कैलालीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाईते

सेयर गर्नुहोस्

धनगढी ।  कैलालीमा मोटरसाईकल एकआपसमा ठोक्किदा दुईजना घाईते भएका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १३ को मोहनपुरमा पश्चिमबाट पूर्व जादै गरेको लु ६०प ८९१० नम्बरको मोटरसाईकल र विपरीत दिसाबाट आइरहेको से६ प ९३९० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुईजना घाईते भएका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईते हुनेमा लु ६० प ८९१० नम्बरको मोटरसाइकल चालक धनगढी १३ का २४ वर्षीय रामचन्द्र चौधरी र अर्को मोटरसाइकल चालक गौरीगंगा नगरपालिका ४ का ३१ वर्षीय पदम बडैला रहेका छन् । उनीहरु दुवैजनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। 

(Visited 154 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *