य औसधि पसलेहरू हो ।

सेयर गर्नुहोस्

हामी,
भित्र रोइरहेको
हाम्रो काम गराइको कुरुपताले हो । No description available.

हामी,
बाहिर हाँसिरहेको
नेपालको प्राकृतिक छटा
एवं सुन्दरताले हो ।।
ए औषधि पसलेहरू हो
तिमीहरूले
बाहिर हाँस्ने औसधि त
खूब बेचिरहेका छौ
त्यसका लागि
लाखलाख धन्यवाद ।

तर,
यहाँका मानिसलाई त
भित्र रुने रोगले पो
सताइरहेको छ नि
त्यसको निधानतर्फ पनि केही गर ।।

 

उद्योगीहरूलाई
भित्र हाँस्ने
औसधि उत्पादनका लागि
अपिल गर ।

अनि,
तिमी पनि भित्र हाँस्ने
औसधि बेच्न थाल

भित्रबाहिर जताततै
आफूपनि हाँस
अरूलाई पनि हँसाऊ

तिमी पनि हाँस
हामीलाई पनि हसाऊ

सामाजिक बगैंचालाई
हराभरा पार
यत्रतत्र सजाऊ

बाहिरिनेलाई यहीँ बसाऊ
य औसधि पसलेहरू हो ।

      गणेश राज वस्थी
(नेपाल सरकारका सह सचिव)

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *