अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन द्वारा रक्तदान

सेयर गर्नुहोस्

दिपकराज भट्ट / डडेल्धुरा –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) डडेल्धुराले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

पछिल्लो सयममा डडेल्धुरामा रगत अभाव देखिएकाले अनेरास्ववियू डडेल्धुराले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेकाे हाे । शनिवार गरिएकाे रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको अनेरास्ववियू डडेल्धुराका संयोजक सन्तोष भट्टले बताए ।

‘कोरोना भाइरस कोभिड- १९ का कारण रगत अभाव देखिएकाले हाम्रो संगठनले याे कार्यक्रमको आयोजना गरेका थियौँ भट्टले जानकारी दिनुभयो । जिल्ला भरका १५ जनाले रत्तदान गरे।’

संकलन गरिएको रगत आवश्यक परेको समयमा प्रयोग गर्न अहिले रेडक्रसको ब्लड बैकमा राखीएको छ ।

(Visited 135 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *