शुक्लाफाँटा नगरपालिका ८ कार्यालयको नियमित काम आजदेखि सुचारु

सेयर गर्नुहोस्

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ कार्यालयको नियमित काम कार्वाही आज बिहीबार बिहान १० बजेदेखि पुनः सुचारु हुने भएको छ ।

वडाध्यक्ष बहादुर सिंह महरामाथि शनिवार कार्यकक्षमा नै आक्रमण भएको भन्दै वडाबाट प्रदान गरिने सम्पुर्ण सेवा अवरुद्ध भएका थिए ।

वडा सचिव चन्द्र चौधरीद्वारा हस्ताक्षरित सूचनामा शनिवारदेखि अवरुद्ध भएका सबै कार्य बिहीबारदेखि सुचारु हुने जनाइएको छ । 

वडामा शान्ति सुरक्षा र दोषिमाथि कानुनी कार्वाहीको माग राख्दै वडाले नियमित सेवा बन्द गरेको थियो ।

(Visited 81 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *