२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

संसद् विघटन विरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं-प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज (सोमबार) देशभर विरोध प्रदर्शन गर्ने भएको छ। सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेस सोमबार देशभर प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो।

सरकारविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्वहरु पनि जिल्ला–जिल्ला जाने भएका छन्। सोमबारको विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा रुपन्देही जाने कार्यक्रम रहेको बूढानीलकण्ठले जनाएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाँदै छन् भने महामन्त्री डा. शशांक कोइराला दाङमा हुन गइरहेको विरोध प्रदर्शनमा सम्बोधन गर्न जाँदैछन्। यस्तै सहमहामन्त्री डा. प्रकाशशरण महतले सिराह, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह कास्कीको विरोध सभामा सहभागी हुने भएका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीले काठमाडौंमा, एनपी साउदले दार्चुलामा, डा. मिनेन्द्र रिजाल प्युठानमा, डा। रामशरण महतले काभ्रेमा हुन गइरहेको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यस्तै युवा नेता गगन थापा चितवन र अर्का युवा नेता प्रदीप पौडेल दैलेखमा हुन गइरहेको सरकारविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुने कार्यक्रम रहेको छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैतडीमा, केन्द्रीय सदस्य कल्याण गुरुङ रोल्पा, केन्द्रीय सदस्य अर्जुन जोशीले भक्तपुरमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले बझाङमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।