अबको तीज ‘एस’ व्रत प्लिज

सेयर गर्नुहोस्

गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन धर्म संस्कार र संस्कृतिका पक्षधरहरू यस गीतलाई सांस्कृतिक अतिक्रमणको नयाँ प्रारूप मान्छन् । गीतको उद्देश्य र आशय जे भए पनि सन्देशमा भन्न खोजिएको कुरा भने व्रत गरेर शरीर नबिगार र आफूलाई रोगी नबनाउ भन्ने देखिन्छ, जुन सरासर अवैज्ञानिक, भ्रामक र निराधार छ ।

हुन त तीजमा आध्यात्मिक उपलब्धिका लागि व्रत बस्ने गरिन्छ । यसरी आध्यात्मिक साधनाका लागि ब्रत बस्दा स्वास्थ्यमा पनि अनेकौं फाइदा हुन्छन् । चिकित्सा विज्ञानमा पनि व्रत एवं उपवासका क्षेत्रमा अनेकौं वैज्ञानिक अनुसन्धान भएका छन् र सन् २०१६ को नोवेल पुरस्कार पनि उपवासको फिजियोलोजीका विषयमा अनुसन्धान गरिरहेका जापानिज वैज्ञानिक प्रो. यासिनुरी ओहसुमीलाई दिइएको थियो ।

प्रो. ओहसुमी टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका सेल बायोलोजिस्ट हुन् र उनले व्रत-उपवास बस्दा वा शरीरलाई पर्याप्त क्यालोरी उपलब्ध नगराउँदा प्रेरित हुने अटोफेगी क्रियाको विषयमा अनुसन्धान गरेका हुन् । उहाँको यो खोजलाई चिकित्सा विज्ञानको महत्वपूर्ण उपलब्धि मानेर सन् २०१६ मा नोवेल पुरस्कार प्रदान गरिएको थियो ।
डा. हेमराज कोइराला

के हो उपवास ?

उपवास शब्द दुईवटा संस्कृत शब्दहरू उप र वास मिलेर बनेको शब्द हो । जसको शाब्दिक अर्थ नजिक बस्नु हो । यसर्थ उपवासको शाब्दिक अर्थ आफ्नै अस्तित्वको नजिक बस्नु भन्ने हुन्छ । आध्यात्मिक साधनामा उपवासको ठूलो महत्व छ र यस कारण उपवास विश्वका धेरै आध्यात्मिक साधनाहरूमा समेटिएको महत्वपूर्ण साधना हो ।

स्वास्थ्य विज्ञानमा पनि उपवासको ठूलो महत्व छ । प्राच्य स्वास्थ्य विज्ञानले उपवासलाई परम औषधिको रूपमा व्याख्या गरेको छ भने आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेकौं रोगहरूलाई जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको छ ।

उपवासलाई ‘सर्वे रोग मल वशः लङ्घनम् परम औषधम्”  अर्थात् सम्पूर्ण रोगको कारण भनेको शरीरमा संकलित मल हो र संकलित मलको निष्कासन गर्ने परम औषधि उपवास हो भनिएको छ ।

उपवासको वर्गीकरण

१) उद्देश्यको आधारमा उपवासलाई उपचारात्मक उपवास, धार्मिक उपवास र राजनीतिक उपवास गरेर ३ समूहमा वर्गीकरण गरिएको छ ।

२) उपवास गर्ने तरिकाको आधारमा उपवासलाई निराहार, जलाहार, रसाहार, फलाहार र कल्प (एकाहार) गरेर ५ समूहमा वर्गीकरण गरिएको छ ।

३) समयावधिको आधारमा उपवासलाई छोटो अवधिको उपवास, मध्यम अवधिको उपवास र लामो अवधिको उपवास गरेर ३ समूहमा वर्गीकरण गरिएको छ ।

उपवास र अटोफेजीको प्रेरणा

हाम्रो शरीरको कोषहरूमा दैनिक अनेकौं उपापचयी जीव रासायनिक क्रियाहरू भइरहन्छ । यसै क्रममा कोषभित्र अनेकौं विषाक्त पदार्थहरूको सञ्चय पनि भइरहेको हुन्छ । यी विषाक्त पदार्थहरूको सञ्चय भइरहे फ्रि रेडिकल इञ्जुरीदेखि क्यान्सर कारक अन्कोजीनको एक्सप्रेसन, मधुमेहको कारक इन्सुलिन रेसिस्टेन्स, मुटु एवं रक्तनलीका रोगको कारक अथेरोस्क्लेरोसिस, हार्टफेलिएर, अल्जाइमर, पार्किन्सनजस्ता स्नायु क्षय गराउने रोग, मानसिक तनाव, चिन्ता, भय उदासिनतादेखि असामयिक बुढ्यौली जस्ता रोगहरू लाग्छ । यी विषाक्त पदार्थहरूको दहन गर्नका लागि कोषले अटोफेजी प्रक्रिया अवलम्बन गर्छ र यो प्रक्रियाको प्रेरणा कोषलाई तबमात्र मिल्छ जब कोषलाई पर्याप्त मात्रामा खानेकुरा मिल्दैन । अथवा अर्को शब्दमा भन्नुपर्दा उपवास गर्दा कोषले अटोफेजी क्रिया अवलम्बन गर्छ ।

अटोफेजी कोषहरूको एउटा मौलिक प्रक्रिया हो, जसद्वारा कोषले आफ््नो क्षतिग्रस्त हिस्सालाई पुनर्चक्रण गरी ठीक गर्ने गर्छ । अटोफेजी क्रियाको क्रममा अनेकौं विषाक्त तत्वहरूको पनि दहन हुने गर्छ । यसो हुँदा अनेकौं रोगहरूको रोकथाम एवं नियन्त्रण हुन पुग्छ । अटोफेजी प्रक्रियालाई प्रेरित गर्नका लागि प्रो. ओहसुमीले छोटा प्रकृतिका आवधिक उपवास, दिन बिराएर गरिने उपवास, एकै दिनमा ८ घण्टा खाने र १६ घण्टा भोकै रहने उपवास, फलाहार र रसाहार र किटोजेनिक आहारको सेवन गर्नुपर्ने सल्लाह पनि दिएका छन् । प्रो. ओहसुमीले स्वस्थ व्यक्तिले स्वास्थ्य रक्षाका लागि १५ दिनमा एकपल्ट उपवास गरी अटोफेजी प्रक्रियाद्वारा कोषीय विषाक्तलाई सफा गर्नुपर्ने सल्लाह पनि दिएका छन् र यसैलाई सायद हाम्रो संस्कृतिले एकादशी व्रत भनेको होला ।

उपवासका फाइदाहरू :

१) उपवासको पहिलो फाइदा भनेकै अटोफेजी प्रक्रियाको थालनी गरी कोषहरूमा जम्मा भएर रहेका विजातीय द्रव्यहरूको निष्कासन, कोषहरूको पुनर्चक्रण र बिग्रेभत्केका कोषीय अङ्गहरूको मर्मत गर्नु हो ।

२) उपवास गर्दा सबैभन्दा धेरै फाइदा पाचन अङ्गले पाउँछ । शरीरले पाचन श्रमबाट फुर्सद पाउँछ । उपवासको दौरान पाचन अङ्गहरूको शोधन र निर्विषीकरण पनि हुन पुग्छ । पाचन अङ्गहरूले आराम पाउने भएकाले यसै अवस्थामा पाचन अंगका घाउहरूले पनि निको हुने अवसर पाउँछ । उपवासले आन्द्राहरूको मांशपेशीको तानलाई पनि चलाइराख्छ ।

३) उपवासले मुटुको कार्यभारलाई पनि निकै कम गर्छ । मुटु एवं रक्तनलीको स्वास्थ्यलाई सुदृढ बनाउँछ ।

४) उपवासले फोक्सोको कार्यक्षमतालाई पनि बढाउँछ । उपवासको समयमा फोक्सोको सम्पूर्ण कफ एवं म्युकसहरूको विशोषण हुन्छ ।

५) उपवासले अन्तश्रावी तन्त्रमा पनि ठूलो असर पार्छ । उपवास गर्दा विशेषतः थाइराइड हार्मोन टी३ र टी४ को स्तर घट्छ भने इपिनेफ्रिन र ग्लुकोकर्टिकोइडको रक्तस्तर हल्का बढ्छ ।

६) उपवास प्राकृतिक प्रभावकारी एवं कम खर्चिलो उपाचार र विधि हो ।

७. शारीरिक तन्दुरुस्तीलाई बरकरार राख्न मद्धत गर्छ ।

८. खानामा सन्तुष्टि प्रदान गर्छ ।

९. उपपचय क्रियालाई प्रोत्साहन पु¥याउँछ ।

१०. छोटो समयमा मनग्ये बोसो घटाउने महत्वपूर्ण विधि हो ।

११. इन्सुलिन ग्रहणशीलतालाई बढाउँछ ।

१२. यो आत्मानुशासनको सर्वोत्तम उपाय हो । उपवास गर्दा आध्यात्मिक शक्तिको जागरण हुन्छ ।

१३. रक्तचाप घटाउँछ ।

१४. ब्लड ग्लुकोज (सुगर) लाई व्यवस्थित तुल्याउँछ ।

१५. रगतको चिल्लो पदार्थलाई कम गर्छ ।

१६. असल कोलेस्ट्रोललाई बढाउँछ । खराब कोलेस्ट्रोललाई घटाउँछ ।

१७. बुढ्यौलीलाई चाँडै आउन दिँदैन साथै दीर्घायु प्रदान गर्छ ।

१८. इन्फ्लामेसनलाई कम गर्छ ।

१९ अक्सिडेटिभ स्ट्रेसलाई कम गर्छ ।

२०. कोषहरूको विभाजनलाई अनियन्त्रित हुन दिँदैन ।

२१. तनाव कम गर्छ ।

२२. खराब प्रोटिनको उत्पादन कम गर्छ ।

२३. चोटपटक ठीक हुन मद्दत गर्छ ।

२४. शरीर शोधन गर्ने महत्वपूर्ण अस्त्र हो । उपवासपछि शरीर शुद्ध, सफा र स्वच्छ बन्छ, स्वस्थ बन्छ । शरीर स्वस्थ बनेपछि मन पनि स्वस्थ बन्छ ।

२५) विजातीय पदार्थहरूको निष्कासनमा महत्वपूर्ण भूमिका हुने हुँदा मल निष्कासनलाई बढाउँछ ।

२६) अनेकौं असाध्य रोगहरूमाथि विजय प्राप्त गर्ने महत्वपूर्ण अस्त्र हो ।

२७) उपवासले मनलाई शान्त बनाउँछ, भावनालाई वशमा राख्न मद्दत गर्छ, एकग्रता ध्यान लय आदिको उदय गराउँछ ।

उपवासका बेफाइदाहरू :

१) खाना त्याग गर्दाका लक्षणहरू (ँययम धष्तजमचबधब िकथmउतयm) देखापर्न सक्छ ।

२) असहज हुन सक्छ ।

३) एलर्जी हुन सक्छ ।

४) कुपोषण हुन सक्छ ।

५. उपवास अनियन्त्रित हुन सक्छ ।

उपवासको निर्देशन :  मोटोपन, ज्वरो, कोलेस्ट्रोल बढ्नु, मनोशारीरिक रोग, डर, चिन्ता, तनाव, उदासीनजस्ता न्युरोसिस, मादक पदार्थको लत, धुम्रपानको लत, आलस्यपन, आर्थराइटिस, अस्थमा, उच्च रक्तचाप, अस्वाभाविक थकान, कोलाइटिस, स्पास्टिक कोलन, इरिटेबल बवेल सिन्ड्रोम, कब्जियत, टाउको दुखाइ, जोर्नीको दुखाइ, अवसाद, अनिन्द्रा, दम, रुघाखोकी, ब्रोङ्गकाइटिस, पिनास, घाँटीको खसखस, घुर्ने समस्या, मिर्गौलाको समस्या, अम्लपित्त, अपच, अजीर्ण, कब्जियत, आउ, मासी, टाउको दुख्ने, माइग्रेन, मुखमा घाउखटिरा आउने, सास गह्नाउने, फ्यारेन्जाइटिस, ल्यारेन्जाइटिस, टन्सिलाइटिस, दाद, लुतो, एलर्जी, डण्डीफोर, सोरियासिस, महिनावारीको गडबडी, युटेराइन फाइब्रोइड, पोलिसिस्टिक ओभरी, हारमोनहरूको गडबडी, आत्मघाती प्रतिरक्षा प्रणाली आदि ।

उपवासका निषेध :

कुपोषण, दुर्बल, उपवासको डर, उपवासको बारेमा पूर्ण जानकारी नपाएकाहरू, युरिक एसिडका रोगीहरू, जटिल मधुमेह, जटिल मिर्गाैलाको रोग, केही क्यान्सर, खानपानमा समस्या भएकाहरू, बच्चालाई दूध चुसाइरहेकी आमा, बढ्दै गरेका बच्चा, गर्भवती, मुटुको चाल गडबड भएकाहरू, ठूलो चोटपटकमा परेकाहरू, शल्यक्रिया गर्न गइरहेकाहरू र गरिसकेकाहरू, दुर्बल हृदय भएकाहरू, मानसिक रोगीहरू, निम्न रक्तचाप आदि ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर—१, वागेश्वरी, देवघाटधाम, चितवनका मेडिकल डाइरेक्टर हुन् ।

(Visited 155 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *