एक संचारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्

बर्दिया, १० साउन । बर्दियामा एक संचारकर्मी सहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

क्वारेन्टिनमा नबसेका एक जना ५५ बर्षिय सञ्चारकर्मी र क्वारेन्टिमा बस्दै आएका १९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले जानकारी दिनुभयो ।

सञ्चारकर्मीमा कोरोना संक्रमण देखिए सँगै समुदाय स्तरमा कोरोना फैलिएको भन्दै अधिबक्ता, प्रत्यक्ष सम्पर्कका सरकारी कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी गरी २ सय जनाको स्वाव संकलन गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी गराउनुभयो ।

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ भने निको भएर १ सय ९४ जना घर फर्केका छन् ।

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *