गन्यापधुरा गाउपालिकाले ५९ स्वयमसेविका लाई सामग्री हस्तान्तरण गर्ने

सेयर गर्नुहोस्

डडेल्धुरा(डि.आर भट्ट)- डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले पालिकाका ५९ जना स्वयमसेविका लाई सामग्रीहरु हस्तान्तरण गर्ने भएकोछ । पालिकाका महिला स्वास्थ्य स्वयंसेविकाको कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै पालिकाका ५ वडाका ५९ महिला स्वास्थ स्वयंसेविकालाई एक एक थान विद्युतिय चुलो, प्रेसर कुकर र कराई दिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले खबरदारी न्युज लाई जानकारि दिएका छन् ।
आज हस्तान्तरण कार्यक्रम पालिकाको वडा नंम्बर १ को अशिग्राम स्वास्थ्य चौकिमा १४ जना लाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा पालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कि , बडा अध्यक्ष मनोज देउवा, नरेश राज भण्डारि लगायतको सहभागिता रहेको थियो ।
यस्ता कार्यक्रमले स्वयमसेविकाहरुको कार्य प्रति लगाव बढने पालिका अध्यक्ष कार्किको भनाई रहेकोछ ।

स्वयमसेविका लाई सामग्री हस्तान्तरण गर्दै पालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङ
स्वयमसेविका लाई सामग्री हस्तान्तरण गर्दै पालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङ

 

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *