आज थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्

काठमाण्डौ – बितेको २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन हजार नौ सय ८७ जनाको परीक्षण गर्दा एक सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी यो अवधिमा संक्रमण मुक्त भई एक सय सात जना डिस्चार्ज भएका छन् ।
हालसम्म संक्रमण मुक्त हुनेको संखया १२ हजार नौ सय ४७ पुगेको छ ।
हाल सक्रिय संक्रमित भई आइसोलेसनमा बस्ने पाँच हजार तीन सय ८३ र क्वारेन्टाइनमा १९ हजार चार सय ४४ जना छन् ।
(Visited 86 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *