एउटै ठाउँमा ५ पटक योजना- निर्माण कार्य अलपत्र, कामदारले पाएनन् ज्याला

सेयर गर्नुहोस्

टेक सिंह धामी /बैतडी ,९ साउन । बैतडी को सिगास गाउँपालिका वडा नं ८ स्थित लुपुड को चडेपानि सीम सिचाइ परियोजना को निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।

विगत तत्कालीन गाउँ विकास समिति र हालको संघिय संरचना सम्म आइपुग्दा उक्त ठाउँमा बिभिन्न समयमा ५ पटक योजनाहरु बिनियोजन गरिएको थियो। पटकपटक नेता तथा कार्यकर्ता हरुले योजना मा एकलौटी काम गरेर पैसा पचाउने र जनतालाइ भ्रम मा पारिरहेको स्थानीय को भनाइ रहेको छ। काम नै नगरि लाखौ भ्रष्टाचार भएको र जनताले श्रम को ज्याला समेत नपाएको गुनासो गरेका छन्।

बर्षौ बित्यो तर ज्याला पाएनौ घर खर्च चलाउन पसिना बगाएको जनता र सर्वसाधारण को पैसामा अवसरवादी को रजाइ भयो भन्दै लुपुडबासि ले दुखेसो पोखेका छन्। पाचौ पटक को प्रदेश सरकार मार्फत् ३० लाख लागत को बजेट मा अनियमितता देखिएको छ। चडेपानी सीम सिचाइ योजना मा नाङ्गो भ्रष्टाचार र कमिसन को खेल देखिएको छ, स्थानीय सरकार अवधारणा , गाउँ गाउँमा सिंहदरबार अवधारणा आए पश्चात गाउँगाउँमा कमिसन को फोहोर राजनिति मौलाइरहेको छ ।

योजना ल्याएको हु भन्दै लाखौ असुल्ने प्रवृत्ति बढ्दै जादा स्थानीय ले काम गरेको ज्याला समेत नपाउने अवस्था रहेको छ। सीम सिचाइ परियोजना का उपभोक्ता समिति का अध्यक्ष पुर्ण बोहरा का अनुसारू कुल ३० लाख को बजेट मा घटेर १५ लाख मात्र भुक्तानी भयो त्यस मध्ये ६ लाख रुपैयाँ स्थानीय नेता केशव बोहरा ले थप योजना हाल्दिन्छु भन्दै कमिसन स्वरुप लगेपछि म माथि जनदबाब आयो ,न कुनै थप बजेट र योजना आयो न त कामदार को ज्याला दिन पैसा नै पर्याप्त थियो।

उनले भने मलाइ सुनियोजित रुपमा फसाइयो ,मेरो नाममा अख्तियार मा मुद्दा छ । म कहाबाट त्यत्रो पैसा को जोहो गरौ । तर केशब बोहरा ले भने आफुले ६ लाख रुपैयाँ नलिएको दाबि गरेका छन्।

२ लाख २० हजार लगेको र सो रुपैंया फिर्ता गर्ने प्रतिबद्धता गरि आफुले कामदार को ज्याला बितरण गरेको अब पुर्ण बोहरा ले १।५ लाख तिर्नुपर्ने देखिएको र (सो सिचाइ योजना सम्पन्न गर्न आफु पहल गरिरहेको जिकिर गरेका छन्।

पुर्ण बोहरा भन्नुहुन्छू आफुले उक्त सिचाइ परियोजना सम्पन्न गर्न खानेपानी तथा सिचाइ डिभिजन कार्यालय र सिगास गाउँपालिका संग समन्वय गरिरहेको तर काम गर्दा दवाव सिर्जना भइरहेको छ। तथापि काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

(Visited 175 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *