डडेल्धुरामा नाबालक हत्याका थप ७ अभियुक्त पक्राउ

सेयर गर्नुहोस्

डडेल्धुरा । डडेल्धुरामा नाबालक हत्यका थप ७ अभियुक्त पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका वडा नं ६ मेलखालीका ७ बर्षिय सिद्धार्थ भनिने हिमान्सु महाराको हत्या अभियोगमा उनीहरुलाइ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा निम्न आलिताल गाउँपालिका वडा नं ६ का १९ बर्षिय लाले भन्ने लाल बहादुर खड्का, सोही ठाउकि ४८ बर्षिय पम्फा ओली, २९ बर्षिय अमृता ओली, ४८ बर्षिय कलु खड्का, ३० बर्षिय रिमा ओली, १९ बिर्षय तुल्सी ओली र सोहि ठाउँकि ३१ बर्षिय पवित्रा ओली रहेका छन् ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत असार २६ गते खानेपानीको बिषयमा भएको विवादले उग्र रप लिएपछि भएको झडपमा परि महराको मुखमा ढुङ्गाले चोट लागेको थियो । उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो ।

(Visited 122 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *