कञ्चन बहुमुखी क्याम्पसमा ने.बि संघ समिती बिस्तार : अराजक समुहलाई कार्वाहीको चेतावनी

सेयर गर्नुहोस्

कंचनपुर । कंचनपुरको कृष्णपुर नगरपालिका-५ मा रहेको कंचन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेबि संघ) ले इकाइ कार्य समिति बिस्तार गरिएको छ ।

नेपाल बिद्यार्थी संघको सक्रियता बढाउन समिती बिस्तार गरिएको क्याम्पस इकाइ सभापति मनिसा बोगटीले बताए । सभापति बोगटीका अनुसार “अब संगठनलाई चलायमान र गतिशिल बनाएर अगाडी बढाउन आफूले संगठनको नेतृत्व लिएको बताएका छ्न । आफुले सबै बिद्यार्थीहरुलाई मिलाएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरिन साथै केही ब्यक्ती नेबि संघको विरुद्ध लागेको सभापति मनिसाले आरोप समेत लगाएका हुन् ।”

आफू सहमति,सहकार्य गरेर अगाडी बढ्न तयार रहेको र अराजक गतिविधि गरे नेबि संघ विरुद्ध गलत अपवाद फैलाउने कार्य कुनै संघको तथा व्यक्तीबाट भए आफुले कार्बाही गरेर संघबाट निस्कासन गर्ने जानकारी दिए ।

संगठनलाई चुस्तदुरुस्त र चलाएमान बनाउन सबै पदाधिकारी र सदस्यलाई निर्देशन दिनु भएको छ । उपसभापतिमा भावना साकी,तेज खाती । सचिबमा कबिता महरा र खेम भट्ट। सहसचिबमा मिना सिह र निता पाल । कोसाधक्क्षमा निर्मला जोशी चयन भयका छन अन्य सदस्यहरु गरेर २१ जनाको समिति बिस्तार गरिएको नेबि संघ जिल्ला उपसभापति मुकेश पाठकले जानकारी दिएका हुन ।

(Visited 175 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *