विश्वमा कोरोना : ४ करोड बढी संक्रमित, ११ लाख बढीले ज्यान गुमाए, ३ करोड निको भए

सेयर गर्नुहोस्

काठमाडौं, ७ कात्तिक । गत वर्षको डिसेम्बर अन्तिम सातादेखि चीनबाट फैलिएको कोरोना भाइरका कारण हालसम्म ११ लाख बढिले ज्यान गुमाएका छन्। विश्वभरका सवा २ सय देशमा आफ्नो प्रभाव फैलाएको कोरोनाबाट हालसम्म ४ करोड बढी मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्।

एक तथ्यांक अनुसार विश्भरमा हालसम्म ४ करोड १९ लाख ७४ हजार बढी कोरोना संक्रमित भएका छन्। यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ४२ हजार ६ सय बढी रहेको छ। कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि हालसम्म ३ करोड ११ लाख ८१ हजार बढी रहेको छ भने ९६ लाख ४९ हजार बढीमात्र एक्टिभ केसहरु रहेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ८६ लाख ६१ हजार ६ सय बढी संक्रमित देखिएका छन्। जसमध्ये २ लाख २८ हजार ३ सय बढीले ज्यान गुमाएका छन भने ५६ लाख ५५ हजार ३ सय बढी संक्रमितहरु संक्रमण मुक्त भएका छन।

यस्तै भारतमा कोरोनाबाट हालसम्म १ लाख १७ हजार ३ सय बढीले ज्यान गुमाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ५९ हजार ६ सय बढी रहेको छ। तथ्यांक अनुसार भारतमा संक्रमण मुक्त हुनेको संख्या ६९ लाख ४६ हजार ३ सय बढी रहेको छ। अमेरिका र भारतको औषत तुलनामा कोरोना संक्रमण मुक्त हुनेमा भारत अगाडी देखिएको छ।

हालसम्म भारतमा ६ लाख ९५ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ भने अमेरिकामा २७ लाख ७७ हजार ९ सय बढी कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन्।

अमेरिका र भारतपछि कोरोनाको चपेटामा परहेको देश ब्राजिल हो। ब्राजिलमा हालसम्म ५३ लाख ३२ हजार ६ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्। कोरोनाका कारण ब्राजिलमा १ लाख ५५ हजार ९ सय बढीले ज्यान गुमाएका छन भने ४७ लाख ८५ हजार बढी कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन। यस्तै हालसम्म ३ लाख ९१ हजार बढि सक्रिय कोरोनाका संक्रमितहरु ब्राजिलमा रहेका छन्।

यस्तै रसियामा साढे १४ लाख बढी, स्पेनमा करिव ११ लाख, अजेन्टिनामा साढे १० लाख बढि, फ्रान्समा करिव १० लाख र कोलोम्बियामा ९ लाख ९० हजार बढिमा कोरोना संक्रमण भेटिएको छ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *