साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

सेयर गर्नुहोस्

सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।

यस्तै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यस्तै भदौ १ देखि यात्रुबाहक सवारीसाधनहरु लामो तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमा सञ्चालन गर्न पाइने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधिसुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।

(Visited 96 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *