धनगढीका ७७ जना कोरोना संक्रमित निको, १७ जनाको आईसोलेसनमा उपचार हुदै

सेयर गर्नुहोस्

धनगढी, ३ असोज । धनगढी उपमहानगरपालिका भित्र रहेका कोरोना सक्रमित मध्य ७७ जनाले कोरोना जितेका छन । उपमहानगरपालिकामा ९१ जना कोरोना संक्रमित रहेकोमा ७७ जनाले कोरोना जितेका हुन ।

चैत १४ गतेदेखि आजसम्म ९१ जना संक्रमित पुगेका हुन् भने उनीहरुमध्ये ७७ जना निको भएर डिस्चार्ज भएका छन् । १७ जना आईसोलेसनमा रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

उपमहानगरपालिकामा संक्रमण देखिएका  मध्य अस्पतालको आइसोलेसन, नगरपालिकाको आइसोलेसन र होम आइसोलेसनबाट ७७ जनामा निको भैसकेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए ।

धनगढीमा कोरोना संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ भने दुई जनालाई धनगढीमा उपचार सम्भव नभएपछि अन्यत्रै रेफर गरिएको छ । 

(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *