टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक

सेयर गर्नुहोस्

काठमाडौं-आगामी वर्ष २०२१ मा आयोजना हुने टोकियो ओलम्पिकको खेल तालिका सार्वजनिक भएको छ । आयोजक टोकियो ओलम्पिकले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै २३ जुलाईबाट प्रतियोगिता सुरु गर्ने जानकारी दिएको हो ।

सो तालिकाअनुसार २३ जुलाईमा औपचारिक उद्धाटन हुने ओलम्पिक ८ अगस्टसम्म हुनेछ । तथापि, विभिन्न खेलको प्रतिस्पर्धा २१ जुलाईबाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।

टोकियोको विभिन्न ४२ स्थानमा ओलम्पिकमा ३३ खेलमा स्पर्धा हुनेछ । ओलम्पिकमा जम्मा ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । सन् २०२० का लागि तय भएको ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सरेको हो ।

(Visited 69 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *