डडेल्धुरा अस्पताल परिसरमा स्वयंसेवक संघ डडेल्धुरा द्वारा सरसफाइ

सेयर गर्नुहोस्

दिपकराज भट्ट / डडेल्धुरा- देशभरि संगठन रहेको नेपाल स्वयंसेवक संघ डडेल्धुरा शुक्रबार डडेल्धुरा सदमुकाममा रहेको डडेल्धुरा अस्पताल परिसरमा सरसफाइ गरेको छ । यसरी अस्पताल परिसरमा सरसफाइ गरेकोमा स्वयंसेवक संघ डडेल्धुरा टिमलाई डडेल्धुरा अस्पताल समितिका अध्यक्ष करुणाकर ओझाले धन्यवाद दिएका छन् ।
राष्ट्रका लागि युवा भन्ने भनाइ का साथ आफुले पछिल्लो समयमा सामाजिक काम गरेको जिल्ला अध्यक्ष दिपा भण्डारिले बताए ।संघले यस भन्दा अगाडि उग्रतारा मन्दिर परिसरमा वृक्षारोपण गरेको थियो । यसरी युवाहरुलाई यस्ता काममा प्रेरित गराउनु आफुले पनि सहयोग गरेको युवा लाई आगामि दिनहरुमा पनि यस्ता काममा निरन्तरता दिईरहनुका लागि आफुले सहयोग गरिरहेने डडेल्धुरा समाजसेवि जगत ऐरले बताए ।


के हो त स्वयंसेवक संघ ?
नेपालमा बिशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेल्धुरामा पनि गठन भएको थियो ।

राष्ट्रिय स्वयंसेवक संघ युवा संगठन डडेल्धुरा समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेको विभिन्न पक्षमा जनचेतनामुलक अभियान संचाल , सरसफाइ , वृक्षारोपण र स्थानीय तहमा भ्रष्टाचार बिरुद्ध मा निरन्तर काम गरिरहने संघटन हो ।
साथै आगामी दिनमा समाजमा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माणको देश ब्यापी अभियानमा लाग्ने निर्वाचित उपा(अध्यक्ष सुरज तमौलि ले बताएका छन् ।

डडेल्धुरामा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्न, सामजमा भएको राम्रा कार्यलाई क्षमतावना मानिसहरुलाई कसरी अगाडी बढाउने भन्ने विषयमा लागि पर्ने सदस्य शान्ति अवस्थिले जानकारि गराए । यसमा सबैको साथ र सहयोगको खाचो पर्ने बताएका छन् ।
संगठनले डडेल्धुराका क्षमतावना युवाको कला र अन्य क्रियाकलापमा बढी जोड दिने संगठनको अठोट छ ।
युवाहरुको नेतृत्वका साथै उनीहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउन अहम भुमिका खेल्ने तमौलिका तर्क छ ।
राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले अब सबै युवाहरुले लाग्नु पर्ने सदस्य श्याम ओलिको भनाइ रहेको छ । देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेकाले अब सबै युवाले एकजुट भएर लाग्नु पर्ने सदस्य केशव पन्तले बताए ।

समाजसेवा मार्फत समृद्धिको बाटोमा आगाडि बढाई सेवा नै धर्म हो भन्ने भावना अनुरूप यस अभियानलाइ आत्मसाथ गर्दै समाज सेवाले नै सुशासन निर्माण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई लक्षित गर्दै देसभर समाजसेवी मन भएका मनहरुलाइ संगठित गर्दै समाज सेवा तर्फ उत्प्रेरित गर्ने उद्देश्य लियर समाजको सेवामा सक्रिय रहन सशक्त सस्था स्वयंसेवक संघ नेपालको प्रचलित कानुनको बिधान दर्ता ऐन २०३४ को अधिनमा तर्जुमा गरियको प्रदेश सदस्य (डडेल्धुरा )टिकेश्वरि भण्डारी को भनाई रहेको छ ।

उनका अनुसार आज सुदुरपश्चिमै डडेल्धुराको संगठन ले नै पहिलो पटक वृक्षारोपण गरेको र त्यपछि आज अस्पताल परिसरमा सरसफाइ गरेर थप जागर दिएको र यस्ता कामलाई अन्य जिल्ला का संगठनले पनि अब सुरुवात गर्ने आसा लिएको भण्डारिको भनाई रहेको छ ।

(Visited 318 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *