कैलाली निर्वाचन क्षेत्र नम्वर १ का जनताको प्रश्न–हाम्रो जनप्रतिनिधि खोई ?

सेयर गर्नुहोस्

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर १ जनप्रतिनिधि विहीन भएको भन्दै टीकापुरमा युवाहरू आन्दोलनमा उत्रिएका छन्। स्वतन्त्र युवा समूहले ¥याली र कोण सभाको आयोजना गर्न थालेको हो। बसपार्कबाट सुरु भएको ¥याली खडक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

¥यालीमा युवाहरु हाम्रो जनप्रतिनिधि खोई ?, जनप्रतिनिधि विहिन बनाउन पाईदैन, टीकापुरको विकास खोइ ?, निर्दोष भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड र नारा लगाएका थिए। 

फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए। चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २०९३५ मत अन्तरले पराजित गरेका थिए।

थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो। त्यस क्रममा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। सो घटनामा दोषी रहेको अभियोगमा जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको थियो।

(Visited 68 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *