बाढीले कल्भर्ट भत्काएपछि महाकाली लोकमार्ग अवरुद्ध

सेयर गर्नुहोस्

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर पाँचमा रहेको धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अबरुद्ध भएको छ ।

आईतबार राती परेको अविरल बर्षाका कारण खोलामा बाढी आएपछि सडकको कलभर्ट बगाउनुका साथै पहिरो गएको छ ।

बाढी पहिरोले अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

आइतबार राति परेको अविरल बर्षाका कारण दार्चुला जिल्लाका विभिन्न स्थानीय तहहरुमा बाढी पहिरोले क्षति गरेको समाचार आएका छन् ।

अझै सबै क्षेत्रको यकिन जानकारी आउन बाँकी छ । साथै सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।

(Visited 31 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *