थलीको आयोजनामा धनगढीमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता हुने

सेयर गर्नुहोस्

धनगढी(जनक महरा)-  धनगढीमा पहिलो पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । बोलन्या थलीको आयोजना,अमेरिकन कर्नर धनगढीको सहकार्यमा र डेनोभो इन्स्टिच्युट अफ ल को प्रायोजनमा पहिलो कानुनी हाजिरी जवाफ प्रतियोगिता यहि माघ २० गते हुने भएको हो ।

नेपालको संविधान र संवैधानिक विकासक्रम, विधिशास्त्र,मुलुकी देवानी संहिता र अपराध संहिता २०७४, कक्षा ११ र १२ का अनिवार्य विषयहरु, सामान्यज्ञान, समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय घटनाक्रम, रश्रव्यदृश्य सामाग्री प्रतियोगिताका विषयहरु रहने जनाएको छ ।

यस्ता छन् प्रतियोगिताका नियमहरू—
१– एक विद्यालयबाट दुई समुह सम्म सहभागी गराउन पाइनेछ । सहभागीहरु कानुन पढ्ने विद्यार्थी हुनुपर्नेछ ।
२– एक समुहमा तिन जना विद्यार्थी हुनुपर्नेछ र समुहमा एक जना महिला सहभागी अनिवार्य रुपमा राख्नुपर्नेछ ।
३– सहभागीता लागि समूह दर्ता माघ १७ गते भित्र फर्म भरी वा ९७४९७५१४२४ नम्बरमा सम्पर्क गरि नाम टिपाउनु पर्नेछ ।
फाराम भर्न यहाँ क्लिक गर्नुस् ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *