कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको मृत्यु

सेयर गर्नुहोस्

कैलाली । कैलालीको क्वारेन्टिनमा सर्पले टोकेका युवकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ को सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा गत असारमा सर्पले टोकेका २२ वर्षीय गणेश शाहीको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पताल नेपालगञ्जमा भेन्टिलेटरमा राखेर उपचार गराईरहेका युवकको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

युवकलाई गत असार १२ गते राती सर्पले टोकेको थियो। उनको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो।

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *