कस्तो रहला आज दिनभरको मौसम ?

सेयर गर्नुहोस्

काठमाडौं, १४ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराइ भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशका अधिकांश स्थानमा सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति :देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

(Visited 94 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *