७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये दाङ उत्कृष्ट

सेयर गर्नुहोस्

दाङ  । जिल्ला प्रशासन कार्यालय दाङ गत आर्थिक वर्षमा उत्कृष्ट भएको छ। कार्य सम्पादनको सम्झौताको मूल्याङ्कनमा उत्कृष्ट भएको छ। विभिन्न शीर्षकको कार्य सम्पन्न गरे बापत पाउने अङ्कको आधारमा जिल्ला प्रशासन कार्यालय दाङले ‘ए प्लस’ प्राप्त गरी उत्कृष्ट भएको हो।

हरेक आर्थिक वर्षको सुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच विभिन्न शीर्षकका काम गर्न अङ्क तोकिने र त्यसैका आधारमा आर्थिक वर्ष २०७६-७७ मा जिल्ला प्रशासन कार्यालय दाङले राम्रो कार्यसम्पादन गरेकाले उत्कृष्ट अङ्क प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।

उनले कार्य सम्पादन उत्कृष्ट बनाउन सहयोग गर्ने  सम्पूर्ण कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य कार्यालयका प्रमुख एवं कर्मचारी र सबै सरोकारवालाहरूको सहयोग सकारात्मक भूमिकाका लागि धन्यवाद एवं आभार व्यक्त गरेका छन्। 

(Visited 313 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *