सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्

धनगढी, ४ साउन । सुदूरपश्चिममा आज २६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा कैलालीका २४ र डडेल्धुरा प्रयोगशालामा डडेल्धुराका दुई गरी आज २६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सेती अस्पतालको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना पुष्टि भएको बताए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पाँच महिला र १९ पुरुष गरी २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *