‘छिमेकीसँगको सुमधुर सम्बन्धले देशको विकास सम्भव छ’

सेयर गर्नुहोस्

काठमाडौंः परराष्ट्रमन्त्री एनपी साउदले नेपालले छिमेकी मुलुकसँग पारस्परिक विश्वास र सम्मानका आधारमा सम्बन्ध राख्ने बताएका छन् । बिहीबार नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा परराष्ट्रमन्त्री साउदले भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र देशको विकास सम्भव भएको बताएका हुन् ।

नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने तर्क व्यक्त गरे ।परराष्ट्रमन्त्री साउदले नेपालले प्रमुख विश्व शक्तिसँगको सम्बन्ध र विश्व राजनीतिलाई नियालिरहेको बताए । विकास साझेदारसँगको सम्बन्ध पनि नेपालको प्राथमिकताको विषय रहेको उनले बताए ।

 

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *