२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

कृषिको यान्त्रिकीकरणमा जोड

एउटा क्षेत्रमा एउटा बाली मात्र उत्पादन गरी त्यसलाई व्यवसायीकरण गर्नुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री ओलीले कृषि बीमाको क्षेत्रलाई बढाउन पनि निर्देशन दिनुभयो । माटोको गुणस्तर विद्युतीय नक्साङ्कनमार्फत मापन भयो भने त्यसले किसानलाई फाइदा हुनुका साथै समग्र क्षेत्रलाई समेत फाइदा हुने भएकाले यसलाई ठीक ढङ्गले सञ्चालन गर्न सुझाव दिनुभएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का महाप्रबन्धक डा. दीपक भण्डारीले जानकारी दिनुभयो ।
कृषिमन्त्री पद्माकुमारी अर्याल, कृषि सचिव डा. योगेन्द्र कार्की, नार्कका वैज्ञानिकलगायतका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर विद्युतीय नक्साङ्कनका बारेमा विस्तृत जानकारी गराउनुभएको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिनुभयो । नेपाली किसानले अब आफ्नो खेतबारीको माटोको उर्वराशक्ति, अम्लीयपन, प्राङ्गारिक पदार्थ, माटोको बनोटजस्ता जानकारी सो विद्युतीय नक्साङ्कनमार्फत जानकारी पाउने बताइएको छ ।
प्रधानमन्त्री अ‍ोलीसमक्ष यसबारे आइतबार प्रस्तुत गरिएको विवरणअनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सार्वजनिक गर्न लागेको माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्नेजस्ता जानकारी सहजै लिन सक्नेछन् ।
देशभरबाट कुल २३ हजार २७३ वटा माटोको नमुना परीक्षण गरी तयार गरिएको यो नक्साङ्कनबाट कृषकले सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोको रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन् ।
नक्साङ्कन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक, निजी क्षेत्रका सेवा प्रदायक सङ्घसंस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ । माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन
सकिन्छ ? कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्राङ्गारिक पदार्थको मात्रा तथा सूक्ष्म खाद्य तत्वको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुने जानकारी प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।