देउवाको जन्म घरमा

पूर्व प्रधानमन्त्री परिवार स्वयम्को लगानी रहने उक्त घर चार कोठाको दुई तले बन्ने देउवाले बताए । डडेल्धुराको गन्यापधुरा गाउपालिका–१ रुवाखोला क्षेत्रको मटेला गाउँको एक घरमा देउवाको जन्म २००३ जेठ ३१ गते भएको थियो । देउवाको जन्मघर अहिले भत्किएको अवस्थामा छ।

२०५८ वैशाख ४ गते देउवाका दाजुभाइलाई तत्कालीन विद्रोही माओवादीले घरबाट निकालेका थिए । भने, ८ गते घरमा आगजनी गरेका थिए । त्यसयता सामान्य मर्मत नगर्दा घरको भग्नावशेष मात्र बाँकी छ ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुः कहाँ कहाँ हुदैछ त कार्यक्रमहरु

बैतडीः नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट९चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए।अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुःएमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरुः

अभियानका क्रममा बास बस्ने ठाउँहरूः
मंसिर–१४ गते गोठालापानी
मंसिर–१५ अमरगढी
मंसिर–१६ सिलगढी
मंसिर–१७ मंगलसेन
मंसिर–१८ दैलेख
मंसिर–१९ सुर्खेत
मंसिर–२० रुकुमकोट
मंसिर–२१ गलकोट
मंसिर–२२ पोखरा
मंसिर–२३ गोरखा
मंसिर–२४ बगरकोट
मंसिर–२५ धुलिखेल
मंसिर–२६ मन्थली
मंसिर–२७ दिक्तेल
मंसिर–२८ भोजपुर
मंसिर–२९ बसन्तपुर
मंसिर–३० संक्रान्तिबजार
पुस–१ फिदिम
पुस–२ चिवाभञ्ज्याङ

सभा,भेला र भेटघाट
गोठालापानी
अमरगढी
सिलगढी
मंगलसेन
दैलेख
सुर्खेत
रिम्ना
वामीटक्सार
कुस्मा
सन्दरबजार
बट्टार
मण्डन कुन्तावेंसी
चरिकोट
हर्कपुर
भोजपुर
बसन्तपुर
फिदिम
च्याङ्थापु

यो पनि पढनुहोस ः

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरु – खबरदारी न्युज (khabardarinews.com)

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने – खबरदारी न्युज (khabardarinews.com)

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरु

बैतडीः नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए।अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्।

गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए। त्यसै अनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ। त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो।

गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित मत नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो र त्यही मिसन ग्रासरुटकै समीक्षाका आधारमा एक वर्षे कार्यक्रम तय गरेको हो।

पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ।

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने – खबरदारी न्युज (khabardarinews.com)

‘जाँतहरुको पनि जाँत खोले जाँत’ १३ गते हुने

डडेल्धुराः स्थानीय भाषामा ‘खोले जाँत’ नामले परिचित जगन्नाथ मेला यहि मिति मंसिर १२ गते रतेडी र १३ गते जाँत(दिसेडी) हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिएका छन् ।

अजयमेरु गाउँपालिकाको वडा नम्बर ३ र ४ चिपूरमा पर्ने जगन्नाथ खोलामा यो मेला लाग्ने गर्दछ । गुनपाल ,चौडी,चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’आएर मेला हुने गर्दछ।

पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्ने भक्तजनहरुको बिहानै देखि भिड लाग्ने गर्दछ । ‘खोले जाँत’को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछ्न।

साथै संरक्षणका साथ तोकिएका चार किल्लाहरु पुर्वमा राउत कट्टे,पश्चिममा चिपुर न्वाउलो(हाटपाट न्वाउलो),उत्तरमा माहर गडो,र दक्षिणमा खिरे चौतारा (मणिलेक) भित्र कसैले गैर कानुनी काम गरेको वा गराइएको पाइएमा देहाय बमोजिमको जरिवाना तिर्नुपर्ने जगन्नाथ युवा क्लबका अध्यक्ष तारा दत्त भट्ट ले जानकारी दिए।
)रक्सी बेच्ने काम गरेमा रु१०,०००,
२)रक्सी सेवन गरेको पाइएमा रु५,०००
३)जुवा तास खेलाएमा रु १०,०००
४)गाडीमा रोडमै सामान बेच्नेलाइ रु २,००० र गाडी मोटरसाइकल पार्किङ स्थल भन्दा अगाडि लेएमा समेत जरिवाना गरिने अध्यक्ष भट्ट ले बताए ।

प्रसिद्ध उग्रतारा मन्दिरमा देहीजाँत सम्पन्न (फोटो कथा)

डडेल्धुरा(जनक महरा)- सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्ला सदरमु्काममा रहेको उग्रतारा मेला आज सम्पन्न भएको छ । डडेल्धुरा सदरमुकाम बाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्ग सँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सम्पन्न भएको हो ।

करिब २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।

 

प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो syf_
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो _Deepak Deepu 
.प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो syf_
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो  Deepak Deepu 

No description available.

No description available.No description available.

प्रसिद्ध उग्रतारा मन्दिरमा 'देहीजाँत सम्पन्न -फोटो
प्रसिद्ध उग्रतारा मन्दिरमा ‘देहीजाँत सम्पन्न -फोटो Deepak Deepu 

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने

डडेल्धुराः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउने भएका छन्। मंसिर १५ गते डडेल्धुरा आउन लागेको एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले जानकारी दिएका छन्।

जैरुका अनुसार ओली डडेल्धुरा आउने भएपछि मंसिर १५ गते बिहान १० बजे जिल्ला सदरमुकाम बसपार्कमा सन्देश सभा कार्यक्रम राखिएको छ। बसपार्कमा हुने उक्त कार्यक्रममा उनले सम्बोधन गर्ने छन्।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुँदैछ। यात्राको शुभारम्भ ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।

भागेश्वर मन्दिर (धुरा) मा समाजसेवी विनय प्रकाश मल्लको सहयोगमा निशुल्क चियापान

डडेल्धुराः डेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ गते जाँत सम्पन्न भएकोछ ।
जाँतमा डडेलधुरा लगायत सुरपश्चिमका नौ वटै जिल्ला र छिमेकि मुलुक भारत बाट समेत दर्शर्थीहरु आएको पुजारि तिलक चटौतले जानकारि दिएका छन् । जाँतमा समाजसेवी विनय प्रकाश मल्लको सहयोग तथा डडेल्धुरा युवा मञ्च भागेश्वर र जय बाबा घटाल क्लवको सहकार्यमा निशुल्क चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोज दिपक राज भट्टले बताएका छन् । मेलामा आएका दर्शनार्थीहरु टिमले निशुल्क चियापान गराएको यस्तै सुरक्षाकर्मि, भजनकृतन मण्डलका सदस्यहरु लाई समेत निशुल्क चियापान गराईएको भट्टको भनाईछ । करिब १ हजार कप निशुल्क वितरण गरेको आयोजकले जनाएकोछ ।

No description available.

भागेश्वर मन्दिर (धुरा) जाँत सम्पन्न

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरामा मंसिर ११ (आज) जाँत सम्पन्न भएकोछ । मेलामा डडेलधुरा लगायत सुरपश्चिमका नौ वटै जिल्ला र छिमेकि मुलुक भारत बाट समेत दर्शर्थीहरु आएको पुजारि तिलक चटौतले जानकारि दिएका छन् । जाँतको राती (रतेडी) मा भक्तजनहरुले गित, भजन गाउने नाच्ने गरेका थिए ।

भागेश्वर मन्दिर भगवान शिवका ‘फुटलिङ्ग’

डडेल्धुराः भागेश्वर शिवजीका ‘फुटलिङ्ग’ मानिन्छन् । यी समुद्री सतहदेखि २००२ मिटर अग्लो शिखरमा छन् । यस धुराको पश्चिममा रुपालगाउँ, पश्चिम उत्तरमा वगरकोट गाउँ पूर्वमा गाङखेतगाउँ क्षेत्र र दक्षिणमा शीर्षगाउँ रहेको छन् । २२ गाउँबाट धुपपोखल पुजासामग्री, उत्पादित खाद्यबस्तु ल्याएर भागेश्वरको पूजाआजा गर्ने चलन रहेको छ । No description available.

 

२२ गाउँको ढुङ्गा, पाथर, काठ, नगद जिन्सी र मिस्त्री सहितका बस्तु ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किबदन्ती छ । पहिलो भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भएपनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जान्छ ।
भागेश्वरसँग पासो, कैलपाल, कनवेताल हुन्छन् । पासो देवता भागेश्वरको प्रमुख द्वारपाल हो । भागेश्वरमा चार पटक (श्रावणपुर्णीमा, कार्तिक शुल्क बैकुण्ठचर्तुदशी, माघ शुल्कपुर्णिमा, बैशाख शुल्कपुर्णिमा) पुजाआजा गर्ने प्रचलन भएपनि अहिले आएर दुई पटक पूजिन्छन् ।

No description available.

 

‘श्रावण शुक्लपूर्णामा तथा रक्षावन्धनका दिन दिउँसो पूजिन्छन र कार्तिक शुक्लवैकुण्ठचर्तुदशीका दिन राती पूजिन्छन् ।’ पुजारी हेमराज चटौतले भने, ‘यहाँ दर्शन गर्नाले सबै मनोकामना पुरा हुने गर्दछन् ।’
यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणबाट पूजापाठ रुद्री लगाउँने गरिन्छ भने जोशी ब्राह्मणबाट सबै कुराको व्यवस्थापन गर्ने गरिन्छ । चिपुर मणको विष्ट भागेश्वरको द्वार ९ढोका० मा ‘नाङ्गो खुकुरी’ लिएर उभिने चलन हो । भागेश्वरको पूजामा आएको धुप, पोखल रुपालको मडै (क्षेत्रीजाति)बाट जम्मा गर्ने व्यवस्थापन गर्ने गरिन्छ ।
गर्भवती भएकी श्रीमतीमा स्वास्थ्यमा समस्या आएपछि राजा नाग मल्ल भागेश्वरको शरणमा आएर ‘फुटलिङ्ग’मा छातामा छत बनाएर मन्दिर बनाउन बनाएका थिए । तर त्यो सबै चोरिएको छन् । ‘शिवको साक्षात्त फुटलिङ्ग यही भएको हुदाँ आउने दर्शन गर्न आउने सबैलाई मनोकामना पुरा हुन्छ ।’ रुपाल नौतडीका परमानन्द जोशीले भन्नु भयो, ‘यहाँ धेरै पुर्वाधारहरु बनाउँन बाँकी छ । त्यसका लागि राज्य लगानी गर्नुपर्छ ।

No description available.

 

महाभारतको उच्च शिखर स्थानमा भागेश्वर देवता आएर निवास गरि रहेको कुरा ‘ग्वान्नी’ क्षेत्रमा पर्ने ‘किरोड’ गाउँमा बस्ने एक्जना ‘त्रिवड’ भन्ने ‘लोहार’ जातीको घरमा रहेकी एउटा ‘कैलु’ गाइले पनि थाहा पाएकी थिइन् । गाई रहेक दिन शिलामा दुध दिने गर्दथ्यो । तर गाईमालिकले दुध गोठालो दुध चोरकेको आरोप लगाउने गर्दथे । एक कैलु गाईलाई गोठालोले शिवको फुटलिङ्गमा प्रत्यक्ष रुपमा दुध दिएको देखेरपछि आफुसँगा भएको हसियाले गोठालोले फुटलिङ्गमा हालेर रगतको खोला बनाएको थियो ।

भागेश्वर रुपाल नौतडीका गुणाकर जोशी र कमलाकर भाट बिहान अत्यकर्म गर्न नजिकको खोलामा गएपछि खोलाको पानी सुर्य अर्घ गर्दा रगत देखेपछि त्यहीलाई पछ्याउँदै गर्दा ‘फुटलिङ्ग’ रुपमा अहिले अवस्थीत स्थानमै पाएको ईतिहास छ । तेही कारण गुणाकर जोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । त्यो पुस्ताका सन्तानकाहरूको अनुपस्थिति (जुठोसुत्केरो) भएको खण्डमा टाँटरगाउँका जोशी र निरोला भण्डारी (जो पहिलो जोशी नै थिए) ब्राह्मणले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । पूजा शुद्ध पवित्र वस्तु गाईको दूध गङ्गाको जल पहेलो रङ्ग मात्र चाहिने भएको र रातो रंग भागेश्वरलाई नचढ्ने भएका कारण श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ ।

No description available.

भागेश्वरको पक्षशाला २२ खाम छन् । भागेश्वरको उत्पति नभएको समयमा पाण्डवहरू वनबासको लागि भागेश्वरको धुराहुँदै जाँदा त्यस धुरामा पानी देखिएन् । त्यसपछि त्यस धुरामा अर्जुनले खड्क प्रहार गरेर पानी निकालेका हुन् । यो पानी निकालेको भनिने जललाई काँसीको जल भन्ने चलन छ । गँगोत्रीको जल मानेर यसै जलले भागेश्वरको पूजा गर्ने गरिन्छ । यस जलको न्वालालाई खड्के न्वालो भन्दछन्

भागेश्वर मन्दिरकै नामबाट भागेश्वर गाउँपालिकाको पनि नामाकंरण गरिएको हो । धार्मिक रुपमा पैदल यात्रा गरेर जाने हो भने डडेल्धुरा सदरमुकाम देखि बगरकोटसम्म सवारी साधानमा पुगिन्छ भने तेहाबाट करिब ६ घण्टाको पैदल यात्रामा चुल्ल हुदै भागेश्वर धुरा पुगिन्छ । तेहाँ जाने ब्यक्तिलेहरु आफैसँगै राती बस्नका लागि टेन्ट, त्रिपाल आदीको ब्यावस्था गरेर जानु पर्नेहुन्छ । अर्को बाटो भनेको डडेल्धुरा–बगरकोट–सिराड–बिरखमसम्म गाडी र त्यहाँबाट २ घण्टाको पैदल यात्रामा भागेश्वर मन्दिर पुग्न सकिन्छ ।

हेरौं फोटोहरुः

No description available.

 

No description available.

No description available.