बिषादी परिक्षण गरिएको नमुना बजारका पसलहरुको, किसानको बारिबाट भएन परिक्षणः के हो वास्तविकता

सेयर गर्नुहोस्

डडेल्धुराः बिषादीका कारण एक गाउँका ७ जनामा क्यासर भने समाचार आएपछि कृषि ज्ञान केन्द्र डडेल्धुराले विषादी परिक्षण गराएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको अनुरोधमा विषादी अवशेष द्रत विश्रलेषण प्रयोगशाला ईकाई अत्तरिया कैलाली प्रमुख बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाको नेतृत्वमा एक टिम बिहीबार डडेल्धुरा पुग्यो ।

यहाँको अमरगढी नगरपालिका वडा नम्बर ५ मा पर्ने बागबजारका ७ व्यपारीको पसलबाट नमुना संकलन गरेर बिहीबार अत्तरिया पुगे । परिक्षण गर्ने प्राविधिकको अभावले बिहीबार राती र शुक्रबार, शनिबार गरेर करिब ६० घण्टा फ्रिजमा राखेको ईकाई प्रमुख बाली संरक्षण अधिकृत ठगुन्नाले बताए । फ्रिजमा राखेमा तरकारीमा भएको टिकाणुहरु मरेर जान्छ । त्यसैले सुन्नु भा हो मासु समेत केही दिन फ्रिजमा राखेर खानुहोस भनेर चिकित्सकहरुले सुझाव दिइरहेका हुन छन्।

बजारको तरकारीमा पनि दुई वटा किटनाशक बिषादी कार्वमेट, अर्गानोफस्फट परिक्षण गरिएको हो त्यो भन्दा बढी बिषादी परिक्षण गर्ने उपकरण यहाँ उपलब्ध नै छैन ।

साङकेतिक तस्विर
साङकेतिक तस्विर

प्राप्त नतिजामा फुल्गोबीमा कार्वमेट २ं.१२५, अर्गानोफस्फट २.८२४५, केरामा कार्वमेट ५.५९६८, अर्गानोफस्फट ५.०७३८ र टमाटरमा कार्वमेट ९.५५६६, अर्गानोफस्फट १६.४२२ रोकावट प्रतिशत देखाएको छ । यी सबै बजारमा बिक्रिका लागि राखेको नमुनाको परिक्षण गरेको हो । उपभोग्य योग्य रहेको विषादी अवशेष द्रत विश्रलेषण प्रयोगशाला ईकाई अत्तरियाले जनाएको छ । वटा किटनाशक बिषादी ५ वटा हुने गरेको प्रयोगशाला ईकाई अत्तरियाले जनाएको छ ।
कृषकको खेतबाटै नमुना संकलन गरेर परिक्षण नगर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले प्राविधिक कर्मचारी खटाउनु पर्ने कार्यालय प्रमुख तथा बाली संरक्षण अधिकृत ठगुन्नाले बताए । उनले भने, ‘हामीले बजारको तरकारी परिक्षण गरेका छौ अब कृषकको खेतकै गर्नु पर्ने भए ज्ञान केन्द्रले पत्र पठाउनु पर्छ अनी प्राविधीक पनि खटाउनु पर्छ गर्ने सकिन्छ ।’
बिषादी प्रयोग गर्ने नमिल्ने त हैन तर कस्तो खालको प्रयोग गरेको छ कसरी गरेको छ भनेमा भर पर्ने एक महिना विदेशमा अध्ययन गरेर नेपाल आएका अधिकृत ठगुन्नाले बताए । उनले भने, किटनाशक बिषादी ५ हुन्छन हाम्रोमा दुई मात्र हो परिक्षण हुने ।

बजार अनुगमनमा भेटीएको नष्ट गरेको हो ।

SITENAME
स्थानीय बजारमा संकलित टमाटर, फुल्गोपी, केरामा भएको विषादी परिक्षण गर्दा विषादी नभेटीएको ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले दाबी गरे ।

‘तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा मात्रै उपभोग गर्न नमिल्ने हुन्छ,’ पनेरुले भने, ‘तर डडेल्धुरामा उत्पादन भएको र अन्यत्रबाट आएको कुनै पनि तरकारीमा त्यति विषादी भेटिएको छैन । सामान्य विषादी प्रयोग भए पनि त्यसलाई विषादी भन्न नमिल्ने उनको दाबी छ ।
नामको ज्ञान केन्द्रसंग ज्ञान दिने कुनै विशेषज्ञा कर्मचारी त छैनन् । तर बिषादी नियन्त्रणका लागि ज्ञान केन्द्रले कृषक पाठशालाशाला सञ्चालन भएको समयमा जानकारी दिने गरेको कार्यालयले जनाएको छ ।
नमुना संकलन गर्ने समेत प्राविधकी जनशक्ति नभएको ज्ञान केन्द्रले कृषकको खेतमा तरकारी भएको समय परिक्षण गर्ने प्रयोगशाला ईकाई अत्तरियालाई अनुरोध गरिने उनले बताए ।

उनले घराईसी मल तथा जैविक विषादी बनाउने विधी धेरै अगुवा कृषकलाई ज्ञान भएकाले यसलाई बढाउन तथा अनिवार्य जैविक विधि प्रयोग गर्न अनुरोध गरे ।

ज्ञान केन्द्रले गरेको पत्रकार सम्मेलनः

डडेल्धुरा फिन्नेकोटको तरकारीमा बिषादी कती छ ? Are toxins the main cause of cancer? (youtube.com)

स्वास्थ्य खबरपत्रिका बाट प्रकासित गरिएको समाचार 

‘तरकारीको विषादी’ले एकै गाउँका सात जना किसानमा क्यान्सर, एक जनाको मृत्यु – खबरदारी न्युज (khabardarinews.com)

 

बिषादीको रंगका आधारमा वर्गिकरण- 

विषादि विषादितोको आधारमा -५ 

  1. अनुपातिक  सुरक्षित (U)
  • खतराको चिन्ह – हरियो
  • LD 500 भन्दा माथि
  1. सामान्य खतरानाक (III)
  • खतराको चिन्ह – पहेलो
  • LD 101-500 भन्दा सम्म
  1. मध्यम खतरानाक (II)
  • खतराकोचिन्ह – निलो
  • LD 51-100 भन्दा सम्म
  1. अति खतरानाक (IB)
  • खतराको चिन्ह – रातो
  • LD 11-50 भन्दा सम्म
  1. अत्यन्त खतरानाक (IA)

रासायनिक विषादीको वातावरणमा असरहरु

  • अलक्षति लाभदायक जीवहरु (माछा, भ्यागुता, छेपारा, चरा, शिकारी तथा परजीवी कीरा, सुक्ष्म जीवहरु आदि) मा प्रतिकूल प्रभाव
  •  घरपालुवा एवं जंगली जनावरमा प्रतिकूल प्रभाव
  •  माटो, जल र वायु प्रदुषण तथा प्रतिकूलन
  •  जैविक विविधतामा ह्रास
  • रोग कीराहरुको पुनरुत्थान (pest outbreak)
  • शत्रुजीवहरुमा रुपान्तरण (pest resurgence)
  •  खाना तथा वातावरणमा विषादीको अवशेष (Pesticide residue and persistence)
  • मौसम परिवर्तन, उष्णीकरण तथा ओजोन झिल्लि पातलो हुने (Climate change, global warming and ozone layer depletion)

जीवनाशक विषादीको सुरक्षित प्रयोग तथा व्यवस्थापन
बाली बिरुवाहरुमा लाग्ने विनासकारी प्राणीहरुमा कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शंकेकीरा, मुसा, चरा, अवान्छित झारहरु तथा रोग लगाउने सुक्ष्म जीवाणुहरु जस्तैः ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन् । यी प्राणीहरुलाई नाश गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थहरुलाई प्राणी नासक विषादी भन्ने गरिन्छ । बाली बिरुवालाई हानी नोक्सानी पुर्यांउने विनाशकारी प्राणीहरुलाई यथोचित व्यवस्थापन गर्नको लागि विषादीहरु तयार गरिएका हुन् । तर तिनीहरुको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशुहरु, वन्यजन्तुहरु र लाभकारी कीराहरुलाई समेत हानी पुर्यांउनुको साथै वातावरणलाई समेत नोक्सान गर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा विषादी विष हो, औषधि होइन भन्ने तथ्यलाई मनन गर्नुपर्छ । प्राणीनाशक विषादी विष भएकोले तिनीहरुलाई अत्यन्त सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।

१. सामान्य सिद्धान्त
क) अनावश्यक रुपमा विषादी प्रयोग नगर्ने ।
ख) सम्भावित खतराबाट सधै सावधान रहने ।
ग) विषादीको चिन्ह (लेबल) र अन्य पर्चाहरु राम्रोसँग पढ्ने ।
घ) विषादीलाई केटाकेटीले नभेटने ठाउँमा राख्ने ।

२. विनासकारी प्राणीनाशक विषादी उपयोग गर्नु अगाडि
क) सकेसम्म सामान्यरुपले खतरनाक र सुरक्षित (प्रति किलोग्राम २००० मिलीग्राम भन्दा माथि एल.डी. ५० भएको) विषादीको प्रयोग गर्नुपर्छ ।
ख) प्राविधिकको सल्लाह लिएर मात्र विषादी किन्नुपर्छ ।
ग) विषादीलाई सुरक्षित ठाँउमा तालाबन्दी गरी राख्नुपर्छ ।
घ) विषादीलाई खाद्य पदार्थदेखि टाढा राख्नुपर्छ ।
ङ) स्प्रेयर र डष्टर राम्रो अवस्थामा हुनुपर्छ ।
च) उपकरणलाई काम गर्नु अगाडि र काम सकिएपछि जाँच गर्नुपर्छ।

३. मिश्रण बनाउदा र छर्दा

क) विषादीको प्रयोग गर्नुभन्दा पहिले डब्बामा दिएको निर्देशन र सावधानीलाई राम्ररी पालना गर्नुपर्छ ।
ख) विषादीले छालामा विष लाग्ने वा पोल्ने भएकोले सुरक्षात्मक पहिरन लगाउनु पर्छ, जस्तैः पूरा बाहुलाको कमीज, लामो पतलुङ्ग वा पाइन्ट, मोजा, जुत्ता वा वूट, चौडा किनारा भएको टोपी, हातमा रासायनिक पदार्थले असर नगर्ने रवरको पन्जा, मास्क, कृत्रिम श्वास उपकरण आदि ।
ग) विषादी प्रयोग गर्दा सहि मात्रामा मिश्रण गरि सहि तरिकाले छर्नुपर्छ ।
घ) विषादी अन्य ठाँउमा नफैलियोस भन्नका लागि विषादीको प्याकेटलाई सावधानी पूर्वक खोल्नुपर्छ ।
ङ) हावाको गति कम भएको बेलामा छर्ने गर्नुपर्दछ, हावाको विपरित दिशातर्फ कदापि छर्नु हुँदैन ।
च) गर्मी ठाउँमा मध्य दिनमा कहिल्यै विषादी छर्नु हुँदैन । छ) विषादी छर्दै अगाडि बढ्नु हुँदैन, पछाडि सर्नुपर्छ ।
ज) विषादी छर्दा नोजल बन्द भएमा मुखले फुक्नु हुँदैन ।
झ) विषादीको प्रयोग गर्दागर्दै कुनै चिज खानु हुँदैन, जस्तैः चुरोट पिउनु वा धुम्रपान गर्नु ।

४. विषादी प्रयोग पछाडि
क) विषादीको प्रयोग गरेका कागजी पदार्थलाई सुरक्षित स्थानमा जलाएर वा गाडेर नष्ट गर्नुपर्छ ।
ख) हातमुख साबुन पानीले राम्ररी धुनुपर्छ ।
ग) प्रयोग गरिएको भाडा कम्तिमा तीनपटक साबुन पानीले सफा गर्नुपर्छ ।
घ) प्रयोग गरेको उपकरण जस्तैः स्प्रेयरलाई राम्ररी सफा गरेर राख्नुपर्छ ।

५. विष लागेका लक्षणहरु र प्राथमिक उपचारः
ओर्गानोफस्फेट र कार्वमेट यौगिकहरु जस्तै मेटासिड, मेटासिस्टक्स, नुभान आदिले कोलिनेष्टेर रोक्दछन्, जसले गर्दा स्नायु प्रणालीमा विकार उत्पन्न हुन जान्छ । टाउको दुख्ने, रिंगटा लाग्ने र वाकवाकी हुने र त्यसपछि जाडो भई पसिना आउने, झाडा लाग्ने र वान्ता हुने लक्षणहरु देखापर्दछन् । मांसपेशीहरु थर्कनु, भिषण कम्पन हुनु र अचेत हुने अवस्थाहरु समेत हुन सक्छ ।

प्राथमिक उपचारः
क) रोगीलाई आधा झुकेको रुपमा टाउको तल पर्ने गरी राख्नुपर्दछ ।
ख) वान्ता गराउने व्यवस्था गर्नुपर्छ ।
ग) राम्ररी हावा आउने व्यवस्था मिलाउनुपर्दछ ।
घ) छिटो अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।
ङ) एट्रोफिन सल्फेटको २ मिली ग्राम इन्ट्राभेनस सुई दिनुपर्छ ।

रासायनिक विषादी न्यूनिकरण गर्ने उपायहरु

  • विषादी खानेकुरा, हावा र पानीबाट हाम्रो सम्पर्कमा आउने भएकोले खानेकुराबाट आउने विषादीलाई त्यसको मात्रा कम गर्न देहायका उपायहरु अपनाउनु पर्दछ ।
  • पानीले धुने: तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०% कम हुने, ब्याकटेरिया र फोहोर समेत जाने गर्दछ । २५% खाने नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर २ कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८०%घट्दछ ।
  • बाहिरी पातहरु फाल्ने र बोक्रा ताछ्नेः बन्दा, लेटुस जस्ता तरकारीको बाहिरी पातहरु हटाई राम्ररी धुँदा वा संभव भएका तरकारी र फलपूmलका बोक्रा ताछ्दा त्यसमा रहेको सम्पर्क विषादीहरुको मात्रा ४५–९९% कम हुने, ब्याक्टेरिया र फोहोर समेत पखालिएर जान्छ ।
  • धेरै परिकारहरु खानेः धेरै प्रकारका तरकारी, फलफूल र खानेकुरा खानाले ती खानेकुरामा विषादीको अवशेष औषतमा कम हुन आउँछ ।
  • सुख्खा बनाउनेः ब्रसले सफागरी धोएपछि फलफूल र सलादको रुपमा काँचै खाने तरकारीलाई कुनै सफा कपडा वा कागजको टावलले सुख्खा हुने गरी पुछेर खानुहोस् जस्ले गर्दा व्याक्टेरियाको प्रकोप कम हुन्छ ।
  • पकाएर खानेः बोक्रा ताछ्ने र पकाउँदा अर्गानोफस्फेट विषादीहरुको मात्रा २०–२५% कम हुने गर्दछ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८०–९०% कम हुने गर्दछ । तरकारीलाई सुख्खा हुने गरी वा बफाएर पकाउँदा विषादीको अवशेष कम भएको पाइएको छ ।
  • फ्रिजमा राख्नेः तरकारी र फलफूललाई फ्रिजमा १० डि.से.मा ३–४ दिन राख्दा विषादीहरुको मात्रा २४–९४% कम हुने गर्दछ ।
  • निर्मलीकरणः दुध वा खानेकुरालाई निश्चित तापक्रममा निर्मलीकरणको लागि तताउँदा र चिसोमा राख्दा धेरैजसो विषादीको अवशेष कम हुने र व्याक्टेरियाको प्रकोप कम हुने गर्दछ ।
  • प्रशोधन गर्नेः दानादार खाद्यन्नको बोक्रा मीलबाट फाल्दा विषादीको अवशेष १७–२८%कम हुने गर्दछ भने पीठो बनाउँदा ६०% कम हुने गर्दछ ।
  • जुस बनाउँदाः स्याउको जुस निकाल्दा बोक्रा फालिने र रसलाई फिल्टर गरिने कारणले फेनिट्रोथियन विषादी ९०% कम हुने गर्दछ ।
  •  चिया कफि बनाउँदाः चिया वा कफिको बिरुवामा छरेको विषादी प्रशोधन गर्दा सुख्खा हुने, घुम्ने र विभिन्न चरण पार भै कपमा बनेर आउँदासम्म विषादीको समुह अनुसार ४५-६४% कम हुने गर्दछ । त्यस्तै कफी प्रशोधन भै विभिन्न चरण पार गरी कपमा बनेर आउँदासम्म डाइक्लोरभस विषादी ८२–८८% कम हुने गर्दछ । ट) अमिल्याउनेः फलफूलको रक्सी बनाउँदा अर्गानोफस्फेट विषादीको अवशेष ८३% कम हुने गर्दछ भने बन्दाको किम्ची बनाउँदा ८६% कम हुने गर्दछ।
  • शुक्ष्म जीवाणुको प्रकोप कम गर्नेः धेरै प्रकारका तरकारी र फलफुल माटोमा लगाउने र माटो, पानी, मलको सम्पर्कबाट साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती शुक्ष्म जीवाणुको प्रवेश हुन सक्ने भएकोले तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनु पर्दछ ।
(Visited 47 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *