युवा नक्कली नोटसहित पक्राउ

सेयर गर्नुहोस्

काठमाडौँ । ‘नक्कली नोट कारोबार ’गर्ने २२ वर्षीय प्रशान्त सिंह ठकुरी अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्ने क्रमममा पक्राउ परेका छन् ।

फोन किन्ने बेलामा दिइएको पैसाको गुणस्तरबारे शंका लागेकाले बिक्रेताले  महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गएर नोट देखाए । नोट नक्कली रहेको खुल्यो । मोबाइल किनबेच गरेको केही बेरमै प्रशान्तलाई प्रहरीले पक्रियो ।

‘१९ हजार नक्कली नोट सहित हामीले प्रशान्त सिंह ठकुरीलाई पक्रेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ ।’  नेपालगञ्ज उप–महानगरपालिका–३ घरबारीटोल स्थायी घर भएका प्रशान्तले घरमै कलर प्रिन्टरबाट नक्कली नोट छापेको बताएका छन् ।

प्रशान्तले दिएको २० हजार ५ सय मध्ये १ हजार दरका १९ वटा नोट नक्कली रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *