धनगढीमा दुई समुह बिच झडप, २ जना घाईते

सेयर गर्नुहोस्

धनगढी, ३ साउन । धनगढीको राजपुरमा दुई समूहबीच भएको झडमा परि दुई जना घाईते भएका छन । धनगढी उप–महानगरपालिका वडा नम्वर १३ राजपुरमा दुई समुह बिच झडप हुँदा दुई जना घाइते भएका हुन ।

घाईते दुबैको निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । शुक्रबार राती दुई समूहविचको झडपका क्रममा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । खुकुरी प्रहार गर्ने दुई जनालाई नियन्त्रमा लिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । प्रहरी नायव उपरिक्षक विष्टले भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

(Visited 544 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *