कैलालीको गोदावरी नगरपालीकाको मन्दिर र विद्यालयमा बृक्षारोपण

सेयर गर्नुहोस्

कैलाली। जिल्लाको गोदावरी नगरपालीका वडा नं २ मा रहेको राधाकृष्ण मन्दिर र कृष्ण आधारभुत विद्यालयमा बृक्षारोपण गरिएको छ । 

स्वर्गीय श्रीमतीको मृत्यु भएको ७ औ वर्षको पुण्यतिथिमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको भुवन भट्टले बताए ।

‘विगतका वर्षहरुमा पुण्यतिथिका अवसरमा विभिन्न सामाजिक संस्थाहरुमा खाद्यान्न एवम् स्टेशनरी सहयोग गर्दै आएको थिए । भट्ट अत्तरियामा रहेको न्यु रेखा सप्लायर्सका सञ्चालक तथा समाजसेवी पनि हून ।

उनले ‘यस वर्ष स्वर्गीय श्रीमती रेखा जोशी भट्टको सम्झनामा तथा सुदुरपश्चिम प्रदेशको राजधानी घोषणा भैसकेको गोदावरी नगर क्षेत्रका जंगलहरु मसिदै गएका कारण आफुले बृक्षारोपणको योजना ल्याएको उनले बताए।

’ उनले भने । जंगल रहे मात्र हामी रहन्छौ भन्ने सबैले बुझिराख्न जरुरी रहेको उनको भनाई छ ।

उनले अमला, टिक, शिरिष, लिप्टीस, बकाईनो, कोइराल, बैँस लगायतका करिब ७ सय बोटविरुवाहरु रोपेका हुन ।

(Visited 139 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *