​दार्चुलामा पहिरोमा परि एक बालक बेपत्ता

सेयर गर्नुहोस्

दार्चुला– दार्चुलामा पहिरोमा च्यापिएर एक बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–३ बडालीगाउँ स्थित हुनखोला नजिकै सडक माथीबाट खसेको पहिरोमा परेर नौगाड गाउँपालिकाको सुण्डमुण्डका एक बालक बेपत्ता भएको खबर प्राप्त भएको पत्रकार भोजराज जोशीले जानकारी दिनुभयो ।

बालक संग सदरमुकाम खलंगा तर्फ आइरहेका अन्य दुई जना पुरुष घाइते भएको उहाले जानकारी दिनुभयो । 

 बेपत्ता बालक र घाइते पुरुषको उमेर र नाम नखुलेको उहाले जानकारी दिनुभयो । घट्ना बारे थप बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव उपरिक्षक पदमबहादुर बिष्ट नेतृत्वको टोली त्यसतर्फ गएको पत्रकार जोशीले बताउनुभयो ।

बेपत्ता बालक सदरमुकाम स्थित बोर्डिङ्ग अध्ययन गर्दै आइरहेको खुल्न आएको उहाको भनाई छ । लकडाउन पछि घर गएका उनिहरु विद्यालय संचालनमा आउने भएपछि सदरमुकाम आइरहेको भन्ने बुझिएको छ ।   

(Visited 92 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *