डडेल्धुराको आलितामा रहेको डुङ्गा कबाड बनेर थन्किएपछि…

सेयर गर्नुहोस्

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको आलिताल गाउँपालिका — ३ मा रहेको आलिताल डडेल्धुराको मुख्य पर्यटकिय क्षेत्रको रुपमा लिने गरिन्छ । आलिताल समुद्रि सतह देखि ८ सय मिटर उचाईमा रहेकोछ । आलितामा रहेको ५ ओटा डुङ्गा कबाड बनेर थन्किएका छन्। स्थानीय सरकार संञ्चालनमा आएपछि पालिकाले जनप्रतिनिधीहरुको पहिलो कार्यकालमै ५ ओटा डुङ्गा संञ्चालन गर्ने योजनाका साथ खरिद गरेको थियो । पालिकाले खरिद गरेका यी डुङ्गाहरु कोरोना कहरको दोस्रो लहरमा यी डुङ्गा बिग्रिएका थिए । त्यस यता यी ५ डुङ्गा अहिले सम्म कबाड बनेर थन्किएको स्थानीयहरुको भनाई रहेकोछ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि थप मनोरञ्जन दिनका लागि डुङ्गा खरिद गरिए पनि हाल सम्म मर्मत नहुँदा पर्यटकहरु लाई यी डुङ्गाले गिज्याई रहेको हुन्छ । उता तालको बीचमै ढलेका रुखहरु पनि देख्नु सकिन्छ ।
यस बिषयमा हामीले पालिका सँग बुझ्दा पालिका उपाध्यक्ष मैना देवि रावलले भने यी ५ ओटा डुङ्गा मर्मत भन्दा पनि नयाँ मोटर वोट खरिद गर्ने तयारिमा रहेको बताईन् ।
यसरि लाखैं रुपैया खर्च गरि खरिद गरिएका डुङ्गाहरु केहि बर्षमै बिग्रदा आम नागरिकहरुले पालिका माथि नै प्रश्न खडा गरेका छन् ।आलिताल नजिकै पोलहरु गाडिएका छन् तर विजुली पुग्न सकेको छैन् । यस्तै ताल नजिकै रहेको सौचाल पनि दुर्गन्धित रहेको देख्नु सकिन्छ ।

No description available.

आलितालको लम्बाई ४ सय मिटर , चौडाई २ सय मिटर र गहिराई २२ मिटर रहेकोछ । आलिताल भ्रमण गर्न बार्षिक सयौं पर्यटकहरु आउने गर्दछन् ।

एक रिर्पोट-

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *