विपन्‍न परिवारलाई खाद्यान्न सहयोग

सेयर गर्नुहोस्

अछाम : साँफेबगर नगरपालिका-३ सिद्धेश्वर घर भइ हाल जापानमा बस्दै आएका लोकेन्द्र जंग कुँवरले विपन्न समुदायका तीन जना महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन्। ‘दाउरा बिक्न छोडेपछि गुजारा मुस्किल’ शीर्षकमा अन्नपुर्ण पोष्टमा समाचार प्रकाशित भएपछि जापानबाट सहयोग प्राप्त भएको हो।

आमा धनसरा देवी कुँवरको १२ औ पुण्यतिथिको अवसरमा कुँवरले सिद्धेश्वरका रसकाडा गाउँका वसन्ती सार्की, कल्धुरी भुल र दिला भुललाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्। उनीहरुलाई लकडाउन र कोरोना भाइरसका कारण होटलहरु बन्द भएपछि दाउरा बिक्री हुन छोडेपछि छाक टार्न मुस्किल हुँदै आएको थियो।

लोकेन्द्रका दाजु रुपबहादुर कुँवरले ती महिलालाई शनिवार खाद्यान्न हस्तान्तरण गरे। कुँवरले आफ्नो सन्तानको पालनपोषणको लागि मजदुरी गर्ने आमाहरुलाई केही सहयोग गर्न सकेकोमा सन्तुष्ट मिलेको बताए। कुँवरले जापानबाट बिपन्न र असहायहरुलार्ई बिभिन्न समयमा सहयोग गर्दै आईरहका छन्। 

(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *