पर्यटन प्रबद्र्धनका लागि मन्दिरमा लगानी–मन्त्री भट्ट

सेयर गर्नुहोस्

धनगढी, ३ साउन । सुदूर पश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री माया भट्टले बैज्ञानिक वन लागु गर्न आफ्नो कुनै भूमिका नभएको बताएकी छन्  ।

रेडियो पश्चिम टुडेसंगको कुराकानीमा बैज्ञानिक बनका नाममा बन मास्ने कार्य नभएको र संघीय सरकारको  नीति अनुसार नै बैज्ञानिक बन लागु भएको मन्त्री भट्टले बताईन ।

मन्त्री भट्टले बैज्ञानिक वन कार्यान्वयनमा आफ्नो कसैसंग मिलेमतो वा संलग्नता नभएको समेत प्रष्ट पारिन । मन्त्री भट्टले धार्मिक पर्यटन र जनताको आस्थासंग जोडिएकोले सुदूर पश्चिम प्रदेश सरकारले  मन्दिरमा लगानी गरेको बताईन ।

हामीले यो पटक करीव तीन सय मन्दिरमा मात्र लगानी ग¥यौ, मन्त्री भट्टले भनिन, छ सय भन्दा बढि मन्दिरमा लगानीका लागि प्रस्ताव आएको थियो ।  मन्दिरहरुमा गरिएको लगानीले गाउँशहर सफा, सुग्घर हुनुको साथै पर्यटकलाई आकर्षण गर्ने मन्त्री भट्टको भनाई थियो ।

यस वर्ष दुई सय ७० भन्दा बढि मन्दिरमा  लगानी गरेको प्रदेश सरकारले गत वर्ष तीन सय भन्दा बढि मन्दिरमा लगानी गरेको थियो । मन्दिरमा मात्र यो दुई वर्षमा  ५० करोड भन्दा बढि लगानी गरिएपछि प्रदेश सरकारको आलोचना भएको छ ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *