कैलालीमा दुई छोरी माथि बाबुले बलात्कार गरेको आरोप

सेयर गर्नुहोस्

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । १४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको प्रहरीले बताएको छ।
पीडित बालिकाको आमा केहि बर्ष देखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने केहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले बताए । इलाका प्रहरी कार्यालय सम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ ।
उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
(Visited 218 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *