रगत व्यवस्थापन प्रभावकारि बनाउदै नेपाल स्वयमसेवि रक्तदाता समाज

सेयर गर्नुहोस्

दिपकराज भट्ट/डडेल्धुरा- डडेल्धुरा जिल्ला सदमुकाममा रहेको डडेल्धुरा अस्पतालमा हुने रगत अभावलाई व्यवस्थापन गर्नुका लागि जिल्ला रक्त संञ्चार केन्द्र डडेल्धुराले व्यवस्थापन गरिरहेको थियो । डडेल्धुरा अस्पतालको सेवा सुविधा बढेपछि सुदुर पहाडका बिरामिहरु डडेल्धुरा अस्पतालमा आउने गरेका छन् । पहिलेको तुलनामा अहिले रगतको माग बढेको स्त्रि तथा याैन राेग बिशेषज्ञ डा. राजन शाह ले बताए ।

No description available.
पछिल्लो समयमा देशमा कोरोना महामारि ले गर्दा देशमा चैत्र दस गते देखि लकडाउनु भएको थियो यस समयमा रगत व्यवस्थापनका लागि हुने समस्या लाई कम गर्नुका लागि नेपाल रक्तदाता स्वयमसेवि संघ डडेल्धुरा समुहले रगत जुटाउने काम गरिरहेको छ ।
डडेल्धुरामा हुने रगत मागलाई सहजै व्यवस्थापन गर्नुका लागि कसरी अगाडि बढाउनु सकिन्छ भनेर आज
नेपाल स्वयमसेवि रक्तदाता समाज ले आज एक बैठक बोलाएर छलफल गरिएको थियो । बैठकमा डडेल्धुरा अस्पताल समितिका अध्यक्ष करुणाकर ओझा, अमरगढि नगरपालिका अध्यक्ष विशेश्वर प्रशाद ओझा , जिल्ला जनस्वास्थ्य प्रमुख असुतोष क्षेष्ठ , नेपाल रेडक्रस सोसाईटिका उप सभापति डा। मोहन भट्ट ,रक्त संञ्चार केन्द्र प्रमुख गणेश एेर र
नेपाल स्वयमसेवि रक्तदाता समाज डडेल्धुराका युवाहरुको उपस्थित रहेको थियो ।
रगत व्यवस्थापनका लागि युवाहरुलाई आफु नगरपालिका बाट सक्दो सहयोगका लागि पहल गरिने र रक्त अभावका कसैको पनि ज्यान नजाओस भन्नका लागि आफुले यश क्षेत्रमा ध्यान दिने नगर प्रमुख ओझाको भनाइ रहेको थियो । यसरी रगत व्यवस्थापनमा निस्वार्थ भावनामा लागिरहेका युवा हरुलाई आभार प्रकट गरेका थिए ।

No description available.
यसरी युवाहरुले रगत व्यवस्थापन मा सहयोग गरिरहदा आफुले पनि यसलाई थप व्यवस्थित बनाउनुका लागि अस्पताल विकास समिति बाट सकिने सहयोग र समुन्व्य गर्ने अस्पताल समितिका अध्यक्ष ओझाको भनाई थियो । यस्तो महानकामा लागिहेका युवालाई साथ र सहयोगका लागि संस्थाले समुन्व्य गरेर अगाडि बढने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डडेल्धुरा का उप सचिव डा। मोहन भट्टले बताए । लकडाउन अबधि सुर भए देखि नेपाल स्वयमसेवि रक्तदाता समाज डडेल्धुराले डडेल्धुरामा चालीस पिन्ट रगत व्यवस्थापन गरेको नेपाल स्वयमसेवि रक्तदाता समाज डडेल्धुराका हरिष जोशिले बताए ।

(Visited 195 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *