सुदुरपश्चिममा आज थप ८ जनामा कोरोना पोजेटिभ

सेयर गर्नुहोस्

धनगढी –सुदुरपश्चिममा आज भने थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५ महिला र ३ पुरुषमा गरी ८ जनामा कोरोना पुष्टी भएको हो ।

संक्रमित सात जना कैलालीको धनगढी उपमहानगरपालिकाका छन भने १ जना कन्चनपुरको पुनर्बास का रहेका छन । सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस नोटमा बितेको २४ घण्टामा सेती प्रयोगशालामा २३७ जनाको कोरोना परिक्षण गरिएको छ ।योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या चार हजार १७ जना पुगेको छ । 

(Visited 129 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *