संञ्चार क्षेत्रमा डडेल्धुरा सुदुर पहाडकै उतकृष्ट

सेयर गर्नुहोस्

दिपकराज भट्ट / डडेल्धुरा – नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकारिता सम्बन्धि क्षमता अभिबृद्धि कार्यशालाको शुक्रबार उद्घाटन गाेविन्दराज बोहराले गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य गोबिन्दराज बोहराले पत्रकार लाई स्वतन्त्र राख्न आवश्यक रहेको बताएका थिए । अाईतबार अाैपचारिक रुपमा कार्यक्रम काे समापन गरिएकाे थियाे ।

प्रमुख अथिति जिल्ला समुन्व्य समितिका प्रमुख गणेश भट्ट रहनु भएकाे थियाे । अथितिमा पत्रकार महासंघ का अध्यक्ष मान बहादुर साउद , पुर्व अध्यक्ष राम धामि,टेकराज अवस्थि, पत्रकार पुष्कर भण्डारी , प्रकास भाट ,र प्रेस युनियनका अध्यक्ष धन बहादुर भण्डारी रहेका थिए ।

डडेल्धुरा जिल्लामा पत्रकारिता क्षेत्र सुदुर पहाडका जिल्ला मै उतकृष्ट र अगाडि रहेकाे भट्ट काे भनाइ रहेकाे थियाे । यस्तै समापन सभाकाे अन्त्यमा प्रेस युनियन डडेल्धुरा का अध्यक्ष धन बहादुर भण्डारीले भन्नुभयो डडेल्धुरा जिल्लामा पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा युवा पुस्ताकाे चासाे बढनु , मिडियाहरु बढदै जादा युवाकाे चासाे बढिरहेकाे छ ।

यसरी युवा पुस्तालाई यस क्षेत्रमा स्थापना गर्नुका लाागि संगठन हरदम तयार रहेकाे र सक्दाे सहयाेगका लागि सधै तयार रहेकाे बाचा गर्नुभयाे । यस क्षेत्र लाई थप व्यवस्थित गर्नुका लागि यस्ता तालिमहरु गाउँपालिका र नगरपालिकाले गर्नु अावश्यक रहेकाे भण्डारीकाे भनाई थियाे ।

यसरि अाफुहरुले सिक्ने अवसर पाउँदा निकै खुसि भएकाे र अागामि दिनमा पनि अपेक्षा गरेकाे सहभागीहरुकाे भनाई थियाे । तालिममा डडेल्धुरा र बैतडिका उन्तिस जना सहभागी रहेका थिए ।

महिला सहभागिता भने निकै कम रहेकाे थियाे । तालिमकाे अायाेजक प्रेस युनियन डडेल्धुरा थियाे भने सहयाेगि बहुउद्देश्यीय बिकास समाज डडेल्धुरा र रुडुक डडेल्धुरा रहेकाे थियाे ।

(Visited 276 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *