आजदेखि लकडाउन अन्त्य

सेयर गर्नुहोस्

आजदेखि लकडाउन अन्त्य काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी लकडाउन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।
कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो ।
लकडाउन अन्त्य भएपनि काेराेना भाइरसकाे राेकथाम र नियन्त्रणका लागि ताेकिएकाे मापदण्ड भने पालना गर्नुपर्ने उनकाे भनाइ छ ।
उनका अनुसार लकडाउन अन्त्य आजैदेखि भएपनि होटल तथा रेष्टुरेण्टहरु साउन १५ देखि, विद्यार्थी भर्ना भदौ १ देखि मात्र हुने छन् । त्यस्तै सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन तथा पर्वताराेहण बुकिङ पनि भदौ १ देखि मात्र हुने छ ।
यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
(Visited 131 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *