सुदूरपश्चिम प्रदेशमा आज थप ९ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा आज डडेल्धुरा, बझाङ र डोटीका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ११३ नमुनामध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज कोरोना पुष्टि हुने सबै जना कैलालीको धनगढीका रहेका छन । अस्पतालका सुचाना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार एक महिला र ५ जना पुरुषमा कोरोना देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की एक महिला र एक बालक, वडा नम्बर ३ का एक पुरुष र वडा नम्बर १५ का ३ जना पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९ पुगेको छ। 

(Visited 38 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *