नेपाल स्वयंसेवक संघ बैतडीकाे ऐतिहासि जिल्ला सभा समापन ,पत्ताल भुमेश्वोर गुफा क्षेत्रमा वृक्षारोपण र सरसफाइ

सेयर गर्नुहोस्

बैतडी – नेपाल स्वयंसेवक संघ युवा संगठन जिल्ला कार्य समिति बैतडी को प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ । आज ऐतिहासिक पत्ताल भुमेश्वोर गुफा क्षेत्र सरसफाइ गरेर जिल्ला भेला समपन्न भएकाे हाे ।

बैतडी को प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल एसिया कै ठूलो गुफा भएको ठाउँमा बृक्ष्रोपण र सरसफाइ गरेर ऐतिहासिक जिल्ला भेला गरेकाे स्वयंसेवक संघ बैतडिका अध्यक्ष भागरथि भट्ट ले जानकारि दिनुभयाे ।

पछिल्लो समयमा देशमा युवाहरु लाई सकारात्मक क्षेत्रमा लगाउनुका लागि र युवा लाई स्वदेश मै अवसर दिनुका लागि संघले यस्ता कामहरु गरि रहने सह सचिव पशुपति पाण्डेय ले जानकारि दिनु भएकाे छ ।

संगठनले बैतडीका क्षमतावना युवाको कला र अन्य क्रियाकलापमा बढी जोड दिने संगठनकाे अठाेट छ । युवाहरुको नेतृत्वका साथै उनीहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउन अहम भुमिका खेल्ने अध्यक्ष भट्टकाे तर्क छ ।

(Visited 146 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *